bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Hosea 12
Hosea 12
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 11
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 13 →
1
“इस्राएलका मानिसहरूले बिहानदेखि रातीसम्म गरेको हरेक काम व्यर्थको र विनाशकारी छ। तिनीहरूका बीचमा छल, कपट र हिँसाका कामहरू बढिरहेछन्। तिनीहरूले अश्शूरसित सन्धि गर्छन् र मिश्रदेशमा जैतुनको तेल पठाउँछन्।”
2
परमप्रभुले यहूदाका बासिन्दाहरूका विरुद्ध दोष लगाउनुहुन्छ। इस्राएललाई पनि त्यसका बासिन्दाहरूका कामको निम्ति उहाँले दण्ड दिनुहुनेछ। तिनीहरूका कामअनुसार उहाँले तिनीहरूलाई दण्ड दिनुहुनेछ।
3
तिनीहरूका पुर्खा याकूबले आफ्ना जुम्ल्याहा दाइ एसावसित आमाको गर्भमा छँदाखेरि नै जुद्धै आए। ठूलो भएपछि पनि याकूबले परमेश्वरसित सङ्घर्ष गरे,
4
तिनले स्वर्गदूतसित लडाइँ गरेर जिते। तिनले रोएर आशिष् मागे। बेथेलमा परमेश्वर हाम्रा पुर्खा याकूबकहाँ आउनुभयो र उनीसित बोल्नुभयो।
5
उहाँ नै परमप्रभु सर्वशक्तिमान् परमेश्वर हुनुहुन्थ्यो। परमप्रभु नै त्यो नाउँ हो, जुन नाउँमा उहाँलाई पुजिन्छ।
6
अब हे याकूबका सन्तान, आफ्ना परमेश्वरमा भरोसा राख र उहाँकहाँ फर्की आओ। प्रेम र न्याय कायम राख र धैर्यसाथ परमेश्वरको कामको बाटो हेर।
7
परमप्रभु भन्नुहुन्छ, “इस्राएली व्यापारीहरू झूटा छन् र आफ्ना ग्राहकलाई छली तराजुले ठग्न रुचाउँछन्।
8
‘हामी धनी छौं, हामीले धन कमाएका छौं र कसैले हामीलाई बेइमानी गरेर धन कमाएको भन्न सक्दैन’ भनी तिनीहरू भन्छन्।
9
तिमीहरूलाई मिश्रबाट निकाली ल्याउने परमप्रभु तिमीहरूका परमेश्वर म नै हुँ। जसरी म उजाड-स्थानमा तिमीहरूलाई भेट्न आउँदा तिमीहरू बास गरिरहेका थियौ, त्यसरी नै तिमीहरूलाई फेरि पालमा बास गर्न लाउनेछु।
10
“मैले अगमवक्ताहरूसित कुरा गरें र तिनीहरूलाई धेरै दर्शनहरू पनि दिएँ। अनि तिनीहरूद्वारा मैले मेरा प्रजालाई चेतावनी पनि दिएँ।
11
तरै पनि गिलादमा अझै मूर्तिपूजा हुँदै छ र ती मूर्तिपूजा गर्नेहरू मर्नेछन्। गिलगालमा साँढेहरू बलि चढाइन्छन् र त्यहाँका वेदीहरू खुला मैदानका ढुङ्गाको थुप्रो बनिनेछन्।”
12
हाम्रा पुर्खा याकूब भागेर मेसोपोटामियाको अराममा गएका थिए। त्यहाँ बिहे गर्न उनले अर्को मानिसको चाकरी गर्नुपर्यो र उनका भेडाहरूको गोठालो भए।
13
मिश्रको दासत्वबाट इस्राएलका मानिसहरूलाई छुटकारा दिन र उनीहरूको हेरचाह गर्न परमप्रभुले एउटा अगमवक्ता पठाउनुभयो।
14
इस्राएलका मानिसहरूले परमप्रभुलाई साह्रै रिस उठाएका छन्। आफ्ना पापको निम्ति तिनीहरू मृत्यु-दण्ड पाउन लायक छन्। तिनीहरूले परमप्रभुमाथि ल्याएका अपमानको निम्ति उहाँले तिनीहरूलाई दण्ड दिनुहुनेछ।
← Chapter 11
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 13 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14