bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Zechariah 6
Zechariah 6
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 5
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 7 →
1
फेरि मैले माथि हेरें, र मेरो अगि दुई पर्वतहरूका बीचबाट चार वटा रथहरू आएका देखें। ती पर्वतहरू काँसाका थिए।
2
पहिलो रथमा राता घोड़ाहरू, दोस्रो रथमा काला घोड़ाहरू,
3
तेस्रो रथमा सेता घोड़ाहरू र चौथो रथमा पाङ्ग्रे घोड़ाहरू थिए— ती सबै बलिया थिए।
4
मसित कुरा गर्ने ती स्वर्गदूतलाई मैले सोधें, “हे मेरा प्रभु, यी के हुन्?”
5
ती स्वर्गदूतले जवाफ दिएर मलाई भने, “यी स्वर्गका चार आत्माहरू हुन्, जो सारा संसारका परमप्रभुको सामुन्ने खड़ा भएर निस्किआएका हुन्।
6
काला घोड़ाहरू भएको रथ उत्तर देशतिर जान्छ, सेता घोड़ाहरू भएको रथ पश्चिमतिर जान्छ, र पाङ्ग्रे घोड़ाहरू भएको रथ दक्षिणतिर जान्छ।”
7
जब ती बलिया घोड़ाहरू बाहिर निस्के, तिनीहरू चारैतिर जानलाई तम्सिरहेका थिए। तिनले भने, “पृथ्वीका चारैतिर जाओ।” तब तिनीहरू पृथ्वीका चारैतिर गए।
8
तब तिनले कराएर मलाई भने, “हेर, ती उत्तरको देशतिर लाग्नेहरूले मेरो आत्मालाई त्यहाँ आराम दिएका छन्।”
9
परमप्रभुको यो वचन मकहाँ आयो:
10
“बेबिलोनको निर्वासनबाट आएका हेल्दै, तोबियाह र यदायाहबाट भेटी ली। त्यही दिन सपन्याहको छोरो योशियाहको घरमा जा।
11
सुन र चाँदी लिएर एउटा मुकुट बना, र त्यो यहोसादाकको छोरो प्रधान पूजाहारी यहोशूको शिरमा लगाइदे।
12
त्यसलाई भन्, ‘सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ: “हेर, यो मानिस जसको नाउँ हाँगो हो, त्यो आफ्नो ठाउँमा बढ्नेछ, र परमप्रभुको मन्दिर बनाउनेछ।
13
त्यसले नै परमप्रभुको मन्दिर बनाउनेछ, र त्यो महामहिमाले पहिर्याइनेछ, र आफ्नो सिंहासनमा विराजमान भएर राज्य गर्नेछ, र त्यो सिंहासनमा एक जना पूजाहारी हुनेछ। अनि दुवैको बीचमा मिलाप हुनेछ’।”
14
हेल्दै, तोबियाह, यदायाह र सपन्याहको छोरो हेनलाई परमप्रभुको मन्दिरमा सम्झनाको निम्ति त्यो मुकुट दिइनेछ।
15
जो टाढ़ा-टाढ़ामा छन्, ती आएर परमप्रभुको मन्दिर बनाउन सघाउनेछन्, र सर्वशक्तिमान् परमप्रभुले मलाई तिमीहरूकहाँ पठाउनुभएको हो भनी तिमीहरूले जान्नेछौ। तिमीहरूले मन लगाएर परमप्रभु आफ्ना परमेश्वरको आज्ञा मान्यौ भनेदेखि सो हुनेछ।”
← Chapter 5
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 7 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14