bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Exodus 22
Exodus 22
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 21
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 23 →
1
“यदि कसैले गोरु वा भेडा चोरेर त्यसलाई मार्छ वा बिक्री गर्छ भने त्यसले त्यस गोरुको सट्टा पाँच गोरु र त्यस भेडाको सट्टा चार वटा भेडा देओस्।
2
“यदि कुनै चोर घर फोर्दै गर्दा फेला पर्यो, र त्यसलाई हिर्काउँदा मर्यो भने त्यस मानिसको रगतको दोष कसैलाई लाग्नेछैन;
3
तर यदि यस्तो घटना घाम झुल्केपछि भएको हो भने हिर्काउने मानिसलाई रगतको दोष लाग्नेछ। “चोरले क्षतिपूर्ति तिर्नैपर्छ; तर यदि त्यससित केही छैन भने त्यसले चोरी गरेको बदलामा त्यसैलाई बेचेर मूल्य चुकाइयोस्।
4
यदि चोरिएको पशु त्यससित जिउँदै पाइयो भने—चाहे त्यो गोरु अथवा गधा अथवा भेडा जेसुकै होस्—त्यसले दोबर मूल्य फर्काउनुपर्छ।
5
“यदि कुनै मानिसले आफ्नो पशु खेतमा अथवा दाखबारीमा चर्न खुला छोडिदियो, र त्यो अर्काको खेतमा गएर चर्यो भने त्यसले आफ्नो खेतबारी अथवा दाखबारीको सबैभन्दा असल उब्जनीबाट त्यसको क्षतिपूर्तिस्वरूप दिनुपर्छ।
6
“यदि कसैले काँडाघारीमा आगो लगाउँदा त्यो फैलिँदै गएर अन्न थुपारेर राखेको ठाउँ, खेतको अन्न अथवा सम्पूर्ण खेत सखाप गरिदियो भने आगो लगाउने व्यक्ति जो हो, त्यसैले क्षतिपूर्ति तिरिदिनैपर्छ।
7
“कुनै मानिसले आफ्नो छिमेकीलाई रकम अथवा सर-सामान सुरक्षापूर्वक राख्नलाई दियो, तर छिमेकीको घरबाट ती कुराहरू चोरी भयो भने र चोर पक्राउ परेको खण्डमा त्यसले दोबर क्षतिपूर्ति तिर्नुपर्छ।
8
तर त्यो चोर पक्राउ परेन भने त्यस घरको मालिक नै त्यस मानिसको सम्पत्तिमा हात लगायो कि भनेर निर्णय गरिनका लागि न्यायकर्ताहरूका सामु ल्याइयोस्।
9
गोरु, गधा, भेडा, लुगा अथवा कसैले ‘यो मेरो हो’ भनेका कुनै पनि किसिमको सम्पत्ति कसैकहाँ अवैध रूपमा पाइयो भने यस्ता सबै मुद्दा दुवै पक्षले न्यायकर्ताहरूको सामु ल्याऊन्। जसलाई न्यायकर्ताले दोषी ठहर्याउँछन्, त्यसले नै आफ्नो छिमेकीलाई दोबर क्षतिपूर्ति तिरोस्।
10
“यदि कुनै मानिसले गधा, गोरु, भेडा अथवा अरू पशु आफ्नो छिमेकीलाई सुरक्षाको निम्ति राख्न दिएको छ; र त्यो पशुको मृत्यु भयो अथवा त्यसलाई चोट लाग्यो अथवा कसैको ध्यान नपुगेको बेला कसैले लगिदियो भने,
11
दुई बीचको यो विषय त्यस छिमेकीले अर्को मानिसको सम्पत्तिमा आफ्नो हात लगाएको छैन भनेर याहवेहको सामु शपथ खाएर मिलाउनुपर्छ। त्यस मालिकले त्यो स्वीकार गरोस्, तब त्यसले क्षतिपूर्ति तिर्नुपर्दैन।
12
तर यदि त्यो पशु त्यही छिमेकीबाट नै चोरिएको हो भने त त्यसले त्यसको धनीलाई क्षतिपूर्ति तिर्नुपर्छ।
13
