bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Zechariah 13
Zechariah 13
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 12
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 14 →
1
“त्यस दिन तिनीहरूको पाप र अशुद्धता सफा गर्नलाई दाऊदको घराना र यरूशलेमका बासिन्दाहरूका निम्ति पानीको एउटा मूल फुटेर निस्कनेछ।
2
सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ, “म त्यस दिन देशबाट देवताहरूको नाउँनिशानै मेटिदिनेछु, र तिनीहरूको सम्झना नै हुनेछैन। अगमवक्ताहरू र अशुद्ध आत्मालाई पनि देशबाट म निकालिदिनेछु।
3
अनि अझै कसैले अगमवाणी गर्यो भने, त्यसलाई जन्माउने बुबा-आमाले त्यसलाई भन्नेछन्, ‘तँ मर्नैपर्छ, किनभने तैंले परमप्रभुको नाउँमा झूटा बोलेको छस्।’ त्यसले अगमवाणी गर्दा त्यसलाई जन्माउने बुबा-आमाले त्यसलाई वारपार घोचिदिनेछन्।
4
“त्यस दिन हरेक अगमवक्ता आफ्नै अगमवाणीको दर्शनदेखि लजाउनेछ, र धोका दिनलाई अगमवक्ताले लाउने रौँका लुगा त्यसले लाउनेछैन।
5
त्यसले भन्नेछ, ‘म त अगमवक्ता होइनँ, तर किसान मात्र हुँ, किनकि जवान अवस्थादेखि नै जमिनबाट मेरो जीविका चलेको छ’।
6
कसैले त्यसलाई ‘तिम्रो शरीरमा भएका यी चोटचाहिँ के हुन्?’ भनी सोधे भने, त्यसले जवाफ दिनेछ, ‘यी मेरा मित्रहरूको घरमा मैले पाएका चोटहरू हुन्।’
7
“ए तरवार, मेरो गोठालाको विरुद्धमा उठ्, नजिकका मानिसको विरुद्धमा, जो मेरो सङ्गी हो,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ। “गोठालालाई हिर्का, र भेड़ाहरू तितरबितर हुनेछन्, र मेरो हात सानाहरूका विरुद्धमा म उठाउनेछु।”
8
परमप्रभु भन्नुहुन्छ, “समस्त देशमा दुई-तिहाइ मारिनेछन्, र नष्ट हुनेछन्, तापनि एक-तिहाइचाहिँ छोड़िनेछन्।
9
त्यस एक-तिहाइलाई म आगोमा ल्याउनेछु। चाँदी निखारेझैँ म तिनीहरूलाई निखार्नेछु, र सुन जाँचेझैँ जाँच्नेछु। तिनीहरूले मेरो नाउँको पुकारा गर्नेछन्, र म तिनीहरूलाई जवाफ दिनेछु। ‘यिनीहरू मेरा प्रजा हुन्,’ भनी म भन्नेछु, र तिनीहरूले भन्नेछन्, ‘परमप्रभु हाम्रा परमेश्वर हुनुहुन्छ’।”
← Chapter 12
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 14 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
Recommended Reading
Commentary
Zechariah Commentaries
→
Devotional
Zechariah Devotional Guide
→
Get This Bible
NNRV Study Bible
→