bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Zechariah 2
Zechariah 2
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 3 →
1
तब मैले माथि हेरें, र मेरो अगि हातमा एउटा नाप्ने डोरी लिएका एक जना मानिस थिए।
2
मैले सोधें, “तपाईं कहाँ जाँदैहुनुहुन्छ?” तिनले मलाई जवाफ दिए, “यरूशलेम नाप्न, त्यसको चौड़ाइ र लमाइ कति रहेछ हेर्न जाँदैछु।”
3
तब मसित कुरा गरिरहने ती स्वर्गदूत गइहाले, र अर्का स्वर्गदूत तिनलाई भेट्नलाई आए,
4
र तिनलाई भने, “दगुरिगएर त्यस जवान मानिसलाई भन, ‘मानिसहरू र पशुहरू संख्यामा ज्यादै भएका हुनाले यरूशलेम विनापर्खालको सहर हुनेछ।
5
अनि म स्वयम् त्यसको चारैतिर आगोको पर्खाल हुनेछु’ परमप्रभु भन्नुहुन्छ, ‘र त्यसभित्रको महिमा म नै हुनेछु’।
6
“आओ, आओ, उत्तरको देशदेखि भागिआओ” परमप्रभु भन्नुहुन्छ। “किनकि मैले तिमीहरूलाई आकाशका चारै बतासमा तितरबितर पारेको छु,” परमप्रभु भन्नुहुन्छ।
7
“आओ, हे सियोन! उम्किआओ, तिमीहरू, जो बेबिलोनकी छोरीसित बस्दछौ।”
8
किनकि सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ, “त्यसले मेरो आदर गरेर तिमीहरूलाई लुट्ने जातिहरूका विरुद्धमा मलाई पठाएपछि— किनभने जसले तिमीहरूलाई छुन्छ त्यसले उहाँका आँखाको नानीलाई छुन्छ—
9
निश्चय नै म आफ्नो हात तिनीहरूका विरुद्धमा उठाउनेछु, अनि तिनीहरूकै दासहरूले तिनीहरूलाई लुट्नेछन्। तब तिमीहरूले जान्नेछौ कि मलाई सर्वशक्तिमान् परमप्रभुले पठाउनुभएको हो।
10
“हे सियोनकी छोरी, जोडसित कराऊ र खुशी होऊ, किनकि म आउँदैछु र तिमीहरूका बीचमा वास गर्नेछु,” परमप्रभु भन्नुहुन्छ।
11
“त्यस दिन धेरै जातिहरू परमप्रभुमा मिल्न आउनेछन्, र मेरा प्रजा हुनेछन्। म तिमीहरूका बीचमा वास गर्नेछु र तिमीहरूले जान्नेछौ कि सर्वशक्तिमान् परमप्रभुले मलाई तिमीहरूकहाँ पठाउनुभएको छ।
12
परमप्रभुले पवित्र देशमा यहूदालाई आफ्नै भाग गरी अधिकार गर्नुहुनेछ, र यरूशलेमलाई फेरि चुन्नुहुनेछ।
13
हे सारा मनुष्य-जाति हो, परमप्रभुको सामु चूपचाप रहो, किनभने उहाँ आफ्नो पवित्र वासस्थानबाट निस्किजानुभएको छ।”
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 3 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14