bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Zechariah 3
Zechariah 3
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 4 →
1
तब उहाँले प्रधान पूजाहारी यहोशूलाई परमप्रभुका दूतको सामुन्ने उभिरहेका र शैतान तिनको विरोध गर्नलाई तिनको दाहिने हाततिर उभिरहेको मलाई देखाउनुभयो।
2
परमप्रभुले शैतानलाई भन्नुभयो “ए शैतान, परमप्रभुले तँलाई हकारून्। यरूशलेमलाई चुन्नुहुने परमप्रभुले तँलाई हकारून्! के यो मानिस आगोबाट निकालिएको अगुल्टो होइन र?”
3
अब यहोशूचाहिँ स्वर्गदूतको अगि फोहोर लुगा लगाएर उभेका थिए।
4
तब ती स्वर्गदूतले आफ्नो सामुन्ने उभिरहनेहरूलाई भने, “त्यसको फोहोर लुगाहरू फुकालिदेओ।” तब तिनले यहोशूलाई भने, “हेर, मैले तिम्रा पाप दूर गरिदिएँ, र म तिमीलाई दामी-दामी लुगा लगाइदिनेछु।”
5
तब मैले भनें, “तिनको शिरमा एउटा सफा फेटा लगाइदेऊ।” यसैले तिनीहरूले तिनलाई एउटा सफा फेटा र लुगा लगाइदिए, र परमप्रभुका स्वर्गदूत नजिक उभिरहेका थिए।
6
तब परमप्रभुका स्वर्गदूतले यहोशूलाई यो कड़ा आज्ञा दिए:
7
“सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ, ‘यदि तँ मेरो मार्गमा हिँड़िस् र तैंले मेरा आज्ञा पालन गरिस् भने, तँ मेरो घरको जिम्मेवार र मेरो मन्दिरको हेरचाह गर्ने हुनेछस्, र यी यहाँ उभिरहनेहरूका बीचमा म तँलाई एउटा स्थान दिनेछु।
8
“‘हे यहोशू प्रधान पूजाहारी र तेरो सामुन्ने बस्ने तेरा साथीहरू, जो पछि हुने कुराका चिन्हजस्ता छन्। यी कुरा सुन। हेर्, म मेरो दास, अर्थात् हाँगालाई ल्याउनेछु।
9
यहोशूको सामु राखिएको ढुङ्गालाई हेर्। त्यसमा सात वटा आँखा छन्, र म त्यसमा लेखोट खोप्नेछु, र एकै दिनमा यस देशको पाप हटाउनेछु,’ सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ।
10
“‘त्यस दिन तिमीहरू हरेकले आफ्नो छिमेकीलाई दाखको बोटमुनि र नेभाराको बोटमुनि बस्न निम्तो दिनेछौ,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ।
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 4 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14