यदि त्यसलाई कुनै जङ्गली जनावरले टुक्रा-टुक्रा पारेको छ भने त्यसले ती बाँकी रहेका अङ्गहरू प्रमाणको लागि ल्याओस्, र त्यसले टुक्रा-टुक्रा पारिएको पशुको मोल तिर्नुपर्दैन।
14
“यदि कुनै मानिसले आफ्नो छिमेकीबाट पशु सापटी लियो, र मालिक नभएको बेलामा त्यसलाई चोट लाग्यो अथवा त्यो मर्यो भने त्यसैले नै क्षतिपूर्ति तिर्नुपर्छ।
15
तर पशु मालिकसितै छ भने सापटी लानेले त्यसलाई क्षतिपूर्ति तिर्नुपर्दैन। यदि त्यो पशु भाडामा लिइएको थियो भने भाडाको त्यस रकमले त्यसैको नोक्सानी बेहोर्छ।
16
“यदि कुनै मानिसले विवाह गर्नलाई मगनी नभएकी कन्यालाई ललाइ-फकाइ गरी त्यससित कुकर्म गर्यो भने त्यसले दुलहीको मूल्य तिर्नुपर्छ; तब त्यो त्यसकी पत्नी हुनेछ।
17
यदि त्यसका बुबाले त्यसलाई दिन पटक्कै मानेनन् भने कन्याको मोलअनुसार त्यस मानिसले दुलहीको मूल्य तिर्नैपर्छ।
18
“तन्त्रमन्त्र गर्ने स्त्रीलाई जीवित रहन नदिनू।
19
“जसले पशुसित कुकर्म गर्छ, त्यो मारिनैपर्छ।
20
“जसले याहवेहबाहेक अरू देवी-देवताहरूलाई बलिदान चढाउँछ, त्यसलाई नाश पारिनुपर्छ।
21
“तैँले कुनै प्रवासीसित दुर्व्यवहार नगर्नू अथवा त्यसलाई नसताऊनू; किनकि तिमीहरू पनि इजिप्टमा प्रवासी थियौ।
22
“तिमीहरूले विधवा वा अनाथलाई शोषण नगर्नू।
23
यदि तिमीहरूले यसो गर्यौ, र तिनीहरूले मेरो पुकार गरे भने म निश्चय तिनीहरूका पुकार सुन्नेछु।
24
अनि मेरो क्रोध दन्कनेछ, र म तिमीहरूलाई तरवारले मार्नेछु; अनि तिमीहरूका पत्नीहरू विधवा हुनेछन् र तिमीहरूका छोराछोरी अनाथ हुनेछन्।
25
“यदि तिमीहरूले अभावमा भएका मेरा मानिसलाई आफूसित भएका रकम ऋण दियौ भने साहुकारजस्ता नहुनू; न त त्यससित ब्याज नै लिनू।
26
यदि तिमीहरूले आफ्नो छिमेकीको लुगा बन्धकको रूपमा लिएका छौ भने सूर्यास्त हुनु पहिल्यै त्यो त्यसलाई फर्काइदिनू;
27
किनकि आफ्नो शरीर ढाक्नलाई त्यससित एक जोर लुगा मात्र छ। तब त्यसले के ओढेर सुत्ला? जब त्यसले मेरो पुकार गर्छ, तब म सुन्नेछु; किनकि म दयालु छु।
28
“तैँले ईश्वरनिन्दा नगर्नू, न त आफ्ना मानिसहरूका शासकलाई सराप्नू।
29
“तिमीहरूका ढुकुटी अथवा भाँडोबाट दिनुपर्ने भेटी अर्पण गर्न ढिला नगर्नू। “तिमीहरूले आफ्ना छोराहरूमध्येबाट जेठाचाहिँ मलाई दिनू।
30
तिमीहरूका गाईबस्तु र भेडाबाख्राहरूबाट पनि त्यस्तै गर्नू। तिनीहरूलाई आफ्ना आमासित सात दिन बस्न देओ; तर आठौँ दिन ती मलाई दिनू।
31
“तिमीहरू मेरा निम्ति पवित्र जाति हौ। यसकारण जङ्गली जन्तुहरूले चिथोरेको पशुको मासु नखानू; त्यसलाई कुकुरहरूका निम्ति फालिदिनू।
← Chapter 21
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 23 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40