bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Exodus 5
Exodus 5
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 4
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 6 →
1
त्यसपछि मोशा र हारून फारोकहाँ गएर भने, “याहवेह, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: ‘मेरा मानिसहरूलाई मेरा निम्ति उजाडस्थानमा चाड मनाउनलाई जान दे।’ ”
2
फारोले भने, “याहवेह को हुनुहुन्छ, र म उहाँको हुकुम पालन गरूँ, र इस्राएलीहरूलाई जान दिऊँ? म याहवेहलाई चिन्दिनँ, र इस्राएलीहरूलाई जान पनि दिन्नँ।”
3
तब तिनीहरूले भने, “हिब्रूहरूका परमेश्वरले हामीलाई भेट्नुभयो। अब हामीलाई तीन दिनको यात्रा गरी उजाडस्थानमा गएर याहवेह हाम्रा परमेश्वरका निम्ति बलिदान चढाउन जान दिनुहोस्, नत्रता उहाँले हामीलाई रूढीले अथवा तरवारले प्रहार गर्नुहुनेछ।”
4
तब इजिप्टका राजाले तिनीहरूलाई भने, “ए मोशा र हारून, तिमीहरू यी मानिसहरूका काममा किन बाधा गर्छौ? तिमीहरू आफ्ना काममा लाग!”
5
अनि फारोले भने, “हेर, देशका मानिसहरू अब धेरै भएका छन्, र तिमीहरू तिनीहरूलाई काम गर्नदेखि रोकिरहेका छौ।”
6
त्यही दिन फारोले यातना दिने ठेकेदारहरू र मानिसहरूका नाइकेहरूलाई यस्तो हुकुम दिए:
7
“अब उसो तिमीहरूले ती मानिसहरूलाई इँटाहरू बनाउनलाई पराल नदिनू; तिनीहरू गएर आफ्ना पराल आफैँले बटुलून्।
8
तर तिनीहरूलाई पहिलेकै संख्यामा इँटाहरू बनाउन भन्नू; त्यसको संख्या नघटाउनू। तिनीहरू अल्छे छन्; यसैले तिनीहरू ‘हामीलाई आफ्ना परमेश्वरका निम्ति बलिदान चढाउन जान दिनुहोस्’ भनी कराउँदैछन्।
9
ती मानिसहरूका निम्ति काम अझ कठोर पारिदिनू र तिनीहरूले खुरू-खुरू काम गरेर झूटो कुराहरूतिर ध्यान नदेऊन्।”
10
तब ती यातना दिने ठेकेदारहरू र मानिसहरूका नाइकेहरू गएर मानिसहरूलाई भने, “फारो यसो भन्नुहुन्छ: ‘म तिमीहरूलाई अबदेखि पराल दिनेछैनँ।
11
जाओ अनि जहाँबाट पाउन सकिन्छ, त्यहाँबाट आफ्ना लागि पराल ल्याओ, तर तिमीहरूका कामचाहिँ कदापि घटाइनेछैन।’ ”
12
यसकारण ती मानिसहरू परालको लागि काम चलाउन टुक्राटाक्रीहरू बटुल्नलाई इजिप्टभरि छरिए।
13
ती यातना दिने ठेकेदारहरूले तिनीहरूलाई यसो भन्दै दबाब दिए, “तिमीहरूसित पराल हुँदा काम गरेझैँ, तिमीहरूबाट प्रतिदिन चाहिएका काम पूरा गर।”
14
फारोका यातना दिने ठेकेदारहरूबाट नियुक्त गरिएका इस्राएली नाइकेहरूलाई तिनीहरूले पिटे र यसो भन्दै सोधे, “तिमीहरूले हिजो र आज आफ्ना इँटाको परिमाण किन पहिलेझैँ पुर्याएनौ?”
15
तब इस्राएली नाइकेहरू गएर फारोकहाँ उजुर गरे: “हजुरले आफ्ना सेवकहरूसँग किन यस्तो व्यवहार गर्नुहुन्छ?
16
हजुरका सेवकहरूलाई पराल दिइँदैन, र पनि हामीलाई ‘इँटा बनाओ’ भनी आज्ञा गरिन्छ। हजुरका सेवकहरू कुटाइ पनि खाँदैछन्, तर अपराध भने हजुरकै मानिसहरूको छ।”
17
फारोले भने, “तिमीहरू अल्छे छौ, अल्छे! यसैकारण तिमीहरू ‘हामीलाई याहवेहका निम्ति बलिदान चढाउन जान दिनुहोस्’ भनिबस्छौ।
18
अब फर्केर काममा लाग। तिमीहरूलाई कत्ति पनि पराल दिइनेछैन; तर तिमीहरूले तोकिएको संख्यामा इँटाहरू बनाउनैपर्नेछ।”
19
जब तिनीहरूलाई तिमीहरूले “प्रतिदिन बनाउनुपर्ने इँटाको संख्या घटाइनेछैन” भनियो, तब इस्राएली नाइकेहरूले तिनीहरू सङ्कटमा परेका थाहा पाए।
20
त्यसपछि तिनीहरू फारोकहाँबाट निस्के, र तिनीहरूले मोशा र हारून तिनीहरूलाई भेट्न पर्खिरहेका भेटे।
21
अनि तिनीहरूले भने, “याहवेहले तपाईंहरूमाथि दृष्टि गरून् र न्याय देऊन्! तपाईंहरूले हामीलाई फारो र उनका अधिकारीहरूको अगि घृणित बनाउनुभयो, र हामीलाई मार्नका निम्ति तिनीहरूका हातमा तरवार राखिदिनुभएको छ।”
22
मोशा फर्केर याहवेहकहाँ गएर भने, “हे प्रभु, तपाईंले यस प्रजामाथि किन सङ्कष्ट ल्याइदिनुभयो? के तपाईंले मलाई यसकै लागि पठाउनुभएको हो?
23
म फारोकहाँ तपाईंको नाममा बोल्न गएकै बेलादेखि तिनले यी प्रजामाथि सङ्कष्ट ल्याएका छन्; अनि तपाईंले आफ्नो प्रजालाई छुटकारा दिनुभएको छैन।”
← Chapter 4
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 6 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40