bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Zechariah 12
Zechariah 12
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 11
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 13 →
1
इस्राएलको विषयमा परमप्रभुको वचन यही हो। आकाश फैलाउनुहुने, पृथ्वीको जग बसाल्नुहुने र मानिसको आत्मा त्यसभित्र रच्नुहुने परमप्रभु घोषणा गर्नुहुन्छ:
2
“हेर, म यरूशलेमलाई त्यसका चारैतिरका मानिसहरूका निम्ति धरमराइदिने कचौरा तुल्याइदिनेछु। यरूशलेमको साथै यहूदा घेरामा पर्नेछ।
3
त्यस दिन जब पृथ्वीका सबै जाति त्यसको विरुद्धमा जम्मा हुनेछन्, म यरूशलेमलाई सबै जातिहरूका निम्ति एउटा अटल चट्टान तुल्याइदिनेछु। त्यसलाई चलाउने सबैले साह्रै चोट पाउनेछन्।
4
त्यस दिन म हरेक घोड़ालाई तर्साउनेछु र त्यसको सवारलाई पागल तुल्याइदिनेछु,” परमप्रभु भन्नुहुन्छ। “यहूदाको घरानामाथि म मेरो दृष्टि राख्नेछु, तर जाति-जातिको हरेक घोड़ालाई म अन्धो तुल्याइदिनेछु।
5
तब यहूदाका अगुवाहरूले आ-आफ्नो हृदयमा यसो भन्नेछन्, ‘यरूशलेमका मानिसहरू बलिया छन्, किनकि सर्वशक्तिमान् परमप्रभु तिनीहरूका परमेश्वर हुनुहुन्छ’।
6
“त्यस दिन म यहूदाका अगुवाहरूलाई दाउराको थुप्रोमा आगोको मकलजस्तै र बिटाहरूका बीचमा जल्दोबल्दो राँकोजस्तै तुल्याउनेछु। तिनीहरूले चारैतिरका, दाहिने र देब्रे हाततिरका, सबै मानिसहरूलाई भस्म पार्नेछन्, तर यरूशलेम आफ्नै स्थानमा कायम रहनेछ।
7
“परमप्रभुले यहूदाका वासस्थानहरूलाई पहिले बचाउनुहुनेछ, र यसरी दाऊदका घरानाको गौरव र यरूशलेमका बासिन्दाहरूको गौरव यहूदाको भन्दा बढ्ता नहोस्।
8
त्यस दिन परमप्रभुले यरूशलेमका बासिन्दाहरूको रक्षा गर्नुहुनेछ, अनि तिनीहरूमध्ये जो सबैभन्दा कमजोर छ त्यो दाऊदझैँ हुनेछ, र दाऊदको घराना परमेश्वरझैँ, र तिनीहरूका अगिअगि जाने परमप्रभुको स्वर्गदूतझैँ हुनेछ।
9
त्यस दिन यरूशलेमको विरुद्धमा आउने सबै जाति-जातिहरूलाई सर्वनाश गर्ने मेरो युक्ति हुनेछ।
10
“अनि म दाऊदको घराना र यरूशलेमका बासिन्दाहरूमाथि अनुग्रह र नम्र-निवेदन गर्ने आत्मा खन्याउनेछु। तिनीहरूले मलाई हेर्नेछन्, जसलाई तिनीहरूले घोचेका छन्, र जसरी एकमात्र छोराको लागि कोही शोक गर्दछ, त्यसरी नै तिनीहरू उनको लागि शोक गर्नेछन्, पहिले जन्मेको पुत्रको निम्ति गरेजस्तै शोक गर्नेछन्।
11
मगिद्दोको बेँसीमा हदद-रिम्मोनको जस्तो ठूलो रुवाबासी भएको थियो, त्यस्तै ठूलो विलाप त्यस दिन यरूशलेममा हुनेछ।
12
देशभरि प्रत्येक घरानाले, त्यसका पत्नीहरूलेसहित अलग-अलग्गै शोक गर्नेछन्, दाऊदका घरानाकाहरू र तिनका पत्नीहरू, नातानका घरानाकाहरू र तिनका पत्नीहरू,
13
लेवीका घरानाकाहरू र तिनका पत्नीहरू, शिमीका वंश र तिनका पत्नीहरू,
14
बाँकी रहेका सबै वंशहरू र तिनका पत्नीहरू विलाप गर्नेछन्।”
← Chapter 11
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 13 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
Recommended Reading
Commentary
Zechariah Commentaries
→
Devotional
Zechariah Devotional Guide
→
Get This Bible
NNRV Study Bible
→