bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Exodus 39
Exodus 39
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 38
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 40 →
1
तिनीहरूले पवित्रस्थानका सेवाका निम्ति निलो, बैजनी र रातो धागोले बुनेका पोशाकहरू बनाए। याहवेहले मोशालाई आज्ञा गर्नुभएझैँ तिनीहरूले हारूनका निम्ति पनि पवित्र पोशाकहरू बनाए।
2
तिनीहरूले एपोदचाहिँ सुन, निलो, बैजनी, रातो रङ्गको धागो र मसिनो गरी बाटेको सुती कपडाको बनाए।
3
तिनीहरूले सुनलाई पिटेर पातलो पाताबाट स-साना डोरीहरू बनाए; अनि त्यसलाई निलो, बैजनी, रातो रङ्गको धागो र मसिनो सुती कपडामा जडे, जुनचाहिँ निपूर्ण कारिगरको हातको काम थियो।
4
एपोदका निम्ति तिनीहरूले दुई वटा काँधे-जोर्नीहरू बनाए; अनि त्यसलाई बाँध्नका निम्ति त्यसका छेउमा लगाइदिए।
5
याहवेहले मोशालाई आज्ञा गर्नुभएबमोजिम सिपालु गरी बुनेको पटुका एपोदसँग एकै प्रकारका सामग्रीहरूबाट बनिएको थियो: सुन, निलो, बैजनी, रातो रङ्गको धागो र मसिनो गरी बाटेको सुती कपडाको थियो।
6
तिनीहरूले आनिक्स पत्थरहरू सुनका मणिघरहरूमा जडे, र छापमा झैँ इस्राएलका छोराहरूका नाम त्यसमा खोपे।
7
याहवेहले मोशालाई आज्ञा गर्नुभएझैँ तिनीहरूले ती पत्थरहरू सम्झनाका निम्ति इस्राएलका छोराहरूका एपोदका काँधे-जोर्नीहरूमा लगाए।
8
सिपले निपूर्ण मानिसलेझैँ तिनीहरूले छाती-पाता बनाए। सुन, निलो, बैजनी, रातो रङ्गको धागो र मसिनो गरी बाटेको सुती कपडाबाट तिनीहरूले त्यो एपोदजस्तै बनाए।
9
त्यो वर्गाकार, एक बित्ता लामो र एक बित्ता चौडा, अनि दोबारेर पट्ट्याइएको थियो।
10
तब तिनीहरूले त्यसका चार पङ्क्तिमा बहुमूल्य पत्थरहरू जडे। पहिलो पङ्क्तिमा माणिक, पुष्पराज र पन्ना;
11
दोस्रो पङ्क्तिमा फिरोजा, नीलमणि र हीरा;
12
तेस्रो पङ्क्तिमा धूम्रकान्त, सूर्यकान्त र नीलमणि;
13
अनि चौथो पङ्क्तिमा फिरोज, गोमेद र स्फटिक थिए। ती सुनको मणिघरहरूमा जडिएका थिए।
14
बाह्र पत्थरहरूमा इस्राएलका बाह्र कुलहरू जनाउन प्रत्येकमा छापमा खोपेझैँ एक-एक गरी इस्राएलका छोराहरूका नाम थिए।
15
छाती-पाताको निम्ति तिनीहरूले डोरीजस्तो बाटेको निखुर सुनका सिक्रीहरू बनाए।
16
तिनीहरूले सुनका दुई वटा मणिघरहरू र दुई वटा मुन्द्राहरू बनाए; अनि ती दुवै मुन्द्राहरूलाई छाती-पाताको दुई कुनामा लगाए।
17
तिनीहरूले बनाएका ती सुनका दुई सिक्रीहरूलाई छाती-पाताको कुनामा भएका मुन्द्राहरूमा लगाए,
18
अनि सिक्रीका अरू छेउहरूलाई अगिल्तिर भएको एपोदका काँधे-जोर्नीहरूका अगाडिपट्टि मिलाएर दुवैलाई सुनका मणिघरहरूमा लगाए।
19
तिनीहरूले सुनका दुई वटा मुन्द्रा बनाएर छाती-पाताको अर्को दुई किनारमा एपोदको भित्री भागमा लगाए।
20
तब तिनीहरूले सुनका अरू दुई वटा मुन्द्राहरू बनाए, र दुवै काँधे-जोर्नीहरूका मुनि एपोदको अगाडिपट्टि पटुकाको ठिक माथि सिउनीनिर लगाए।
21
