bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Exodus 6
Exodus 6
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 5
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 7 →
1
तब याहवेहले मोशालाई भन्नुभयो, “अब म फारोलाई के गर्नेछु, सो तैँले देख्नेछस्: मेरा शक्तिशाली हातको कारण त्यसले तिनीहरूलाई जान दिनेछ; मेरा शक्तिशाली हातको कारण त्यसले तिनीहरूलाई आफ्नो देशबाट धपाइदिनेछ।”
2
परमेश्वरले मोशालाई यसो पनि भन्नुभयो, “म नै याहवेह हुँ।
3
म अब्राहाम, इसहाक र याकोबकहाँ सर्वशक्तिमान् परमेश्वरको रूपमा देखा परेँ, तर याहवेह मेरो नामले त मैले आफैँलाई तिनीहरूसित परिचित गराइनँ।
4
मैले तिनीहरू प्रवासी भई बसेको कनान देश तिनीहरूलाई दिनेछु भनी मेरो करार पनि तिनीहरूसित स्थापित गरेँ।
5
यसबाहेक मैले इजिप्टियनहरूले दास बनाइराखेका इस्राएलीहरूका सुस्केरा सुनेको छु, र मैले आफ्नो करार सम्झेको छु।
6
“यसकारण इस्राएलीहरूलाई भन्: ‘म नै याहवेह हुँ, र म तिमीहरूलाई इजिप्टियनहरूका बोझबाट निकालेर ल्याउनेछु। म तिमीहरूलाई तिनीहरूका दासत्वबाट मुक्त गर्नेछु; अनि म तिमीहरूलाई फैलिएको हात र न्यायको पराक्रमी कामले छुटकारा दिनेछु।
7
म तिमीहरूलाई मेरा आफ्नै मानिसहरूझैँ लिनेछु, र म तिमीहरूका परमेश्वर हुनेछु। तब म नै तिमीहरूका याहवेह परमेश्वर हुँ, जसले तिमीहरूलाई इजिप्टियनहरूका दासत्वको जुवामुनिबाट बाहिर निकालेर ल्याउनुभयो भन्ने कुरा तिमीहरूले जान्नेछौ;
8
अनि म तिमीहरूलाई त्यस देशमा ल्याउनेछु, जुन देश मैले अब्राहाम, इसहाक र याकोबलाई दिनेछु भनी हात उचालेर शपथ खाएको थिएँ; म त्यो तिमीहरूलाई सम्पत्तिको रूपमा दिनेछु; म नै याहवेह हुँ।’ ”
9
तब मोशाले इस्राएलीहरूलाई यो कुरा बताइदिए; तर तिनीहरूका निराशा र दासत्वको क्रूरताका कारण तिनीहरूले मोशाको कुरा सुनेनन्।
10
तब याहवेहले मोशालाई भन्नुभयो,
11
“जा, र इजिप्टको राजा फारोलाई इस्राएलीहरूलाई त्यसको देशबाट बाहिर जान देऊ भनी भन्।”
12
तर मोशाले याहवेहलाई भने, “यदि इस्राएलीहरूले नै मेरा कुरा सुन्दैनन् भने फारोले झन् मेरो कुरा कसरी सुन्लान्? किनकि म भकभकाउँदै बोल्छु। ”
13
फेरि याहवेह इस्राएलीहरू र इजिप्टका राजा फारोका विषयमा मोशा र हारूनसँग बोल्नुभयो; अनि उहाँले तिनीहरूलाई इस्राएलीहरूलाई इजिप्टबाट बाहिर लैजान आज्ञा दिनुभयो।
14
तिनीहरूका परिवारहरूका मुख्य-मुख्य मानिसहरू यिनीहरू नै हुन्: इस्राएलका जेठा छोरा रूबेनका छोराहरू: हानोक र पल्लू, हेस्रोन र कर्मी। रूबेनका वंशहरू यिनै हुन्।
15
शिमियोनका छोराहरू: यमूएल, यामीन, ओहद, याकीन, सोहोर र एउटी कनानी स्त्रीको छोरा, शाऊल। शिमियोनका वंशहरू यिनै हुन्।
16
तिनीहरूका वंशावलीअनुसार लेवीका छोराहरूका नाम यिनै हुन्: गेर्शोन, कहात र मरारी। (लेवी 137 वर्षसम्म बाँचे।)
17
वंशअनुसार गेर्शोनका छोराहरू यिनै हुन्: लिब्नी र शिमी।
18
कहातका छोराहरू: अम्राम, यिसहार, हेब्रोन र उज्जीएल। (कोहात 133 वर्षसम्म बाँचे।)
19
मरारीका छोराहरू: महली र मूशी। तिनीहरूका वंशावलीअनुसार लेवीका परिवारहरू यिनै थिए।
20
अम्रामले आफ्ना बुबाकी बहिनी योकेबेदलाई विवाह गरे; जसले तिनको निम्ति हारून र मोशालाई जन्माइन्। (अम्राम 133 वर्षसम्म बाँचे।)
21
यिसहारका छोराहरू: कोरह, नेपेग र जिक्री।
22
उज्जीएलका छोराहरू: मिशाएल, एलसाफान र सिथ्री।
23
हारूनले अम्मीनादाबकी छोरी र नहशोनकी बहिनी एलिशेबालाई विवाह गरे; अनि तिनले उनको निम्ति नादाब, अबीहू, एलाजार र ईतामारलाई जन्माइन्।
24
कोरहका छोराहरू: अस्सीर, एल्काना र अबिआसाप। यिनीहरू नै कोरहका वंशहरू हुन्।
25
हारूनका छोरा एलाजारले पतीएलकी छोरीहरूमध्ये एक जनालाई विवाह गरे; र तिनले उनको लागि पीनहासलाई जन्माइन्। लेवीहरूका परिवारका मुख्य-मुख्य मानिसहरू तिनीहरूका वंश-वंशअनुसार यिनै हुन्।
26
यी तिनै हारून र मोशा थिए, जसलाई याहवेहले भन्नुभयो, “इस्राएलीहरूलाई इजिप्टबाट दल-दल बनाएर बाहिर ल्याउनू।”
27
इजिप्टका राजा फारोसित इस्राएलीहरूलाई इजिप्टबाट बाहिर ल्याउने विषयमा कुरा गर्नेहरू यी दुई मोशा र हारून नै थिए।
28
जब याहवेहले इजिप्टमा मोशासित बोल्नुभयो,
29
अनि उहाँले मोशालाई भन्नुभयो, “म नै याहवेह हुँ। मैले तँलाई जे-जे कुरा भन्दछु, ती सबै इजिप्टका राजा फारोलाई भन।”
30
तर मोशाले याहवेहलाई भने, “म बोल्नमा ढिलो छु; फारोले मेरा कुरा किन सुन्थे होला र?”
← Chapter 5
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 7 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40