bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Zechariah 4
Zechariah 4
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 5 →
1
जसरी कोही मानिसलाई निद्राबाट जगाइन्छ तब मसित कुरा गर्ने ती स्वर्गदूतले आएर मलाई त्यसरी जगाए।
2
तिनले मलाई सोधे, “तिमी के देख्छौ?” मैले जवाफ दिएँ, “जम्मै सुनको एउटा सामदान म देख्तछु। त्यसको टुप्पामा एउटा बटुको छ। त्यसमाथि सात वटा बत्ती छन्, र टुप्पामा भएको प्रत्येक बत्तीमा सात वटा नली गाँसिएका छन्।
3
त्यसको छेउमा दुई वटा जैतूनका रूखहरू, एउटा बटुकाको दाहिनेपट्टि र अर्को त्यसको देब्रेपट्टि छन्।”
4
तब मसित कुरा गर्ने ती स्वर्गदूतलाई मैले सोधें, “हे मेरा प्रभु, यी के हुन्?”
5
तिनले जवाफ दिए, “यी के हुन् भनी तिमी जान्दैनौ?” मैले जवाफ दिएँ, “अँहँ, जान्दिनँ मेरा प्रभु।”
6
यसैले तिनले मलाई भने, “यरुबाबेलको निम्ति परमप्रभुको यो वचन छ: ‘न त बलले न शक्तिले, तर मेरो आत्माले,’ सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ।
7
“ए शक्तिशाली पर्वत, तँ के होस् र? यरुबाबेलको सामुन्ने तँ मैदान हुनेछस्। अनि उहाँले शिर-ढुङ्गालाई ‘परमेश्वरले यसलाई आशिष् देऊन्!’ भन्ने जयजयकारका साथ निकाल्नु हुनेछ’।”
8
तब परमप्रभुको यो वचन मकहाँ आयो:
9
“यस मन्दिरको जग यरुबाबेलका हातले बसालेका छन्, त्यसैका हातले त्यो सिद्ध्याउनेछन्। तब तैंले जान्नेछस् कि सर्वशक्तिमान् परमप्रभुले मलाई पठाउनुभएको हो।
10
“साना कुराहरूको दिनलाई कसले तुच्छ ठान्छ? यरुबाबेलको हातमा तिनीहरूले साहुल देख्दा मानिसहरू रमाउनेछन्। (“यी सात वटा बत्तीचाहिँ परमप्रभुका आँखा हुन्, जसले सारा पृथ्वीमा यताउता हेरिरहन्छन्।”)
11
तब मैले स्वर्गदूतलाई सोधें, “यस सामदानको दाहिने र देब्रेपट्टि भएका यी दुई जैतूनका रूखहरूचाहिँ के हुन्?”
12
फेरि मैले तिनलाई सोधें, “यी दुई जैतूनका हाँगा के हुन्, जो ती दुई सुनका नलीहरूका छेउमा छन् र जसद्वारा सुनको तेल खनिन्छ?”
13
तिनले जवाफ दिए, “यी के हुन् भनी तिमी जान्दैनौ?” मैले भनें, “अँहँ, म जान्दिनँ, मेरा प्रभु।”
14
तब तिनले भने, “यी दुईचाहिँ सारा पृथ्वीका परमप्रभुको सेवा गर्न अभिषेक भएकाहरू हुन्।”
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 5 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14