bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Exodus 24
Exodus 24
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 23
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 25 →
1
त्यसपछि उहाँले मोशालाई भन्नुभयो, “तँ र हारून, नादाब र अबीहू, र इस्राएलका सत्तरी जना प्रधानहरू याहवेहकहाँ माथि उक्लेर आओ। तिमीहरू टाढै रहेर आराधना गर्नू,
2
तर मोशामात्र याहवेहको नजिक आओस्; अरू कोही पनि नजिक नआऊन्। अनि मानिसहरू पनि ऊसँग माथि उक्लेर नआऊन्।”
3
जब मोशाले गएर मानिसहरूलाई याहवेहका सबै वचन र व्यवस्थाहरू भनिदिए; तब तिनीहरूले एकै सोरले जवाफ दिए, “याहवेहले भन्नुभएका सबै कुराहरू हामी गर्नेछौँ।”
4
तब मोशाले याहवेहले भन्नुभएका प्रत्येक कुराहरू लेखे। तिनी भोलिपल्ट बिहानै उठे र पर्वतको फेदीमा एउटा वेदी बनाए, र इस्राएलका बाह्र कुलको प्रतिनिधित्व गर्नलाई बाह्र वटा ढुङ्गाका खम्बाहरू खडा गरे।
5
तब तिनले जवान इस्राएली मानिसहरूलाई पठाए, र तिनीहरूले याहवेहका निम्ति होमबलि चढाए, र मेलबलिको रूपमा जवान बहरहरू बलिदान गरे।
6
मोशाले आधा रगत लिएर कचौराहरूमा हाले र अर्को आधा भागचाहिँ वेदीमाथि छर्किदिए।
7
तब तिनले करारको पुस्तक लिएर मानिसहरूलाई पढेर सुनाए। तिनीहरूले जवाफ दिए, “याहवेहले भन्नुभएका सबै कुराहरू हामी गर्नेछौँ; हामी ती पालन गर्नेछौँ।”
8
तब मोशाले रगत लिएर मानिसहरूमाथि छर्के, र भने, “यो रगत यी वचनहरूका आधारमा याहवेहले तिमीहरूसित गर्नुभएको करारको रगत हो।”
9
त्यसपछि मोशा, हारून, नादाब, अबीहू, र इस्राएलका सत्तरी प्रधानहरू माथि उक्लेर गए;
10
अनि तिनीहरूले इस्राएलका परमेश्वरलाई देखे। उहाँको खुट्टामुनि निलो आकाशझैँ सफा नीलमणि थियो।
11
तर परमेश्वरले इस्राएलका ती अगुवाहरूका विरुद्धमा आफ्नो हात उठाउनुभएन; तिनीहरूले परमेश्वरलाई देखे, र तिनीहरूले खानपिन गरे।
12
तब याहवेहले मोशालाई भन्नुभयो, “मकहाँ पर्वतमा उक्लेर आइज र यहीँ बस्; अनि तिनीहरूको शिक्षाको निम्ति मैले लेखेका व्यवस्था र आज्ञाका ढुङ्गाका पाटीहरू म तँलाई दिनेछु।”
13
तब मोशा र तिनका सेवक यहोशू उठेर परमेश्वरको पर्वतमा गए।
14
मोशाले प्रधानहरूलाई भने, “हामी तपाईंहरूकहाँ नआउन्जेल यहीँ हामीलाई पर्खिबस्नुहोस्। हारून र हूर तपाईंहरूसँग छन्; अनि कसैको केही विवाद भए तिनीहरूकहाँ जानू।”
15
जब मोशा उक्लेर पर्वतमाथि गए, तब बादलले त्यस पर्वतलाई ढाक्यो।
16
अनि याहवेहको महिमा सीनै पर्वतमा रह्यो। छ दिनसम्म बादलले पर्वतलाई ढाकिरह्यो; र सातौँ दिनमा याहवेहले बादलभित्रबाट मोशालाई बोलाउनुभयो।
17
इस्राएलीहरूका निम्ति याहवेहको महिमा पर्वतको टाकुरामा भस्म पार्ने आगोझैँ देखियो।
18
मोशा पर्वतमाथि उक्लँदै गएर बादलभित्र प्रवेश गरे। अनि तिनी पर्वतमाथि चालीस दिन र चालीस रात रहे।
← Chapter 23
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 25 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40