याहवेहले मोशालाई आज्ञा गर्नुभएझैँ तिनीहरूले छाती-पाताका मुन्द्राहरूलाई निलो धागोले बाँधे, ताकि त्यो एपोदबाट सर्न नसकोस्।
22
तिनीहरूले एपोदको अलखा सबै निलो रङ्गले बुनेको कपडाको बनाए।
23
त्यसको बीचमा कठालोको प्वालजस्तो अलखाको प्वाल बनाए, र वरिपरि बिट बुनिदिए, ताकि त्यो नफाटोस्।
24
त्यसको तल्लो फेरोमा तिनीहरूले निलो, बैजनी, र रातो धागो र मसिनो गरी बाटेको सुती कपडाको दारिमहरू बनाए।
25
तिनीहरूले निखुर सुनका घण्टीहरू बनाए, र ती अलखाको फेरोको वरिपरि र दारिमहरूको बीचमा लगाए।
26
याहवेहले मोशालाई आज्ञा गर्नुभएझैँ तिनीहरूले सेवा गर्दा लगाउनका निम्ति ती सुनका घण्टीहरू अलखाको फेरो र दारिमहरूको वरिपरि लगाए।
27
तिनीहरूले हारून र तिनका छोराहरूका निम्ति मसिनो सुती कपडाका लवेदाहरू
28
अनि मसिनो सुती कपडाका फेटा, टोपीहरू र सुती कपडाकै भित्री वस्त्रहरू पनि बनाए।
29
त्यसै गरी याहवेहले मोशालाई आज्ञा गर्नुभएबमोजिम तिनीहरूले शिल्पकारीले झैँ मसिनो गरी बाटेको सुतीको कपडा, निलो, बैजनी र रातो रङ्गको बुट्टेदार भएको पटुका बनाए।
30
तिनीहरूले पाता, अर्थात् निखुर सुनले पवित्र मुकुट बनाए, र छापको खोपझैँ यी कुरा खोपे: याहवेहका निम्ति पवित्र।
31
तब याहवेहले मोशालाई आज्ञा गर्नुभएबमोजिम तिनीहरूले त्यस पातालाई निलो डोरीले फेटामा लगाउनलाई बाँधे।
32
यसरी भेट हुने पाल, अर्थात् समागम पालको सम्पूर्ण कार्य सकियो। याहवेहले मोशालाई जस्तो आज्ञा गर्नुभएको थियो, त्यस्तै इस्राएलीहरूले गरे।
33
तब तिनीहरूले मोशाकहाँ समागम पाल ल्याए: पाल र त्यसका सबै सरसामानहरू, त्यसका अङ्कुसेहरू, फल्याकहरू, तेर्सो बारहरू, खाँबाहरू र आधारहरू;
34
रातो रङ्गले रङ्गाएका भेडाका छालाहरू र पर्दाहरू ढाक्नका निम्ति सीलका छालाहरू, छेक्ने पर्दा;
35
करारको सन्दुक, त्यसका डण्डाहरू र पाप समाधान-स्थान;
36
टेबुल र त्यसका सबै सरसामानहरू र उपस्थितिको रोटी;
37
निखुर सुनको सामदान, त्यसका दियाहरू, सबै सरसामानहरू अनि प्रकाशको निम्ति जैतुनको तेल;
38
सुनको वेदी, अभिषेक गर्ने तेल, सुगन्धित धूप र पालको ढोकाको निम्ति पर्दा;
39
काँसोका वेदी, त्यसको जाली, डण्डाहरू र सबै सामानहरू; हात धुने बाटा र त्यसका आसन;
40
आँगनका पर्दाहरू, त्यसका खाँबाहरू, त्यसका आधारहरू र आँगनको ढोकाको निम्ति पर्दाहरू; आँगनका निम्ति डोरीहरू र किलाहरू; समागम पालको भेट हुने पालको निम्ति सबै सरसामानहरू;
41
अनि पवित्रस्थानमा सेवाको निम्ति बुनिएका पोशाकहरू, पुजारी हारूनका निम्ति पवित्र पोशाकहरू र पुजारीकै पदमा रही सेवा गर्नका निम्ति हारूनका छोराहरूका पोशाकहरू।
42
याहवेहले मोशालाई आज्ञा गर्नुभएअनुसार इस्राएलीहरूले सबै काम गरे।
43
मोशाले सबै काम हेरे; अनि ती काम याहवेहले आज्ञा गर्नुभएअनुसार थिए। त्यसकारण मोशाले तिनीहरूलाई आशिष् दिए।
← Chapter 38
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 40 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40