bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Exodus 38
Exodus 38
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 37
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 39 →
1
बजलेलले होमबलिको निम्ति बबुल काठको वेदी बनाए। त्यो वर्गाकार थियो; त्यसको लम्बाइ पाँच क्यूबिट, चौडाइ पाँच क्यूबिट र उचाइ तीन क्यूबिट थियो।
2
तिनले त्यसका चार कुनामा सिङहरू बनाए; ती सिङहरू र वेदी एउटै टुक्राबाट बनेका थिए; अनि वेदीलाई काँसोले मोहोरे।
3
तिनले वेदीका सबै सरसामानहरू, भाँडाहरू, बेल्चाहरू, छर्कने बाटाहरू, मासु उठाउने काँटाहरू र आगो राख्ने भाँडाहरू काँसोका बनाए।
4
तब तिनले वेदीको निम्ति एउटा काँसोको जाली बनाए, जुन वेदीको तलबाट आधा भागसम्म आउँदथ्यो।
5
डण्डाहरू राख्नका निम्ति तिनले काँसोका चार वटा मुन्द्राहरू बनाएर चारै कुनामा राखे।
6
बबुल काठका डण्डाहरू बनाए, र तिनलाई तिनले काँसोले मोहोरे।
7
तिनले ती डण्डाहरूलाई वेदी बोक्नका निम्ति त्यसका दुवै तर्फका किनारका मुन्द्राहरूमा हाले। फल्याकहरूबाट तिनले त्यस वेदीलाई खोक्रो बनाए।
8
तिनले समागम पालको ढोकामा सेवा गर्ने स्त्रीहरूका ऐनाबाट काँसोका धुने बाटा र आसन बनाए।
9
त्यसपछि तिनले आँगन बनाए। त्यसको दक्षिण भागपट्टिको लम्बाइ एक सय क्यूबिट र पर्दाचाहिँ मसिनो गरी बाटेको सुती कपडाको थियो।
10
त्यसका खाँबाहरू बीस वटा र काँसाका आधारहरू पनि बीस वटा नै थिए; खाँबोका अङ्कुसेहरू र फित्ताहरू चाँदीका थिए।
11
आँगनको उत्तरपट्टिको निम्ति एक सय क्यूबिट लामा पर्दाहरू र बीस वटा खाँबाहरू, र काँसोका आधारहरू पनि बीस वटा नै थिए। त्यसका अङ्कुसेहरू र फित्ताहरू चाँदीका थिए।
12
पश्चिमपट्टि पचास क्यूबिट चौडा पर्दाहरू थिए; त्यसका खाँबाहरू र आधारहरू पनि दश-दश वटा थिए। खम्बाहरूका अङ्कुसे र फित्ताहरू चाँदीका थिए।
13
पूर्व वा सूर्योदयतर्फ पनि पचास क्यूबिट चौडा थियो।
14
मूलढोकाको एकापट्टिका पर्दाहरू पन्ध्र क्यूबिट लामा थिए; जसका तीन वटा खाँबाहरू र तीन वटा आधारहरू थिए।
15
आँगनको मूलढोकाको अर्कापट्टि पन्ध्र क्यूबिट लामा पर्दाहरू थिए; तीन वटा खाँबाहरू र तीन वटा आधारहरू थिए।
16
आँगनका चारैपट्टिका सबै पर्दाहरू मसिनो गरी बाटिएका सुती कपडाका थिए।
17
खाँबाका आधारहरू काँसोका थिए। यसका अङ्कुसेहरू र फित्ताहरूचाहिँ चाँदीले बनाइएका र टुप्पाहरू चाँदीले नै मोहोरिएका थिए। आँगनका सबै खाँबाहरूमा चाँदीका फित्ताहरू थिए।
18
आँगनको मूलढोकाको पर्दामा बुट्टा हाल्नेको काम, जसलाई निलो, बैजनी र रातो रङ्गको मसिनो सुतीले बुनेको कपडाले बनाइएको थियो। यसको लम्बाइ बीस क्यूबिट र आँगनको पर्दाझैँ पाँच क्यूबिट उचाइ थियो।
19
त्यसका खाँबाहरू चार वटा र काँसोका आधारहरू चार वटा थिए। त्यसका अङ्कुसेहरू र फित्ताहरू चाँदीले बनेका थिए; अनि टुप्पाहरू चाँदीले मोहोरिएका थिए।
20
समागम पाल र चारैतिर आँगनका किलाहरू काँसाका थिए।
21
मोशाका आज्ञाअनुसार पुजारी हारूनका छोरा ईतामारद्वारा लेवीहरूले समागम पाल, करारको पाल, जुनचाहिँ समागम पाल हो, बनाउनका निम्ति प्रयोग गरेका सरसामानहरूको वर्णन यही हो:
22
(यहूदा कुलका हूरका नाति, ऊरीका छोरा बजलेलले याहवेहले मोशालाई आज्ञा गर्नुभएअनुसार सबै कुराहरू बनाए।
23
उनको साथमा दान कुलका अहीसामाकका छोरा ओहोलीआब थिए। तिनी एक शिल्पकार तथा चित्रहरू बनाउने र निलो, बैजनी, रातो रङ्गका धागो र मसिनो सुती कपडामा बुट्टा भर्ने काममा निपूर्ण थिए।)
24
पवित्र वासस्थान बनाउन विशेष भेटीको रूपमा अर्पण भएका सबै भेटीको सुन पवित्र वासस्थानको सेकेलको हिसाबअनुसार 29 टालेन्ट र 730 सेकेल थियो।
25
सारा समुदायमा गणना भएको मानिसहरूका चाँदी पवित्र वासस्थानको हिसाबअनुसार 100 टालेन्ट र 1,775 सेकेल थियो।
26
बीस वर्ष र त्यसभन्दा बढी उमेर समूहका 6,03,550 पुरुषहरूमध्ये प्रत्येकबाट पवित्र वासस्थानको शेकेलको हिसाबले आधा सेकेल थियो।
27
100 टालेन्ट चाँदी पवित्र वासस्थान र पर्दाको आधारहरू ढाल्न प्रयोग भयो; सबै आधारहरूमा 100 टालेन्ट थियो—प्रत्येक आधारका निम्ति एक टालेन्ट।
28
तिनले चाँदीका 1,775 सेकेललाई खाँबोका निम्ति अङ्कुसेहरू बनाउन र तिनका टुप्पाहरू मोहोर्न फित्ताहरू बनाए र प्रयोग गरे।
29
विशेष भेटीको रूपमा अर्पण गरिएका काँसोका भेटी 70 टालेन्ट र 2,400 सेकेल थियो।
30
ती काँसोबाट तिनले भेट हुने पालका ढोकाका आधारहरू, काँसोका वेदी, जाली र त्यसका सबै सरसामानहरू बनाए।
31
आँगनका चारैपट्टिका आधारहरू, मूलढोकाका आधारहरू, समागम पालका र आँगनका चारैतिरका सबै किलाहरू बनाए।
← Chapter 37
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 39 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40