bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Exodus 12
Exodus 12
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 11
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 13 →
1
याहवेहले मोशा र हारूनलाई इजिप्टमा भन्नुभयो,
2
“यो महिना तिमीहरूका लागि महिनाहरूको सुरु, वर्षको पहिलो महिना हुनेछ।
3
इस्राएलका सम्पूर्ण समुदायलाई प्रत्येक मानिसले यो महिनाको दशौँ दिनमा आफ्ना परिवारको लागि प्रत्येक घरानाअनुसार एउटा थुमा लिनुपर्छ भनी भन्।
4
कुनै घराना एउटा थुमाको लागि एकदमै सानो छ भने तिनीहरूले मानिसहरूको संख्याको हिसाबले एउटा थुमा आफ्नो नजिकैको छिमेकीसित मिलेर खाऊन्। हरेक मानिसले कति खान सक्छ भन्ने हिसाबले थुमा कति चाहिन्छ भनी तैँले निर्णय गर्नू।
5
तैँले रोज्नुपर्ने पशु खोटरहितको एकवर्षे पाठो हुनुपर्छ; अनि तैँले त्यो भेडा अथवा बाख्राबाट लिन सक्नेछस्।
6
तिनीहरूलाई तिमीहरूले महिनाको चौधौँ दिनसम्म रेखदेख गर्नू, र इस्राएलको समुदायका सबै मानिसहरूले तिनीहरूलाई साँझपख मारून्।
7
तब तिनीहरूले केही रगत लिएर जुन घरमा तिनीहरूले थुमा खान्छन्, त्यसका चौकसका दुई पट्टिका र माथिल्ला भागहरूमा लगाऊन्।
8
त्यही रात तिनीहरूले त्यो मासु आगोमा पोलेर तितो सागसित र खमिर नमिसाइएको रोटीसित खाऊन्।
9
त्यो मासु काँचो अथवा पानीमा पकाएर नखानू, तर त्यसलाई आगोमा पोल्नू—टाउको, खुट्टाहरू अनि भित्री भागहरू।
10
त्यसको केही पनि भाग बिहानसम्म नराख्नू; बिहानसम्म केही रह्यो भने त्यसलाई जलाइदिनू।
11
त्यसलाई तिमीहरूले यसरी खानू: तिमीहरूका पटुका कसेर, खुट्टामा जुत्ता लगाएर र तिमीहरूका लहुरो हातमा लिएर त्यसलाई हतार-हतार खानू; यो याहवेहको निस्तार चाड हो।
12
“त्यही रात म इजिप्टबाट भएर जानेछु अनि मानिसहरू र पशुहरूका प्रत्येक जेठोमाथि प्रहार गर्नेछु, र इजिप्टका सबै देवी-देवताहरूमाथि न्याय ल्याउनेछु; म नै याहवेह हुँ।
13
त्यो रगत तिमीहरू बसेका घरहरूमा चिन्ह हुनेछ; अनि जब म रगत देख्नेछु, तब म तिमीहरूलाई छोडेर जानेछु। मैले इजिप्टमाथि प्रहार गर्दा तिमीहरूलाई कुनै पनि नाश गर्ने विपत्तिले छुनेछैन।
14
“यस दिनलाई तिमीहरूको स्मरणमा राख्नू; अनि आउने पुस्ताका निम्ति तिमीहरूले यसलाई याहवेहका चाडको हिसाबले मान्नू—यो सदाको निम्ति एउटा धार्मिक विधि हो।
15
सात दिनसम्म तिमीहरूले खमिर नमिसाइएको रोटी खानू। पहिलो दिन आफ्ना घरहरूबाट खमिर निकाल्नू; किनकि जसले पहिलो दिनदेखि लिएर सातौँ दिनसम्म खमिर हालेको केही खान्छ, त्यो इस्राएलदेखि बहिष्कृत होस्।
16
पहिलो दिन एउटा पवित्र सभा आयोजना गर, र अर्को सभा सातौँ दिनमा गर। प्रत्येकले खानलाई भोजन तयार गर्नुबाहेक यी सबै दिनहरूमा पटक्कै काम नगर्नू; भोजन बनाउने काम मात्र तिमीहरू गर्न सक्छौ।
17
