bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Hosea 1
Hosea 1
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 2 →
1
यहूदाका राजाहरू उज्जियाह, योताम, आहाज, हिजकिया र इस्राएलका राजा यहोआशका छोरा यारोबामको शासनकालमा परमप्रभुले बेरीको छोरो होशेलाई यो वचन दिनुभयो।
2
जब परमप्रभु होशेद्वारा पहिलो पटक इस्राएलसित बोल्नुभयो, तब उहाँले होशेलाई यसो भन्नुभयो, “गएर एउटी व्यभिचारिणी स्त्रीसित बिहे गर् र तेरा छोरा-छोरीहरू आमा जस्तै हुनेछन्। यसरी नै मेरा प्रजाले मलाई त्यागेर विश्वासघाती भएका छन्।”
3
यसकारण होशेले दिब्लैमकी छोरी गोमेर नाम गरेकी स्त्रीलाई बिहे गरे। उसले गर्भवती भएर एउटा छोरो जन्माई।
4
त्यसपछि परमप्रभुले होशेलाई भन्नुभयो, “त्यसको नाम ‘यिजरेल’ राख्नू किनभने अब म चाँडै इस्राएलका राजालाई त्यसका पुर्खा येहूले यिजरेलमा गरेको हत्याको निम्ति दण्ड दिनेछु। म येहूको वंशको अन्त गर्नेछु
5
अनि त्यही बेला यिजरेलको बेसीमा म इस्राएली सेनालाई नाश पार्नेछु।”
6
गोमेर दोस्रोपल्ट गर्भवती भई र एउटी छोरी जन्माई। परमप्रभुले होशेलाई भन्नुभयो, “त्यसको नाम ‘लो-रूहामा’ (माया नगरिएकी) राख् किनभने अबदेखि उसो म इस्राएलका मानिसहरूलाई न माया देखाउँछु न त क्षमा नै गर्नेछु।
7
तर यहूदाका मानिसहरूलाई म टिठ्याउनेछु। म तिनीहरूलाई बचाउनेछु। तरवार, धनु, काँड, घोडा र घोडचढी वा लडाइँले होइन तर म परमप्रभु तिनीहरूका परमेश्वर आफैंले बचाउनेछु।”
8
गोमेरले छोरीलाई दूध छोडाएपछि फेरि गर्भवती भई र अर्को छोरो जन्माई।
9
परमप्रभुले होशेलाई भन्नुभयो, “त्यसको नाम ‘लो-अम्मी’ (मेरो प्रजा होइन) राख् किनभने इस्राएलका मानिसहरू मेरा प्रजा होइनन् र म तिनीहरूका परमेश्वर होइनँ।”
10
इस्राएलका मानिसहरू समुद्रका बालुवासरि हुनेछन्, तिनीहरू सङ्ख्यामा गन्न नसक्ने हुनेछन्। परमप्रभुले तिनीहरूलाई यसो भन्नुभएको थियो, “तिमीहरू मेरा प्रजा होइनौ,” तर त्यो समय आउँदै छ, जब उहाँले तिनीहरूलाई यसो भन्नुहुनेछ, “तिमीहरू जीवित परमेश्वरका सन्तान हौ।”
11
यहूदा र इस्राएलका मानिसहरू एक हुनेछन्। आफ्ना बीचमा तिनीहरूले एउटै अगुवा चुन्नेछन् र फेरि एक पटक आफ्नै देशमा तिनीहरूको वृद्धि र उन्नति हुनेछ। निश्चय नै यिजरेलको त्यो दिन एउटा महान् दिन हुनेछ।
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 2 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14