bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Hosea 11
Hosea 11
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 10
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 12 →
1
परमप्रभु भन्नुहुन्छ, “इस्राएल एउटा बालक छँदा मैले त्यसलाई प्रेम गरें र त्यसलाई मेरो छोरोको रूपमा मिश्रबाट बोलाएँ।
2
तर जति-जति मैले त्यसलाई बेलाएँ, त्यति-त्यति नै त्यो मदेखि तर्क्यो। मेरा मानिसहरूले बाललाई बलि चढाए, तिनीहरूले मूर्तिहरूलाई धूप बाले।
3
तैपनि इस्राएललाई हिँड्न सिकाउने म नै थिएँ। मैले आफ्ना मानिसहरूलाई मेरो हातले समातें; तर मैले तिनीहरूलाई हेरचाह गरेको कुरा तिनीहरूले मानिलिएनन्।
4
मैले तिनीहरूलाई आफूकहाँ माया र प्रेमले खिचेर ल्याएँ। मैले तिनीहरूलाई उठाएँ र मेरो गालामा टसाएँ र तिनीहरूतिर निहुरेर मैले तिनीहरूलाई खुवाएँ।
5
“तिनीहरू मकहाँ फर्कन मान्दैनन् यसैले तिनीहरू मिश्रदेशमा फर्की जानुपर्नेछ र अश्शूरले तिनीहरूमाथि राज्य गर्नेछ।
6
तिनीहरूका सहरहरूको विरुद्धमा लडाइँ हुनेछन् र सहरका मूल-ढोकाहरू भत्काइनेछन्। तिनीहरूको विचारमा आफूलाई जे असल लाग्यो, त्यही गर्ने हुँदा मेरा प्रजा नाश हुनेछन्।
7
तिनीहरू मबाट तर्किजाने जिद्दी गर्छन्। जुवामुनि परेर तिनीहरू चिच्याउनेछन् तर कसैले त्यो जुवा हटाइदिनेछैन।
8
“ए इस्राएल, तँलाई म कसरी छोड्न सक्छु र? कसरी म तँलाई त्याग्न सक्छु र? के म तँलाई अदमालाई झैँ नाश पार्न सक्छु र? कसरी म तँसित सबोयीमसँग झैँ व्यवहार गर्न सक्छु? त्यसो गर्न मेरो मन मान्दैमान्दैन। तँप्रति मेरो प्रेम साह्रै गहिरो छ।
9
मेरो रिसमा मैले तिमीहरूलाई दण्ड दिनेछैनँ; म इस्राएललाई फेरि सर्वनाश गर्नेछैनँ। किनकि म परमेश्वर हुँ, मानिस होइनँ। म परमपवित्र तिमीहरूको साथमा छु। मेरो क्रोधमा म तिमीहरूकहाँ आउनेछैनँ।
10
“मेरा प्रजाका शत्रुहरूमाथि म सिंहझैँ गर्जंदा, मेरा प्रजाले मलाई पछ्याउनेछन्। पश्चिमबाट तिनीहरू हतारसाथ मकहाँ आउनेछन्।
11
मिश्रबाट चराहरूझैँ र अश्शूरबाट ढुकुरहरूझैँ तिनीहरू वेगले आउनेछन्। म तिनीहरूलाई फेरि तिनीहरूकै घरमा ल्याउनेछु। म परमप्रभुले बोलेको छु।”
12
परमप्रभु भन्नुहुन्छ, “इस्राएलका मानिसहरूले मलाई झूट र छलले घेरेका छन् अनि यहूदाका मानिसहरूले म पवित्र र विश्वासयोग्य परमेश्वरसित अझै विद्रोह गरिरहेका छन्।
← Chapter 10
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 12 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14