bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Zechariah 14
Zechariah 14
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 13
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
1
परमप्रभुको एउटा यस्तो दिन आउँदैछ, जब तिमीहरूबाट लुटिएको लूट तिमीहरूकै बीचमा बाँड़िनेछ।
2
म सबै जातिहरूलाई यरूशलेमको विरुद्ध लड़ाइँ गर्नलाई भेला गराउनेछु, र यो सहर लिइनेछ, र घरहरू लुटिनेछन्, र स्त्रीहरूलाई बलात्कार गरिनेछ। सहरको आधा भाग निर्वासन गरिनेछ, तर बाँकी रहेका मानिसहरूचाहिँ सहरबाट अलग लगिनेछैनन्।
3
तब युद्धको दिनमा लड़ाइँ गरेझैँ परमप्रभु निस्केर ती जाति-जातिहरूसित लड़ाइँ गर्नुहुनेछ।
4
त्यस दिन उहाँका खुट्टाले यरूशलेमको सामु पूर्वतिर भएको जैतून डाँड़ामा टेक्नेछन्, अनि पूर्वदेखि पश्चिमसम्म जैतून डाँड़ाको बीचमा धाँदो फाट्नेछ, र त्यहाँ एउटा ठूलो खोल्सा बनिनेछ। आधा पर्वत उत्तरतिर र आधा पर्वत दक्षिणतिर छुट्टिनेछ।
5
तिमीहरू मेरो पर्वतको खोल्साबाट भएर भाग्नेछौ, किनकि त्यो आसेलसम्म फैलिनेछ। यहूदाका राजा उज्जियाहको पालोमा आएको भूकम्पमा मानिसहरू भागेझैँ तिमीहरू भाग्नेछौ। तब परमप्रभु मेरा परमेश्वर उहाँका सबै पवित्र जनहरूसँग आउनुहुनेछ।
6
त्यस दिन न त उज्यालो हुनेछ, न ठन्डा हुनेछ न तुसारो पर्नेछ।
7
त्यस दिनमा रात हुनेछैन, त्यो एउटा अनौठो दिन हुनेछ— जो परमप्रभुले जान्नुहुन्छ। जब साँझ पर्छ, तब उज्यालै रहनेछ।
8
त्यस दिन यरूशलेमबाट जिउँदो पानी निस्केर आउनेछ, आधाचाहिँ पूर्वको समुद्रतिर र आधाचाहिँ पश्चिमको समुद्रतिर बगिनिस्कनेछ, हिउँद र वर्षामा नित्य बगिरहनेछ।
9
परमप्रभु समस्त पृथ्वीका राजा हुनुहुनेछ। त्यस दिन एकमात्र परमप्रभु हुनुहुनेछ र उहाँकै नाउँ मात्र हुनेछ।
10
गेबादेखि यरूशलेमको दक्षिण रिम्मोनसम्म सारा देश अराबाजस्तै हुनेछ। तर यरूशलेमचाहिँ अल्गो बनाइनेछ, र बेन्यामीनको ढोकादेखि पहिलो ढोकाको ठाउँसम्म, कुने ढोकासम्म, र हननेलको बुर्जादेखि राजाको दाखको कोलसम्म आफ्नै ठाउँमा रहनेछ।
11
मानिसहरू त्यसमा बस्नेछन्, र त्यो फेरि कहिल्यै नाश गरिनेछैन। यरूशलेम सुरक्षित रहनेछ।
12
जत्ति जातिहरूले यरूशलेमको विरुद्धमा लड़ाइँ गरे, ती सबैलाई परमप्रभुले यस्तो महामारीद्वारा प्रहार गर्नुहुनेछ: तिनीहरू आफ्ना खुट्टामा खड़ा भएर उभिएकैमा तिनीहरूको मासु कुहेर जानेछ, तिनीहरूका आँखा तिनीहरूकै खोपिल्टामा कुहुनेछन्, र तिनीहरूका जिब्रा तिनीहरूका मुखैमा कुहिजानेछन्।
13
त्यस दिन परमप्रभुद्वारा मानिसहरूमा ठूलो त्रास आइलाग्नेछ। तिनीहरू हरेकले अर्काको हात समात्नेछ, र एउटाले अर्कालाई आक्रमण गर्नेछ।
14
यहूदाले पनि यरूशलेममा लड़ाइँ गर्नेछ। सबै वरिपरिका जातिहरूको धन-सम्पत्ति जम्मा गरिनेछ— सुन, चाँदी, लुगाफाटाहरू ठूलो परिणाममा बटुलिनेछ।
15
घोड़ाहरू, खच्चरहरू, ऊँटहरू, गधाहरू र ती छाउनीहरूमा भएका जम्मै पशुहरूलाई पनि यही किसिमको रूढ़ीले मार्नेछ।
16
तब यरूशलेमलाई आक्रमण गर्ने जाति-जातिहरूमा जत्ति बाँचेका हुन्छन्, तिनीहरू वर्षेनी सर्वशक्तिमान् परमप्रभुका महाराजालाई दण्डवत् गर्न र छाप्रो-वासको चाड़ मान्नलाई यरूशलेममा जानेछन्।
17
सर्वशक्तिमान् परमप्रभु महाराजालाई दण्डवत् गर्न पृथ्वीका सबै परिवारमध्येका जो जाँदैनन्, तिनीहरूका निम्ति पानी पर्नेछैन।
18
मिश्रदेशका मानिसहरू त्यहाँ गएनन् भने तिनीहरूका निम्ति पानी पर्नेछैन। परमप्रभुले तिनीहरूमाथि पनि त्यही रूढ़ी ल्याउनुहुनेछ, जुन रूढ़ी छाप्रो-वासको चाड़ नमान्नेमाथि परमप्रभुले प्रहार गर्नुहुन्छ।
19
मिश्रदेशमाथि र छाप्रो-वासको चाड़ मान्नलाई नजाने सबै जातिहरूमाथि पनि त्यही दण्ड पर्नेछ।
20
त्यस दिन घोड़ाहरूका घण्टीहरूमा पनि ‘परमप्रभुको निम्ति पवित्र’ भनी खोपिएको हुनेछ, र परमप्रभुका भवनका भाँड़ाहरू वेदीको सामुन्ने भएका पवित्र कचौराहरूजस्तै हुनेछन्।
21
यरूशलेममा र यहूदामा भएका हरेक भाँड़ा सर्वशक्तिमान् परमप्रभुको निम्ति पवित्र ठहरिनेछ, र बलिदान चढ़ाउने सबै मानिसहरू आएर कुनै-कुनै भाँड़ा लिएर तिनमा नै पकाउनेछन्। अनि त्यस दिन सर्वशक्तिमान् परमप्रभुको भवनमा फेरि कहिल्यै एउटै कनानी पनि हुनेछैन।
← Chapter 13
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
Recommended Reading
Commentary
Zechariah Commentaries
→
Devotional
Zechariah Devotional Guide
→
Get This Bible
NNRV Study Bible
→