bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Exodus 27
Exodus 27
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 26
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 28 →
1
“तैँले बबुल काठको तीन क्यूबिट अग्लो एउटा वेदी बनाउनू; त्यो पाँच क्यूबिट लामो र पाँच क्यूबिट चौडा भएको वर्गाकार होस्।
2
चार कुनामा एक-एक वटा सिङ बनाउनू, ताकि सिङहरू र वेदी एउटै टुक्राको होस्; अनि वेदीलाई काँसोले मोहोर्नू।
3
त्यसका सबै भाँडाहरू काँसाको बनाउनू—त्यसका खरानी उठाउने भाँडाहरू र त्यसका बेल्चाहरू, पानी छर्कने बाटाहरू, मासुको लागि काँटाहरू र आगो राख्ने पात्रहरू।
4
त्यसका लागि काँसोको जालीबाट एउटा झिँजा बनाउनू, र जालीका चारै कुनामा एक-एक वटा काँसाका मुन्द्राहरू बनाउनू।
5
त्यसलाई वेदीको मुन्तिर यस प्रकारले लगाउनु कि त्यो वेदीको आधा भागसम्म आओस्।
6
वेदीका निम्ति बबुल काठका डण्डाहरू बनाएर तिनीहरूलाई काँसोले मोहोर्नू।
7
ती डण्डाहरूलाई मुन्द्राहरूमा यस्तो किसिमले छिराउनू कि वेदीलाई बोक्दा तिनीहरू वेदीका दुई छेउमा होऊन्।
8
फल्याकहरूसित तैँले त्यसलाई खोक्रो गरी बनाउनू। यो तँलाई पर्वतमा देखाइदिएजस्तै गरी बनाउनू।
9
“समागम पालको लागि एउटा आँगन बनाउनू। त्यसको दक्षिणी भाग एक सय क्यूबिट लामो बनाउनू र त्यसमा मसिनो गरी बाटेको सुती कपडाको पर्दा बनाउनू।
10
त्यस पर्दाका लागि बीस वटा खम्बा र काँसाका बीस वटा आधारहरू बनाउनू; अनि ती खम्बाहरूमा चाँदीका अङ्कुसेहरू र फित्ताहरू हुनुपर्छ।
11
उत्तरको भाग पनि एक सय क्यूबिट लामो र त्यसमा पर्दाहरू हुनुपर्छ; अनि ती पर्दाहरूका लागि बीस वटा खम्बाहरू र काँसाका बीस वटा आधारहरू र ती खम्बाहरूमा चाँदीका अङ्कुसे र फित्ताहरू हुनुपर्छ।
12
“आँगनको पश्चिमी भागका पर्दाहरू पचास क्यूबिट चौडा हुनुपर्छ। त्यसमा दश वटा खम्बाहरू र दश वटा आधारहरू हुनुपर्छ।
13
पूर्वतिर, सूर्योदयतर्फ पनि पचास क्यूबिट चौडा हुनुपर्छ।
14
मूलढोकाको एकापट्टिका पर्दाहरू पन्ध्र क्यूबिट लामा हुनुपर्छ; जसका तीन वटा खम्बाहरू र तीन वटा आधारहरू हुनुपर्छ,
15
अनि तीन वटा खम्बाहरू र तीन वटा आधार भएका पन्ध्र क्यूबिट लामा पर्दाहरू अर्कोतिर होऊन्।
16
“आँगनको प्रवेशद्वारका लागि चार वटा खम्बाहरू र चार वटा आधारहरू भएका, निलो, बैजनी, रातो रङ्गको धागो र मसिनो बाटेको सुती कपडामा बुट्टा भर्नेको शिल्पकारी भएको बीस क्यूबिट लामो एउटा पर्दा बनाउनू।
17
आँगनको चारैतिरका सबै खाँबाहरूमा चाँदीका अङ्कुसे र फित्ता र काँसाका आधारहरू बनाउनू।
18
आँगन एक सय क्यूबिट लामो र पचास क्यूबिट चौडा हुनुपर्छ; त्यसमा काँसाका आधार भएका मसिनो बाटेका सुती कपडाका छ क्यूबिट अग्ला पर्दाहरू हुनुपर्छ।
19
समागम पालको सेवामा प्रयोग गरिने सबै सामानहरू, पालका किलाहरू, आँगनका किलाहरू लगायत सबै, चाहे तिनीहरूका काम जेसुकै होस्, ती काँसाका हुनुपर्छ।
20
“इस्राएलीहरूलाई आज्ञा दिनू, कि तिनीहरूले उज्यालोका निम्ति पेलेको जैतुनको शुद्ध तेल ल्याऊन्, र दियाहरू निरन्तर बलिरहून्।
21
भेट हुने पालमा, साक्षी पाटीको सामु भएको पर्दा बाहिर हारून र त्यसका छोराहरूले याहवेहको सामु साँझदेखि बिहानसम्मै दियाहरू बलिरहने बनाउनुपर्छ। यो इस्राएलीहरूका बीचमा आउने पुस्ताहरूका निम्ति सदा रहिरहने विधि हुनुपर्छ।
← Chapter 26
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 28 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40