“अखमिरी रोटीको चाड मान्नू; किनकि यो त्यही दिन हो, जसमा मैले तिमीहरूका दलहरूलाई इजिप्टबाट ल्याएँ। यस दिनलाई भावी पुस्ताका लागि एउटा सदाको धार्मिक विधिस्वरूप मान्नू।
18
पहिलो महिनाको चौधौँ दिनको साँझदेखि एक्काइसौँ दिनको साँझसम्म तिमीहरूले खमिर नमिसाइएको रोटी खानू।
19
सात दिनसम्म तिमीहरूका घरहरूमा खमिर पटक्कै नपाइयोस्। अनि जसले खमिर मिसाएर केही कुरा खान्छ, त्यो परदेशी होस् वा स्वदेशमै जन्मेको होस्, त्यसलाई इस्राएलको समुदायबाट बहिष्कार गर्नू।
20
खमिर मिसाएर केही कुरा पनि नखानू। तिमीहरू जहाँ बसे तापनि खमिर नमिसाइएको रोटी नै खानू।”
21
तब मोशाले इस्राएलका सबै प्रधानहरूलाई बोलाएर तिनीहरूलाई भने, “झट्टै गएर तपाईंहरूका परिवारहरूका निम्ति पशुहरू रोज्नुहोस् र निस्तार चाडको पाठो मार्नुहोस्।
22
हिसपको एउटा झुप्पा लिएर भाँडामा भएको रगतमा चोप्नुहोस्, र केही रगत चौकसका माथिल्लो र दुवैतिरका भागमा लगाउनुहोस्। बिहानसम्म आफ्नो घरदेखि कोही पनि बाहिर ननिस्कोस्।
23
जब याहवेह इजिप्टियनहरूलाई प्रहार गर्नलाई यस देशबाट भएर जानुहुनेछ, तब उहाँले चौकसका माथिल्ला र दुई छेउका भागहरूमा रगत देख्नुहुनेछ; अनि उहाँले त्यस ढोकालाई नाघेर जानुहुनेछ, र विनाशकर्तालाई नाश गर्न तपाईंहरूका घरमा पस्न दिनुहुनेछैन।
24
“यस निर्देशनलाई तपाईंहरू र तपाईंहरूका सन्तानका लागि एउटा सदाको धार्मिक नियमस्वरूप पालन गर्नू।
25
जब तपाईंहरू याहवेहले प्रतिज्ञा गर्नुभएको देशमा प्रवेश गर्नुहुनेछ, यस उत्सवलाई मान्नू।
26
अनि जब तपाईंहरूका छोराछोरीहरूले तपाईंहरूलाई ‘तपाईंहरूका निम्ति यस उत्सवको अर्थ के हो?’ भनी सोध्छन्,
27
तब तपाईंहरूले भन्नू, ‘यो याहवेहको निम्ति निस्तारको बलिदान हो; उहाँले इजिप्टमा इस्राएलीहरूका घरहरूलाई छोड्नुभयो, र इजिप्टियनहरूलाई प्रहार गर्नुहुँदा हाम्रा परिवारहरूलाई जोगाइराख्नुभयो।’ ” तब मानिसहरूले शिर निहुराएर आराधना गरे।
28
इस्राएलीहरूले याहवेहले मोशा र हारूनलाई आज्ञा गर्नुभएबमोजिम नै गरे।
29
मध्यरातमा याहवेहले सिंहासनमा बस्ने फारोको जेठा छोरादेखि लिएर झ्यालखानामा भएको कैदीको जेठा छोरा, र सबै गाईबस्तुहरूका पहिले जन्मेकाहरू समेत, र इजिप्टका पहिले जन्मेकाहरू सबैलाई मार्नुभयो।
30
फारो र तिनका सबै अधिकारीहरू र सारा इजिप्टियनहरू राति नै उठे, र इजिप्टमा ठूलो रुवाबासी चल्यो; किनकि त्यहाँ कोही नमरेको कुनै घर थिएन।
31
रातको समयमा फारोले मोशा र हारूनलाई बोलाइपठाएर भने, “तिमीहरू र सारा इस्राएलीहरू उठ! अनि मेरा मानिसहरूलाई छोडिदेओ! जाओ, र तिमीहरूले बिन्ती गरेझैँ याहवेहको आराधना गर।
32
तिमीहरूका बगाल र बथान पनि तिमीहरूले भनेझैँ लिएर जाओ; अनि मलाई पनि आशिष् देओ।”
33
इजिप्टियनहरूले ती मानिसहरूलाई झट्टै देश छोडेर जान भनेर बिन्ती गरे। तिनीहरूले भने, “नत्रता हामी सबै मर्नेछौँ!”
