bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Zechariah 11
Zechariah 11
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 10
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 12 →
1
ए लेबनान, तेरा ढोकाहरू खोल्, ताकि आगोले तेरा देवदारुहरूलाई भस्म पारोस्।
2
ए सल्लोको रूख, विलाप गर्, किनकि देवदारु ढलेको छ, र अल्गा र सुन्दर रूखहरू नष्ट भएका छन्। ए बाशानका फलाँटका रूखहरू हो, विलाप गर, किनभने घनघोर जङ्गल फाँड़िएको छ।
3
गोठालाहरूको विलाप सुन। तिनीहरूको सुन्दर खर्क नष्ट पारियो। सिंहको गर्जन सुन। यर्दनको हरियो घारी नष्ट भएको छ।
4
परमप्रभु मेरा परमेश्वर यसो भन्नुहुन्छ, “काटिने भेड़ाबाख्राहरूलाई चरा।
5
ती किन्नेहरूले तिनलाई काटेर मार्छन्, र सजाय नपाई जान्छन्। तिनलाई बेच्नेहरू भन्दछन्, ‘परमप्रभुलाई प्रशंसा होस्, किनकि म धनी भएँ’। तिनीहरूका आफ्नै गोठालाहरूले तिनलाई छोड्दैनन्।
6
किनभने देशका मानिसहरूलाई म टिठ्याउनेछैनँ,” परमप्रभु भन्नुहुन्छ। “म हरेकलाई त्यसकै छिमेकीको हातमा र त्यसकै राजाको हातमा सुम्पिदिनेछु। उनीहरूले देशलाई अत्याचार गर्नेछन्, र उनीहरूका हातदेखि म तिनीहरूलाई छुटाउनेछैनँ।”
7
यसैले काटिनलाई राखिएका भेड़ाबाख्राहरूको बगाललाई मैले चराएँ, विशेष गरी बगालका थिचोमिचोमा परेकाहरूलाई। अनि मैले आफ्नो निम्ति दुई वटा लौरा लिएँ— एउटाको नाउँ मैले ‘अनुग्रह’ राखें, र अर्कोको ‘एकता’— र मैले बगाललाई चराएँ।
8
मैले तीन जना गोठालाहरूलाई एकै महिनामा हटाएँ। त्यस बगालले मलाई घृणा गर्यो, र म तिनीहरूसँग वाक्क भएँ।
9
मैले भनें, “म तिमीहरूको गोठालो हुनेछैनँ। मर्नेहरू मरिरहून्, नष्ट हुनेहरू नष्ट भइरहून्, र बाँचिरहनेचाहिँ एउटाले अर्काको मासु खाऊन्।”
10
तब मैले मेरो ‘अनुग्रह’ नामक लहुरो लिएँ, र सबै जाति-जातिहरूसित बाँधेको करार रद्द गरेर त्यो भाँचें।
11
त्यो करार त्यही दिन रद्द भयो, र यसरी बगालका दु:खीहरूले, जसले मलाई हेरिराखेका थिए, तिनीहरूले त्यो त परमप्रभुको वचन रहेछ भनी जाने।
12
तब मैले तिनीहरूलाई भनें, “तिमीहरूलाई असल लागे मलाई मेरो ज्याला देओ। होइन भने राख।” यसैले तिनीहरूले मलाई चाँदीका तीस टुक्रा दिए।
13
परमप्रभुले मलाई भन्नुभयो, “त्यो पैसा कुमालेलाई फ्याँकिदे”— यो बहुमूल्य दाम जो तिनीहरूले मेरो निम्ति लगाए। तब मैले चाँदीका ती तीस टुक्रा लगेर परमप्रभुका भवनको भण्डारमा कुमालेको निम्ति फालिदिएँ।
14
तब यहूदा र इस्राएलका बीचका दाजुभाइको नाता टुटाइदिनलाई मैले ‘एकता’ नाउँ भएको अर्को लहुरो भाँचें।
15
तब परमप्रभुले मलाई भन्नुभयो, “मूर्ख गोठालाको हतियार तैंले फेरि ली।
16
किनकि म यस देशमा यस्तो एउटा गोठालो खड़ा गर्नेछु, जसले हराएकाहरूलाई हेरचाह गर्नेछैन, न त छरपष्ट भएकाहरूलाई भेला गर्नेछ, न चोट लागेकाहरूलाई निको पार्नेछ, न त निरोगीहरूलाई चराउनेछ, तर त्यसले राम्रा भेड़ाका खुर च्यातेर तिनीहरूको मासु खानेछ।
17
“बगाल छोड़ेर जाने बेकामको गोठालालाई धिक्कार! त्यसको पाखुरा र दाहिने आँखालाई तरवारले हानोस्। त्यसको पाखुरा जम्मै सुकेर जाओस् र त्यसको दाहिने आँखा पूरा अन्धो होस्।”
← Chapter 10
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 12 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
Recommended Reading
Commentary
Zechariah Commentaries
→
Devotional
Zechariah Devotional Guide
→
Get This Bible
NNRV Study Bible
→