bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Exodus 36
Exodus 36
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 35
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 37 →
1
यसकारण बजलेल, ओहोलीआब र हरेक दक्ष मानिस, जसलाई याहवेहले पवित्रस्थान निर्माण गर्ने काममा दक्षता र क्षमता दिनुभएको छ, तिनीहरू सबैले याहवेहले आज्ञा दिनुभएअनुसार काम गरून्।”
2
तब मोशाले बजलेल, ओहोलीआब अनि याहवेहले काम गर्न क्षमता दिनुभएका र इच्छुक हरेक दक्ष मानिसलाई बोलाइपठाए।
3
तिनीहरूले पवित्रस्थान निर्माणका लागि इस्राएलीहरूले दिएका सबै भेटी मोशाबाट प्राप्त गरे। अनि मानिसहरूले हरेक बिहान स्वेच्छिक भेटीहरू ल्याउने गर्थे।
4
तब पवित्रस्थानमा काम गर्ने सबै दक्ष कामदारहरूले आ-आफ्ना काम छोडे,
5
अनि मोशालाई भने, “याहवेहले आज्ञा गर्नुभएको भन्दा धेरै सरसामानहरू मानिसहरूले ल्याएका छन्।”
6
त्यसपछि मोशाले आदेश गरे, र छाउनीभरि नै सन्देश पठाए: “अब कुनै पुरुष वा स्त्रीले पवित्रस्थानको भेटीका लागि अरू केही नल्याउनू।” यसकारण मानिसहरूले अरू भेटी ल्याउन छोडे।
7
किनकि तिनीहरूले ल्याएका भेटीहरू सबै काम सम्पन्न गर्न चाहिएभन्दा धेरै भयो।
8
कामदारहरूमध्ये दक्ष भएकाहरूले दश वटा पर्दाले समागम पाल बनाए। ती पर्दाहरू मसिनो गरी बाटिएका सुती कपडाका निलो, बैजनी र रातो धागोका, र तिनमा दक्ष शिल्पकारद्वारा बनाइएका करूबहरूसहित समागम पाल थिए।
9
सबै पर्दाहरू एउटै नापका थिए—अट्ठाइस क्यूबिट लम्बाइ र चार क्यूबिट चौडाइ ।
10
तिनीहरूले ती पाँच वटा पर्दाहरू एक-अर्कासित जोडे।
11
त्यसपछि तिनीहरूले पहिलो जोडिएको पर्दाको अन्तिम किनारमा निलो कपडाको सुर्काउनी बनाए। अनि दोस्रो किनारमा जोडिएको भागको अर्को पर्दाको अन्तिम किनारमा पनि पहिलेको जस्तै गरे।
12
तिनीहरूले एउटा भागको पर्दामा पचास वटा सुर्काउनी पनि बनाए। अर्को पर्दाको भागको अन्तिम किनारमा पचास वटा सुर्काउनी बनाए। ती सुर्काउनीहरू एक-अर्काका विपरीत थिए।
13
त्यसपछि तिनीहरूले ती पर्दाहरू एक-आपसमा जोड्नलाई सुनका पचास वटा अङ्कुसेहरू बनाए। यसरी समागम पाल एउटै भयो।
14
समागम पालमाथिको पालको लागि तिनीहरूले बाख्राको भुत्लाबाट एघार वटा पर्दाहरू बनाए।
15
सबै एघार वटा पर्दाहरू एउटै नापका थिए—तीस क्यूबिट लम्बाइ र चार क्यूबिट चौडाइ ।
16
तिनीहरूले पाँच वटा पर्दाहरू जोडेर एउटा भाग र छ वटा पर्दाहरूका जोडेर अर्को भाग बनाए।
17
त्यसपछि तिनीहरूले पहिलो गाँसिएको समूहको किनारमा पचास वटा सुर्काउनीहरू बनाए; अनि अर्को गाँसिएको समूहको पर्दाको किनारमा पनि पचास वटा सुर्काउनीहरू बनाए।
18
ती दुवै पर्दालाई जोडेर एक-आपसमा एउटै बनाउन तिनीहरूले काँसोका पचास वटा अङ्कुसेहरू बनाए।