34
यसकारण मानिसहरूले आफ्ना मुछेको पिठो खमिर हाल्न अगि नै मुछ्ने भाँडामा लुगाले बेह्रेर आफ्ना काँधमा बोके।
35
इस्राएलीहरूले मोशाले भनेझैँ गरे; अनि इजिप्टियनहरूबाट चाँदी र सुनका सामग्रीहरू अनि लुगाहरू मागे।
36
याहवेहले मानिसहरूलाई इजिप्टियनहरूको निगाहमा राखिदिनुभयो; र तिनीहरूले उनीहरूले मागेका सबै कुराहरू दिइहाले; यसरी तिनीहरूले इजिप्टियनहरूलाई लुटे।
37
इस्राएलीहरूले रामसेसदेखि सुक्कोतसम्म यात्रा गरे। स्त्री र बालबालिकाहरू छोडेर, लगभग छ लाख पैदल हिँड्ने मानिसहरू थिए।
38
अरू धेरै मानिसहरूका साथसाथै बगाल र बथानसित गाईबस्तुको ठूलो हुल पनि तिनीहरूसित गए।
39
इजिप्टबाट ल्याएको मुछेको पिठोबाट तिनीहरूले अखमिरी रोटीहरू पकाए। त्यो मुछेको पिठो खमिररहित थियो; किनकि तिनीहरू इजिप्टबाट धपाइएका थिए, र तिनीहरूसित आफ्ना भोजन बनाउने समय पनि थिएन।
40
इस्राएलीहरू इजिप्टमा बसेको 430 वर्ष भइसकेको थियो।
41
430 वर्षको अन्त्यमा त्यही दिन याहवेहको सम्पूर्ण दलहरूले इजिप्ट छोडे।
42
तिनीहरूलाई इजिप्टबाट बाहिर निकाल्नलाई त्यस रात याहवेहले हेरचाह गर्नुभएको कारण सारा इस्राएलीहरू पनि भावी पुस्तामा याहवेहलाई सम्मान दिनको निम्ति त्यस रात जागा रहनुपर्छ।
43
याहवेहले मोशा र हारूनलाई भन्नुभयो, “निस्तार चाडका नियमहरू यिनै हुन्: “यसबाट कुनै विदेशीले खानुहुँदैन।
44
तिमीहरूले किनेका हरेक दासले तिमीहरूले त्यसलाई खतना गरिदिएपछि यसबाट खाओस्,
45
तर परदेशी र ज्यालादारी नोकरले यसबाट नखाओस्।
46
“त्यो एउटै घरभित्र खाइनुपर्छ; मासुबाट अलिकति पनि घरबाट बाहिर नलैजानू। त्यसको कुनै पनि हड्डी नभाँच्नू।
47
इस्राएलका सम्पूर्ण समुदायले त्यो उत्सव मनाउनुपर्छ।
48
“तिमीहरूसित बस्ने कुनै परदेशीले याहवेहको निस्तार चाडको उत्सव मनाउन चाहन्छ भने त्यसले आफ्ना परिवारका सबै पुरुषहरूको खतना गराउनुपर्छ; तब त्यसले स्वदेशमा जन्मेकाले झैँ त्यसमा भाग लिन सक्छ। खतना नभएको कुनै पुरुषले यसबाट खान पाउनेछैन।
49
तिमीहरूसित बस्ने स्वदेशी र विदेशीको लागि यही नियम लाग्नेछ।”
50
सारा इस्राएलीहरूले याहवेहले मोशा र हारूनलाई आज्ञा दिनुभएबमोजिम गरे।
51
अनि त्यही दिन याहवेहले इस्राएलीहरूलाई इजिप्टबाट तिनीहरूका दलअनुसार बाहिर निकालेर ल्याउनुभयो।
← Chapter 11
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 13 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40