bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Exodus 37
Exodus 37
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 36
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 38 →
1
बजलेलले बबुल काठको सन्दुक बनाए। त्यसको लम्बाइ साढे दुई क्यूबिट, चौडाइ साढे एक क्यूबिट, र उचाइ साढे एक क्यूबिट थियो।
2
तिनले त्यसको भित्री र बाहिरी भाग निखुर सुनले मोहोरे; अनि त्यसको वरिपरि सुनको बिट बनाए।
3
तिनले त्यसका निम्ति सुनका चार वटा मुन्द्राहरू ढाले, र ती त्यसका चार वटा खुट्टामा लगाइदिए; दुई वटा मुन्द्रा एकापट्टि र दुई वटा अर्कापट्टि।
4
तब तिनले बबुल काठका डण्डाहरू बनाएर ती सुनले मोहोरे।
5
ती डण्डाहरू सन्दुकको दुवैपट्टि भएका मुन्द्राहरूमा बोक्नका निम्ति हाले।
6
तिनले निखुर सुनको पाप समाधान-स्थान बनाए; जसको लम्बाइ साढे दुई क्यूबिट र चौडाइ साढे एक क्यूबिट थियो।
7
त्यसपछि तिनले पाप समाधान-स्थानको किनारहरूमा पिटिएको सुनका दुई वटा करूबहरू बनाए।
8
तिनले एउटा करूब एक किनारमा, र अर्को करूब अर्को किनारमा बनाए। ती दुवै करूबहरू पाप समाधान-स्थानसित एउटै टुक्राले बनाए।
9
ती करूबहरूले आफ्ना पखेटाहरू माथिपट्टि फैलाएर पाप समाधान-स्थानमा छाया पारेका थिए। तिनीहरूका मुखचाहिँ एक-अर्कापट्टि, पाप समाधान-स्थानतिर फर्किएका थिए।
10
बजलेलले बबुल काठको एउटा टेबुल बनाए; जसको लम्बाइ दुई क्यूबिट, चौडाइ एक क्यूबिट र उचाइ साढे एक क्यूबिट थियो।
11
तब तिनले त्यसलाई निखुर सुनले मोहोरे र चारैपट्टि सुनको बिट बनाए।
12
तिनले त्यसका चारैतिर चार औँला चौडाइ भएको घेरा बनाए; अनि घेराको सबै भागमा सुनको बिट लगाए।
13
तिनले टेबुलको लागि सुनका चार वटा मुन्द्राहरू बनाएर ती चार कुनाहरूमा भएका खुट्टाहरूमा बाँधे।
14
त्यो टेबुल बोक्नलाई चलाइने डण्डाहरूलाई समातिराख्न ती मुन्द्राहरू घेराका छेवैमा राखिए।
15
तिनले टेबुल बोक्नलाई ती डण्डीहरू बबुल काठका बनाए र त्यसलाई सुनले मोहोरे।
16
अनि तिनले टेबुलका निम्ति थालहरू, धुपौराहरू, कचौराहरू र अर्घबलि चढाउनका निम्ति यसका भाँडाहरू सबै निखुर सुनको बनाए।
17
तिनले निखुर सुनको सामदान बनाए। त्यसका आधार र डण्डा, फूलजस्ता कचौराहरू, कोपिला र फूलहरू एउटै टुक्राबाट पिटेर बनाए।
18
तीन वटा एकपट्टि र तीन वटा अर्कोपट्टि गरेर जम्मा सामदानका दुई छेउमा छ वटा हाँगाहरू निस्केका थिए।
19
एउटा हाँगामा कोपिला र फूल भएको बदामको फूलजस्तै आकारका तीन वटा कचौराहरू; अर्को हाँगामा तीन वटा र यसै गरी सामदानबाट निस्केका छ वटै हाँगाहरूमा थिए।
20
अनि सामदानमा कोपिला र कोपिला भएको बदामको फूलको आकारमा चार वटा कचौराहरू थिए।
21
पहिलो कोपिला सामदानबाट निस्केको हाँगाको पहिलो जोडीमुनि थिए—दोस्रो कोपिला दोस्रो जोडीमुनि र तेस्रो कोपिला तेस्रो जोडीमुनि गरेर जम्मा छ वटा हाँगाहरू।
22
ती कोपिलाहरू र हाँगाहरू सामदानसित एउटै टुक्राबाट घनले पिटेको निखुर सुनले बनिएको थियो।
23
तिनले सात वटा दियाहरू बनाए; तिनका चिम्टा र मोसोदानी निखुर सुनका थिए।
24
सामदान र त्यसका सरसामानहरूका निम्ति तिनले एक टालेन्ट निखुर सुन लिए।
25
तिनले धूप बाल्नलाई बबुल काठको एउटा वेदी बनाए। त्यो वर्गाकार थियो; जसको लम्बाइ एक क्यूबिट, चौडाइ एक क्यूबिट र उचाइ दुई क्यूबिट थियो। त्यसका सिङहरू पनि एउटै टुक्राबाट बनेका थिए।
26
तिनले त्यसका टुप्पो र सबै भित्ताहरू र सिङहरूलाई निखुर सुनले मोहोरे; अनि त्यसको चारैतिर सुनको बिट बनाए।
27
त्यसलाई बोक्नका निम्ति तिनले त्यसको बिटमुनि र त्यसको दुई विपरीत भागमा डण्डाहरू बस्ने घरका निम्ति सुनका दुई वटा मुन्द्राहरू बनाए।
28
तिनले बबुल काठका डण्डाहरू बनाए र त्यसलाई सुनले मोहोरे।
29
तिनले अभिषेक गर्ने पवित्र तेल र अत्तर बनाउनेले झैँ सुगन्धित शुद्ध धूप पनि बनाए।
← Chapter 36
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 38 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40