bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Exodus 3
Exodus 3
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 4 →
1
मोशाले आफ्ना ससुरा मिद्यानका पुजारी यित्रोका भेडाबाख्रा चराउँथे। अनि आफ्नो बगाललाई उजाडस्थानको पल्लो छेउतिर लगे; अनि तिनी परमेश्वरको पर्वत होरेबमा आए।
2
त्यहाँ याहवेहका दूत पोथ्राको माझमा जलिरहेको ज्वालाको रूपमा तिनीकहाँ देखा पर्नुभयो। मोशाले देखे, कि त्यो पोथ्रा जलिरहेको थियो; तापनि भस्म भएको थिएन।
3
अनि मोशाले मनमनै सोचे, “यो अनौठो दृश्य म त्यहीँ गएर हेर्नेछु—त्यो पोथ्रा किन भस्म भएको छैन।”
4
जब याहवेहले तिनले हेर्न गएको देख्नुभयो, तब परमेश्वरले त्यस पोथ्राभित्रबाट तिनलाई बोलाएर भन्नुभयो, “मोशा! ए मोशा!” अनि मोशाले भने, “हजुर, म यहाँ छु।”
5
परमेश्वरले भन्नुभयो, “यता नजिक नआइज! तेरो जुत्ता फुकाल; किनकि तँ उभिएको ठाउँ पवित्र भूमि हो।”
6
तब उहाँले भन्नुभयो, “म तेरा पितापुर्खाका परमेश्वर हुँ; अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर र याकोबका परमेश्वर।” यो सुनेर मोशाले आफ्नो अनुहार छोपे; किनकि तिनी परमेश्वरलाई हेर्न डराए।
7
याहवेहले भन्नुभयो, “मैले इजिप्टमा भएका मेरा प्रजाका कष्ट साँच्चै देखेको छु। परिश्रममा जोतिएकाहरूलाई यातना दिने ठेकेदारहरूका कारण मैले तिनीहरूको चीत्कार सुनेको छु; र तिनीहरूका दुःखप्रति मेरो वास्ता छ।
8
यसकारण म तिनीहरूलाई इजिप्टियनहरूका हातबाट छुटाउन, र त्यस देशबाट निकालेर एउटा असल र ठूलो देश, दूध र मह बग्ने, जो कनानी, हित्ती, एमोरी, परिज्जी, हिव्वी र यबूसीहरूको देश हो, त्यहाँ ल्याउनलाई म ओर्लिएको छु।
9
अब इस्राएलीहरूको चीत्कार मेरो सामु आइपुगेको छ; अनि इजिप्टियनहरूले कसरी तिनीहरूलाई सताइरहेका छन्, त्यो मैले देखेको छु।
10
यसकारण अब जा। म मेरा मानिसहरू अर्थात् इस्राएलीहरूलाई इजिप्टबाट बाहिर ल्याउन तँलाई फारोकहाँ पठाउँदैछु।”
11
तर मोशाले परमेश्वरलाई भने, “फारोकहाँ गएर इस्राएलीहरूलाई इजिप्टबाट बाहिर निकालेर ल्याउने म को हुँ र?”
12
तब परमेश्वरले भन्नुभयो, “म तेरो साथमा हुनेछु। तँलाई पठाउने म नै हुँ भनी देखाउने अद्भुत चिन्ह यो हुनेछ: जब तैँले ती मानिसहरूलाई इजिप्टबाट बाहिर निकालेर ल्याउनेछस्, तब तिमीहरूले यस पर्वतमा परमेश्वरको आराधना गर्नेछौ।”
13
मोशाले परमेश्वरलाई भने, “यदि मैले गएर इस्राएलीहरूलाई ‘तिमीहरूका पितापुर्खाहरूका परमेश्वरले मलाई तिमीहरूकहाँ पठाउनुभएको हो’ भनुँला, र तिनीहरूले मलाई ‘उहाँको नाम के हो?’ भनी सोध्लान्, तब म तिनीहरूलाई त्यस बेला के भनूँ?”
14
परमेश्वरले मोशालाई भन्नुभयो, “म हुँ, जो म हुँ। तैँले इस्राएलीहरूलाई भन्नू: ‘म हुँ भन्नेले नै मलाई तिमीहरूकहाँ पठाउनुभएको हो।’ ”
15
परमेश्वरले मोशालाई यसो पनि भन्नुभयो, “इस्राएलीहरूलाई भन्नू, ‘तिमीहरूका पितापुर्खाहरूका याहवेह परमेश्वर—अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर र याकोबका परमेश्वरले—मलाई तिमीहरूकहाँ पठाउनुभएको हो।’ “मेरो नाम सदा यही रहन्छ, र सबै पुस्तासम्म मेरो नामको सम्झना यही हुनेछ।
16
“जा, इस्राएलका प्रधानहरूलाई जम्मा गरेर तिनीहरूलाई भन्, ‘याहवेह तिमीहरूका पितापुर्खाहरूका परमेश्वर—अब्राहाम, इसहाक र याकोबका परमेश्वर—मकहाँ देखा परेर भन्नुभयो: मैले तिमीहरूमाथि दृष्टि लगाएको छु र तिनीहरूले तिमीहरूलाई इजिप्टमा के-के गरे, सो देखेको छु।
17
मैले तिमीहरूलाई इजिप्टको दुःखबाट बाहिर निकालेर कनानी, हित्ती, एमोरी, परिज्जी, हिव्वी र यबूसीहरूको देशमा ल्याउनलाई प्रतिज्ञा गरेको छु—जुन दूध र मह बग्ने देश हो।’
18
“इस्राएलका प्रधानहरूले तेरो कुरा सुन्नेछन्। तब तँ र प्रधानहरू इजिप्टका राजाकहाँ गएर यसो भन्नू: ‘याहवेह, हिब्रूहरूका परमेश्वरले हामीसित भेट गर्नुभयो। हामीलाई तीन दिनको बाटो उजाडस्थानमा गएर याहवेह हाम्रा परमेश्वरकहाँ बलिदान चढाउन जान दिनुहोस्।’
19
तर म जान्दछु, शक्तिशाली हातले त्यसलाई बाध्य नगराएसम्म इजिप्टको राजाले तिमीहरूलाई जान दिनेछैन।
20
यसकारण म आफ्नो हात पसारेर इजिप्टियनहरूका बीचमा सबै अद्भुत कार्यहरू गरेर तिनीहरूलाई प्रहार गर्नेछु। त्यसपछि त्यसले तिमीहरूलाई जान दिनेछ।
21
“म इजिप्टियनहरूलाई यस जातिप्रति कृपा राख्ने बनाउनेछु, र तिमीहरू निस्कँदा खाली हात निस्कनेछैनौ।
22
हरेक स्त्रीले आफ्ना छिमेकीसित र उसको घरमा बसेकी कुनै पनि स्त्रीसित सुन र चाँदीका चीजहरू, र लुगाफाटाहरू मागेर ती तिमीहरूका छोराछोरीहरूलाई लगाइदिनेछौ। यसरी तिमीहरूले इजिप्टियनहरूलाई लुट्नेछौ।”
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 4 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40