bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Zechariah 5
Zechariah 5
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 4
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 6 →
1
मैले फेरि हेरें, र मेरो अगि उड़िरहेको एउटा चर्मपत्रको मुट्ठो थियो।
2
तिनले मलाई सोधे, “तिमी के देख्छौ?” मैले जवाफ दिएँ, “नौ मिटर लामो र साढ़े चार मिटर चौड़ा एउटा उड़िरहेको चर्मपत्रको मुट्ठो म देख्तछु।”
3
अनि तिनले मलाई भने, “सारा देशमाथि पर्न लागेको यो सराप हो, किनकि यसको एकापट्टि भनेअनुसार हरेक चोर निर्वासित हुनेछ, र अर्कापट्टि भनेअनुसार हरेक झूटो शपथ खाने निर्वासित हुनेछ।
4
सर्वशक्तिमान् परमप्रभु घोषणा गर्नुहुन्छ, ‘म सराप पठाउनेछु, र चोरको घरमा र मेरो नाउँमा झूटो शपथ खानेको घरमा त्यो पस्नेछ, र त्यो घरभित्र रहनेछ र त्यसको काठपात र ढुङ्गा दुवै सर्वनाश गर्नेछ’।”
5
तब मसित कुरा गर्ने स्वर्गदूतले अगि आएर मलाई भने, “त्यो के निस्केर आइरहेछ, सो हेर।”
6
तब मैले सोधें, “त्यो के हो?” तब तिनले जवाफ दिए, “त्यो एउटा नाप्ने टोकरी हो।” तिनले भने, “देशभरि भएका मानिसहरूको दुष्टता यही हो।”
7
तब सीसाको ढकना मास्तिर उठाइयो, र एउटी स्त्री त्यस टोकरीभित्र बसिरहेकी देखें।
8
अनि तिनले भने, “दुष्टता यही हो।” तब तिनले त्यस स्त्रीलाई टोकरीभित्र धकेलिदिए, र सीसाको ढकनाले त्यसको मुख छोपिदिए।
9
तब मैले आफ्ना आँखा उचालेर हेरें, र दुई जना स्त्रीहरू आइरहेका देखें, र तिनीहरूका पखेटामा बतास रहेछ। तिनीहरूका पखेटा सारसका पखेटाजस्तै रहेछन्, र तिनीहरूले त्यो टोकरीलाई पृथ्वी र आकाशको बीचमा उचालेर लगे।
10
तब मैले मसित कुरा गर्ने ती स्वर्गदूतलाई सोधें, “यिनीहरूले यो टोकरी कहाँ लगिरहेछन्?”
11
तिनले मलाई जवाफ दिए, “बेबिलोनिया देशमा त्यसको निम्ति एउटा घर बनाउनलाई लगिरहेछन्। जब त्यो तयार हुन्छ, तब त्यो टोकरी त्यहाँ त्यसकै स्थानमा राखिनेछ।”
← Chapter 4
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 6 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14