bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Hosea 5
Hosea 5
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 4
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 6 →
1
“हे पूजाहारीहरू हो, यो कुरा सुन! हे इस्राएलका मानिसहरू हो, कान थापेर सुन! हे राज-घरानाका सन्तान हो, ध्यानसित सुन! तिमीहरूले न्यायसित फैसला गर्नुपर्थ्यो। यसकारण न्याय तिमीहरूमाथिपर्नेछ। तिमीहरू मिस्पामा एउटा पासो र तबोर डाँडामा फिँजाएका जाल भएका छौ।
2
तिमीहरू शित्तीममा एउटा गहिरो खाडल भएका छौ र म तिमीहरूलाई दण्ड दिनेछु।
3
इस्राएल कस्तो छ, म जान्दछु, त्यो मबाट लुक्नै सक्दैन। त्यसले विश्वासघात गरेको छ र त्यसका मानिसहरूले मेरो उपासना गर्न सुहाउँदैन।”
4
मानिसहरूले गरेका दुष्ट कामहरूले तिनीहरूलाई परमेश्वरकहाँ फर्कन दिँदैन। तिनीहरू मूर्तिपूजामा यति लीन भइसकेका छन् कि तिनीहरू परमप्रभुलाई स्वीकार्दैनन्।
5
इस्राएलका मानिसको अहङ्कारले तिनीहरूकै विरुद्धमा बोल्दछ। तिनीहरूका पापले तिनीहरूलाई ठोकर खुवाएर लडाउँछ अनि यहूदाका मानिसहरू पनि तिनीहरूसितै लड्छन्।
6
तिनीहरू आफ्ना भेडा-बाख्राहरू र गाई-गोरुहरू परमप्रभुकहाँ बलि चढाउन लिएर त जान्छन्; तर त्यसले तिनीहरूलाई केही लाभ हुँदैन। तिनीहरूले उहाँलाई भेट्टाउन सक्दैनन् किनभने उहाँले तिनीहरूलाई त्याग्नुभएको छ।
7
तिनीहरूले परमप्रभुसित विश्वासघात गरेका छन्। तिनीहरूका छोरा-छोरीहरू परमप्रभुका होइनन्। यसकारण अब तिनीहरूका औंसीका चाड-बाडले तिनीहरू र तिनीहरूका जमिनलाई स्वाहा पार्नेछ।
8
गिबामा लडाइँको नर्सिङ्गा फुक! रामामा तुरही फुक! बेथ-आवनमा लडाइँको सोर उठाओ! ए बेन्यामीनका बासिन्दाहरू हो, लडाइँ गर्न जाओ।
9
दण्डको दिन आइरहेको छ, इस्राएल नाश भएर जानेछ। हे इस्राएलका मानिसहरू हो, यो निश्चय हुनेछ।
10
परमप्रभु भन्नुहुन्छ, “यहूदाका अगुवाहरूले इस्राएललाई आक्रमण गरे र त्यसका सिमाना मिचेर लगे, त्यसकारण म रिसाएको छु। त्यसैले म तिनीहरूमाथि मेरो क्रोध पानीको भलझैँ खन्याउनेछु।
11
इस्राएलमाथि अत्याचार भइरहेको छ, आफ्ना हकको जमिन त्यसले गुमाएको छ किनभने जसले त्यसलाई सहायता गर्न सक्दैनथ्यो त्यसकै पछि लाग्ने त्यसले ढिपी गर्यो।
12
घुनले अन्न नाश गरेझैँ म इस्राएलमाथि विनाश ल्याउनेछु र काठ मक्किएझैँ यहूदाको सर्वनाश गर्नेछु।
13
“जब इस्राएलले आफ्नो रोग र यहूदाले आफ्नो चोट देखे, तब इस्राएल सहायता माग्न अश्शूरका महान् सम्राटकहाँ गयो; तर त्यसले तिनीहरूका रोग वा चोट निको पार्न सकेन।
14
सिंहझैँ म इस्राएल र यहूदाका मानिसहरूमाथि आक्रमण गर्नेछु। म आफैंले तिनीहरूलाई टुक्रा-टुक्रा पारेर छोड्नेछु। जब म तिनीहरूलाई घिस्स्याएर लैजानेछु, तब कसैले तिनीहरूलाई बचाउन सक्नेछैन।
15
“मेरा प्रजाले आफ्ना पापको निम्ति हुनसम्मको कष्ट भोगेर मेरो खोजी गरी नफर्केसम्म म तिनीहरूलाई त्याग्नेछु। आफ्ना कष्टमा तिनीहरूले मलाई खोज्नेछन्।”
← Chapter 4
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 6 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
Recommended Reading
Commentary
Hosea Commentaries
→
Devotional
Hosea Devotional Guide
→
Get This Bible
Nepali - (सरल नेपाली पवित्र बाइबल) Study Bible
→