bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Zechariah 10
Zechariah 10
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 9
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 11 →
1
वसन्त ऋतुको समयमा परमप्रभुसँग वर्षा माग। परमप्रभुले नै बादलहरू भएको आँधी बनाउनुहुन्छ। उहाँले मानिसहरूलाई पानीको झरी बर्साइदिनुहुन्छ, हरेकलाई खेतमा बोटबिरुवा दिनुहुन्छ।
2
मूर्तिहरू छलका कुरा बोल्छन्, र मन्त्रतन्त्र गर्नेहरूले झूटा दर्शनहरू देख्छन् र झूटा सपनाहरू बताउँछन्, तिनीहरू व्यर्थमा सान्त्वना दिन्छन्। यसैकारण गोठालाको कमीले गर्दा अत्याचारमा परेका भेड़ाझैँ मानिसहरू बरालिन्छन्।
3
“मेरो रीस गोठालाहरूमाथि पर्छ, म अगुवाहरूलाई दण्ड दिनेछु, किनकि सर्वशक्तिमान् परमप्रभुले आफ्नो बगाल, यहूदाको घरानालाई हेरचाह गर्नुहुनेछ, र तिनीहरूलाई लड़ाइँको अहङ्कारी घोड़ाझैँ बनाउनुहुनेछ।
4
यहूदाबाट कुने-ढुङ्गो, त्यसबाट पालको कीला, त्यसबाट लड़ाइँको धनु र त्यसैबाट हरेक शासक निस्कनेछन्।
5
तिनीहरू साथसाथै लड़ाइँमा आफ्ना शत्रुहरूलाई गल्लीको हिलोमा कुल्चीमिल्ची गर्ने शक्तिशाली मानिसझैँ हुनेछन्, किनभने परमप्रभु तिनीहरूसँग हुनुहुनेछ, तिनीहरूले लड़ाइँ गर्नेछन्, र घोड़ामा सवार हुनेहरूलाई पराजय गर्नेछन्।
6
“म यहूदाको घरानालाई बलियो पार्नेछु, र योसेफको घरानालाई बचाउनेछु। म तिनीहरूको पुनर्स्थापन गर्नेछु, किनभने म तिनीहरूमाथि टिठ्याउनेछु। मैले तिनीहरूलाई इन्कार नगरेझैँ तिनीहरू हुनेछन्, किनभने म परमप्रभु तिनीहरूका परमेश्वर हुँ, र म तिनीहरूलाई उत्तर दिनेछु।
7
एफ्राइमीहरूचाहिँ शक्तिशाली हुनेछन्, र दाखमद्य खाएर खुशी भएझैँ तिनीहरूका हृदय हुनेछन्। तिनीहरूका छोराछोरीहरूले त्यो देखेर रमाहट गर्नेछन्। तिनीहरूका हृदय परमप्रभुमा रमाउनेछन्।
8
“म तिनीहरूलाई इशाराले बोलाएर भित्र जम्मा गर्नेछु। म निश्चय नै मोल तिरेर तिनीहरूलाई छुटाउनेछु, तिनीहरू अघिजस्तै संख्यामा धेरै हुनेछन्।
9
मैले तिनीहरूलाई जाति-जातिहरूका बीचमा तितरबितर पारें तापनि टाढ़ा-टाढ़ा देशहरूमा तिनीहरूले मेरो सम्झना गर्नेछन्। तिनीहरू र तिनीहरूका छोराछोरीहरू बाँच्नेछन् र फर्कनेछन्।
10
म तिनीहरूलाई मिश्रदेशदेखि फर्काएर ल्याउनेछु, र अश्शूर देशबाट तिनीहरूलाई भेला गर्नेछु। तिनीहरूलाई गिलाद र लेबनान देशहरूमा ल्याउनेछु, र तिनीहरूलाई त्यहाँ यथेष्ट ठाउँ हुँदैन।
11
तिनीहरू दु:खको सागरबाट पार हुनेछन्। त्यसका छालहरू साम्य हुनेछन्, र नील नदीका सबै गहिरा-गहिरा ठाउँहरू सुक्दैजानेछन्। अश्शूरको अहङ्कार झारिनेछ, र मिश्रको राजदण्ड बितेर जानेछ।
12
म तिनीहरूलाई परमप्रभुमा सामर्थी तुल्याउनेछु, र तिनीहरू उहाँकै नाउँमा हिँड्डुल गर्नेछन्,” परमप्रभु भन्नुहुन्छ।
← Chapter 9
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 11 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
Recommended Reading
Commentary
Zechariah Commentaries
→
Devotional
Zechariah Devotional Guide
→
Get This Bible
NNRV Study Bible
→