bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Hosea 10
Hosea 10
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 9
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 11 →
1
इस्राएलका मानिसहरू फलैफलले लटरम्मै भएको दाखको एउटा बोटझैँ थिए। तिनीहरू जति फलवान् भए, उति वेदी तिनीहरूले बनाउँदै गए। जमिनले जति अन्न उब्जाउँथ्यो, उति तिनीहरूले आफूले पुज्ने ढुङ्गाका खामाहरू सिंगार्दै गए।
2
छली हृदय भएका मानिसहरूले अब आफ्ना पापको निम्ति कष्ट भोग्नुपर्नेछ। परमेश्वरले तिनीहरूका वेदीहरू भत्काईदिनुहुनेछ र ढुङ्गाका खामाहरू नाश पारिदिनुहुनेछ।
3
यी मानिसहरू चाँडै यसो भन्नेछन्, “हामीले परमप्रभुको डर मानेनौं र हाम्रा राजा छैनन्। तर राजाले हाम्रो निम्ति के नै पो गर्न सक्थे र?”
4
तिनीहरूले खोक्रो कुरा बोल्दछन्, झूटो प्रतिज्ञा र व्यर्थका सन्धिहरू गर्छन्। न्यायचाहिँ अन्याय भएको छ र हलो जोतेको बारीमा विषालु जङ्गली झार उम्रेझैँ अन्याय बढ्दै छ।
5
सामरिया सहरमा बास गर्ने मानिसहरू डराउनेछन् र बेथ-आवनमा सुनको साँढे हराएकोले तिनीहरू विलाप गर्नेछन्। तिनीहरू र त्यस मूर्तिलाई पुज्ने पूजाहारीहरू रुनेछन्। त्यसको सुनौलो शोभा हराएपछि तिनीहरूले बिलौना गर्नेछन् किनभने त्यो मूर्ति देशबाट निकालिएको छ।
6
महान् सम्राटको निम्ति तिरोको रूपमा त्यो मूर्ति अश्शूर देशमा लगिनेछ। अरूको सल्लाह लिएकोले इस्राएल बदनाम र लाजमापर्नेछ।
7
पानीले काठको टुक्रा बगाएर लगेझैँ तिनीहरूका राजा लगिनेछ।
8
आवन डाँडाका देव-स्थलहरू, जहाँ इस्राएलीहरूले मूर्तिपूजा गर्थे, नाश पारिनेछन्। तिनीहरूका वेदीमा काँडा र जङ्गली झारहरू उम्रनेछन्। मानिसहरूले पहाडहरूलाई “हामीलाई लुकाऊ!” अनि डाँडाहरूलाई “हामीलाई छोप!” भन्नेछन्।
9
परमप्रभु भन्नुहुन्छ, “गिबामा पाप गर्न थालेको समयदेखि इस्राएलका बासिन्दाहरूले मेरा विरुद्धमा पाप गर्न छोडेका छैनन्। यसकारण लडाइँले तिनीहरूलाई गिबामा नै भेट्टाउनेछ।
10
म यी पापी मानिसहरूमाथि आक्रमण गर्नेछु र दण्ड दिनेछु। तिनीहरूका विरुद्धमा जाति-जातिहरू भेला हुनेछन् र तिनीहरूका असङ्ख्य पापको निम्ति तिनीहरूमाथि दण्ड आउनेछ।
11
“एक समय इस्राएल राम्ररी सधिएकी अन्न दाइँ गर्न तयार र राजी रहने कोरलीजस्तै थियो। तर त्यसका सुन्दर काँधमा जुवा लाएर अझ भारी काममा त्यसलाई जोत्ने मैले निश्चय गरें। मैले यहूदालाई हलो र इस्राएललाई दाँदे तान्न लाएँ।
12
मैले भनें, ‘आफ्नो निम्ति नयाँ जमिन जोत, धार्मिकताको बिउ रोप र निरन्तर रहने प्रेमको फल बटुल। अब तिमीहरूको आफ्ना परमप्रभुतिर फर्कने समय आयो। अनि म आएर तिमीहरूमाथि आशिष् खन्याउनेछु।’
13
तर तिमीहरूले त्यसका सट्टामा दुष्टता र अन्याय रोप्यौ र त्यसैका फल बटुल्यौ। आफ्नो झूटको फल तिमीहरू आफैंले खाइसकेका छौ। “तिमीहरूले आफ्ना रथहरू र ठूलो सैन्यदलमा भरोसा राखेका हुनाले
14
लडाइँ तिमीहरूका मानिसमाथि आउनेछ र तिम्रा सबै किल्लाहरू ध्वस्त हुनेछन्। शल्मन राजाले बेथ-आर्बेल सहरलाई लडाइँमा नाश पारी आमा र बच्चाहरूलाई कुच्च्याएर मारेको दिनजस्तै त्यो दिन हुनेछ।
15
हे बेथेलका बासिन्दाहरू हो, तिमीहरूले गरेका असाध्यै दुष्ट कामहरूले गर्दा तिमीहरूलाई त्यस्तो हुनेछ। लडाइँ सुरु हुने बित्तिकै इस्राएलका राजा मर्नेछन्।”
← Chapter 9
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 11 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14