bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Zechariah 9
Zechariah 9
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 8
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 10 →
1
परमप्रभुको वचन हद्राक देशको विरुद्धमा छ, र दमस्कसमा पनि पर्नेछ, किनभने मानिसहरू र इस्राएलका सारा कुलहरूका आँखा परमप्रभुमाथि छन्।
2
सिमानामा भएको हमातमाथि पनि, र टुरोस र सीदोनमाथि पनि, यद्यपि तिनीहरू साह्रै निपुण छन्।
3
टुरोसले आफ्नो निम्ति एउटा गढ़ी बनाएको छ, त्यसले चाँदी धूलोसरह र सुन गल्लीहरूको हिलोझैँ थुपारेको छ।
4
तर परमप्रभुले त्यसको धन-सम्पत्ति खोस्नुहुनेछ, र त्यसको शक्ति समुद्रमा सर्वनाश गरिदिनुहुनेछ, अनि आगोले त्यो भस्म हुनेछ।
5
अश्कलोनले त्यो देख्नेछ र डराउनेछ। गाजा पीडाले छटपटाउनेछ। एक्रोन पनि पीडामा पर्नेछ, किनकि त्यसको आशा सेलाएर जानेछ। गाजाबाट राजा नष्ट हुनेछ, र अश्कलोनमा फेरि कोही वास गर्नेछैन।
6
अश्दोदलाई विदेशीहरूले अधिकार गर्नेछन्, र पलिश्तीहरूको अहङ्कार म नष्ट गरिदिनेछु।
7
म तिनीहरूका मुखबाट रगत र तिनीहरूका दाँतबाट घिनलाग्दो कुरा निकालिदिनेछु। बाँकी रहेकाहरू परमेश्वरका हुनेछन् र यहूदामा ती कुलपतिजस्तै हुनेछन्, अनि एक्रोनचाहिँ यबूसीजस्तै हुनेछ।
8
आक्रमण गर्नेहरूबाट मेरो भवनको रक्षा गर्नलाई त्यसको चारैतिर म छाउनी बनाउनेछु। फेरि कुनै अत्याचारीले मेरो प्रजामाथि अतिक्रमण गर्नेछैन, किनभने अब म आफै रखवाली गरिरहनेछु।”
9
हे सियोनकी छोरी, खूब रमाऊ। हे यरूशलेमकी छोरी, जोडसित कराऊ! हेर, तिम्रा राजा तिमीकहाँ आउँदैहुनुहुन्छ। उहाँ धर्मात्मा र मुक्तिदाता हुनुहुन्छ। उहाँ भला हुनुहुन्छ, र गधामाथि, अर्थात् गधाको बच्चा एउटा बछेड़ामाथि सवार भएर आउँदैहुनुहुन्छ।
10
म एफ्राइमबाट रथहरू र यरूशलेमबाट जङ्गीघोड़ाहरू लैजानेछु, र लड़ाइँको धनु भाँचिनेछ। उहाँले जाति-जातिहरूलाई शान्तिको घोषणा गर्नुहुनेछ। उहाँको राज्य समुद्रदेखि समुद्रसम्मै र यूफ्रेटिस नदीदेखि पृथ्वीको अन्तसम्मै हुनेछ।
11
तँसित बाँधेको रगतको मेरो करारको कारणले म तेरा कैदीहरूलाई पानी नभएको खाड़लबाट मुक्त गरिदिनेछु।
12
हे आशावादी कैदी हो, आफ्नो किल्लामा फर्केर जाओ। तिमीहरूलाई दोबर दिनेछु भनी अब म तिमीहरूलाई घोषणा गर्दैछु।
13
म यहूदालाई मेरो धनुलाई झैँ नुहाउनेछु, र त्यसलाई एफ्राइमले भरिदिनेछु। हे सियोन, तेरा छोराहरूलाई म ग्रीसका छोराहरूका विरुद्धमा सुर्याउनेछु, र म तँलाई वीर मानिसको तरवारझैँ तुल्याउनेछु।
14
अनि परमप्रभु तिनीहरूकहाँ देखा पर्नुहुनेछ, र उहाँको काँड़ बिजुलीझैँ चम्कनेछ। परमप्रभु परमेश्वरले तुरही फुक्नुहुनेछ, र उहाँ दक्षिणका आँधीबेहरीमा भएर हिँड्दैजानुहुनेछ।
15
सर्वशक्तिमान् परमप्रभुले तिनीहरूको रक्षा गर्नुहुनेछ। तिनीहरूले शत्रुलाई सर्वनाश पार्नेछन्, र घुयेँत्रोका ढुङ्गाहरूद्वारा तिनीहरूलाई पराजय गर्नेछन्। तिनीहरूले दाखमद्य पिउनेछन् र लागेझैँ गर्जनेछन्। तिनीहरू वेदीका कुना-कुनामा छर्कने ठूलो बटुका भरिएझैँ हुनेछन्।
16
त्यस दिन परमप्रभु तिनीहरूका परमेश्वरले तिनीहरूलाई बचाउनुहुनेछ, किनभने तिनीहरू उहाँका प्रजाको बगाल हुन्। मुकुटका रत्नझैँ तिनीहरू उहाँको देशमा चम्कनेछन्।
17
तिनीहरू कत्ति आकर्षक र सुन्दर हुनेछन्। अन्नले युवकहरूलाई र नयाँ दाखमद्यले युवतीहरूलाई हृष्टपुष्ट पार्नेछ।
← Chapter 8
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 10 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14