bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Exodus 18
Exodus 18
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 17
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 19 →
1
मिद्यानका पुजारी, मोशाका ससुरा यित्रोले मोशा र आफ्नो प्रजा इस्राएलका निम्ति परमेश्वरले गर्नुभएका सबै कुरा, र याहवेहले इस्राएलीहरूलाई इजिप्टबाट कसरी बाहिर निकालेर ल्याउनुभएको कुरा सुने।
2
मोशाले आफ्नी पत्नी सिप्पोरालाई माइत पठाएपछि यित्रोले आफ्नी छोरी सिप्पोरा,
3
र तिनका दुई जना छोरालाई लिए। मोशाले एउटा छोराको नाम गेर्शोम राखेका थिए; किनकि तिनले “म परदेशमा प्रवासी भएको छु” भनेका थिए;
4
अनि अर्कोचाहिँको नाम एलीएजर राखिएको थियो; किनकि तिनले भने, “मेरा पिताका परमेश्वर मेरो सहायक हुनुहुन्छ; उहाँले मलाई फारोको तरवारबाट बचाउनुभयो।”
5
मोशाका ससुरा यित्रो तिनका दुई जना छोरा र तिनकी पत्नीसँग उजाडस्थानमा मोशाकहाँ आए, जहाँ तिनले परमेश्वरको पर्वत नजिक पाल टाँगेर बसेका थिए।
6
यित्रोले मोशाकहाँ “म, तिम्रो ससुरा यित्रो, तिम्री पत्नी र तिम्रा दुई छोरासित तिमीकहाँ आउँदैछौँ” भनेर खबर पठाएका थिए।
7
यसकारण मोशा आफ्ना ससुरालाई भेट्न बाहिर निस्के, र तिनलाई भेटेर दण्डवत् गरे; अनि म्वाइँ खाए। तिनीहरू एक-अर्कालाई हालखबर सोधेर पालभित्र गए।
8
इस्राएलीहरूका निम्ति याहवेहले फारो र इजिप्टियनहरूलाई जे-जे गर्नुभएको थियो, ती सबै कुराहरू, साथै बाटोमा तिनीहरूमाथि के कस्ता कष्टहरू आइपरेका थिए, र याहवेहले तिनीहरूलाई कसरी छुटाउनुभएको थियो, ती सबै मोशाले आफ्ना ससुरोलाई बताए।
9
याहवेहले इस्राएलीहरूलाई इजिप्टियनहरूका हातबाट छुटाउन तिनीहरूका निम्ति कस्ता-कस्ता असल कुराहरू गर्नुभएको थियो, ती सुनेर यित्रो खुशी भए।
10
अनि यित्रोले भने, “याहवेहको प्रशंसा होस्, जसले तिमीहरूलाई इजिप्टियनहरू र फारोका हातबाट छुटाउनुभयो, जसले मानिसहरूलाई इजिप्टियनहरूका हातबाट छुटाउनुभयो।
11
अब मलाई थाहा भयो कि याहवेह अरू सबै देवी-देवताहरूभन्दा महान् हुनुहुन्छ; किनकि उहाँले इस्राएलीहरूसित अभिमानी व्यवहार गर्नेलाई यस्तो व्यवहार गर्नुभयो।”
12
तब मोशाका ससुरा यित्रोले याहवेहका निम्ति होमबलि र अरू बलिदानहरू ल्याए; अनि हारून र इस्राएलका सबै प्रधानहरू परमेश्वरको सामु मोशाका ससुरासित रोटी खान आए।
13
भोलिपल्ट मोशा मानिसहरूको न्याय गर्नलाई बसे; अनि बिहानदेखि बेलुकासम्म मानिसहरू मोशाको वरिपरि उभिरहे।
14
मोशाले मानिसहरूका लागि गरिरहेका सबै काम देखेपछि तिनका ससुराले भने, “तिमीले मानिसहरूका लागि यो के गरिरहेका छौ? यी मानिसहरू बिहानदेखि बेलुकीसम्म तिम्रो वरिपरि उभिरहन्छन्, तिमी एकलै मात्र किन न्यायकर्ता भएर बसिरहन्छौ?”
15
मोशाले आफ्ना ससुरालाई भने, “किनकि मानिसहरू परमेश्वरको इच्छा खोज्न मकहाँ आउँछन्।
16
जब तिनीहरूको बीचमा विवाद हुन्छ, तब त्यसलाई मकहाँ ल्याउँछन्, र मैले दुवै पक्षका बीचमा निर्णय गरेर तिनीहरूलाई परमेश्वरको उर्दी र उहाँका व्यवस्थाहरू बताइदिन्छु।”
17
मोशाका ससुराले तिनलाई भने, “तिमीले जे गर्दैछौ, त्यो ठिक छैन।
18
पक्कै पनि तिमी र तिमीसित हुने यी मानिसहरू एकदम थाक्नेछौ; यो काम तिम्रो निम्ति अति गाह्रो छ; र तिमी एकलैले यो गर्न सक्दैनौ।
19
अब मेरो कुरा सुन, र म तिमीलाई केही सल्लाह दिनेछु, र परमेश्वर तिमीसित रहून्। तिमी परमेश्वरको सामु मानिसहरूका प्रतिनिधि भएर तिनीहरूका विवादहरू उहाँकहाँ लैजाऊ।
20
तिनीहरूलाई उर्दी र व्यवस्थाहरू सिकाऊ, र तिनीहरूलाई जिउने तरिका र पालना गर्नुपर्ने कर्तव्य देखाइदेऊ।
21
यसकासाथै यस्ता मानिसहरूलाई चुन, जो सबै मानिसहरूमध्येबाट सक्षम अर्थात् परमेश्वरको डर मान्ने विश्वासयोग्य मानिसहरू जसले बेइमानीसित लाभ लिन घृणा गर्छन्। तिनीहरूलाई हजार-हजार, सय-सय, पचास-पचास र दश-दश जनामाथि अगुवा नियुक्त गर।
22
हरेक समय मानिसहरूमाथि तिनीहरूले न्यायकर्ता भएर सेवा गरून्; तर तिनीहरूले हरेक गाह्रो मुद्दाचाहिँ तिम्रो सामु ल्याऊन्; साना-साना मुद्दाहरूको निर्णयचाहिँ तिनीहरूले नै गरून्। यसो गर्दा तिम्रो भार हलुका हुनेछ, र तिनीहरूले तिमीसित भार उठाउनेछन्।
23
तिमीले यसो गर्यौ भने, र परमेश्वरले यस्तै आज्ञा दिनुभयो भने तिम्रो भार हलुका हुनेछ, र यी मानिसहरू शान्तिसाथ आफ्नो घरमा फर्कनेछन्।”
24
मोशाले आफ्ना ससुराको कुरा सुने, र तिनले भनेका हरेक कुरा गरे।
25
तब मोशाले इस्राएलबाट सक्षम मानिसहरूलाई चुने, र तिनीहरूलाई मानिसहरूमाथि अगुवा अर्थात् हजार-हजार, सय-सय, दश-दश जनामाथि अधिकारीहरू तुल्याइदिए।
26
तिनीहरूले हर समय मानिसहरूमाथि न्यायकर्ताको रूपमा सेवा गर्थे। कठिन मुद्दाहरू तिनीहरूले मोशाकहाँ ल्याउँथे, तर हरेक स-साना मुद्दाहरूको फैसला तिनीहरू आफूले नै गर्थे।
27
तब मोशाले आफ्ना ससुरालाई बिदा गरे; अनि यित्रो आफ्नो देशको बाटो लागे।
← Chapter 17
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 19 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40