19
त्यसपछि तिनीहरूले पालको निम्ति भेडाको रातो रङ्गाइएको छालाबाट छत बनाए; र त्यसमाथि सीलका छालाहरूबाट छत बनाए।
20
तिनीहरूले समागम पालका निम्ति बबुल काठको ठाडो फल्याकहरू बनाए।
21
प्रत्येक फल्याकका लम्बाइ दश क्यूबिट र चौडाइ डेढ क्यूबिट थियो।
22
त्यसमा एक-अर्कामा समानान्तर रहेका दुई वटा चोसाहरू थिए। समागम पालका सबै फल्याकहरू यस किसिमले नै बनाए।
23
तिनीहरूले समागम पालको दक्षिणपट्टिका लागि बीस वटा फल्याकहरू बनाए।
24
अनि ती फल्याकहरूका मुन्तिर चालीस वटा चाँदीका आधारहरू बनाए—एउटा फल्याकको लागि दुई वटा आधारहरू, प्रत्येक चोसाको मुनि एउटा।
25
अर्कोपट्टि, समागम पालको उत्तरपट्टि बीस वटा फल्याकहरू,
26
अनि तिनको निम्ति दुई वटा आधार गरेर तिनीहरूले चाँदीका चालीस वटा आधारहरू बनाए।
27
तिनीहरूले पछिल्तिरको भाग, जो समागम पालको पश्चिमतिरको भाग हो, त्यसका लागि छ वटा फल्याकहरू बनाए।
28
अनि अन्तिम भागमा भएका समागम पालका कुनाहरूका लागि दुई वटा फल्याकहरू बनाइए।
29
ती कुनाका दुई फल्याकहरू तलदेखि माथिसम्म दोबर खप्टिएका र माथिल्लो भागमा कुनाका फल्याकहरू एउटै मुन्द्रामा जोडिएका थिए। ती दुवै एकै किसिमले बनेका थिए।
30
यसरी त्यहाँ पछाडिपट्टि आठ वटा फल्याकहरू र एउटाको मुन्तिर दुई वटा गरी चाँदीका सोह्र वटा आधारहरू थिए।
31
तिनीहरूले बबुल काठका बारहरू र समागम पालको एकापट्टि पाँच वटा फल्याकहरू पनि बनाए।
32
अनि अर्कोपट्टिका फल्याकहरूका लागि पाँच वटा बार र समागम पालको पश्चिमका अन्तिम भागका फल्याकहरूको लागि पाँच वटा बारहरू लगाए।
33
तिनीहरूले फल्याकहरूको बीचमा पर्ने बारचाहिँ एक छेउदेखि अर्को छेउसम्म पुग्ने बनाए।
34
तिनीहरूले सबै फल्याकहरू सुनले मोहोरे, र बारहरू पक्रनका लागि सुनका मुन्द्राहरू बनाए। ती बारहरू पनि सुनले नै मोहोरे।
35
तिनीहरूले निलो, बैजनी, रातो धागो र मसिनो गरी बाटेको सुती कपडाको एउटा पर्दा बनाए; जसमा निपूर्ण शिल्पकारद्वारा बनाइएका करूबहरू थिए।
36
तिनीहरूले त्यसका लागि बबुल काठका चार वटा खाँबाहरू बनाए; अनि तिनलाई सुनले मोहोरे। तिनीहरूले सुनका अङ्कुसेहरू बनाए; र चाँदीका चार वटा आधारहरू ढाले।
37
तिनीहरूले पाल प्रवेशद्वारका लागि निलो, बैजनी, रातो रङ्गको धागो र मसिनो गरी बाटेको सुती कपडाले शिल्पकारको शिल्पकारी भएको एउटा पर्दा बनाए;
38
अनि तिनीहरूले पाँच वटा खाँबाहरूसहित अङ्कुसेहरू पनि बनाए। तिनीहरूले खाँबोका टुप्पाहरू र तिनका फित्ताहरू सुनले मोहोरे, र तिनका पाँच वटा काँसोका आधारहरू बनाए।
← Chapter 35
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 37 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40