bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Hosea 7
Hosea 7
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 6
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 8 →
1
“जब म मेरा प्रजा इस्राएलको रोग हटाउन र फेरि फलिफाप गराउन चाहन्छु, तब म त तिनीहरूका दुष्टता र कुकर्महरू मात्र देख्दछु। आपसमा तिनीहरू एक-अर्कालाई ठग्छन्, घर फोर्छन्, चोरी गर्छन् र बाटामा मानिसहरूलाई लुट्छन्।
2
यी कुराहरूको सम्झना म गरिरहन्छु भनी तिनीहरूका मगजमा पस्दै-पस्दैन तर तिनीहरू पापै-पापले घेरिएका छन् र म त्यो देखि नै रहन्छु।”
3
परमप्रभु भन्नुहुन्छ, “मानिसहरूले राजालाई दुष्ट काम गरेर र शासकहरूलाई छल-कपट गरेर खुसी पार्छन्।
4
तिनीहरू धोकेबाज र भक्तिहीन छन्। जसरी पिठो मुछेर तयार नभएसम्म रोटी पोल्नेले चुलाको भुङ्ग्रो नचलाए पनि भित्र-भित्रै सल्किरहन्छ, त्यसरी नै तिनीहरूको घृणा भित्र-भित्रै जलिरहन्छ।
5
राजाको उत्सवको दिन अगुवाहरू मद्य पिएर चुर हुन्छन् र उनले ठट्टा गर्नेहरूका साथ दिन्छन्।
6
हो, आफ्ना षडयन्त्रमा तिनीहरू भट्टीको आगोझैँ जलिरहे। रातभरि तिनीहरूको क्रोध भुसुभुसु जलिरह्यो र बिहान दन्केर निस्क्यो।
7
“रिसको झोकमा तिनीहरूले आफ्ना शासकहरूको हत्या गरे। तिनीहरूका राजाहरू एक-एक गरी मारिए तर कसैले पनि गुहारको लागि मलाई बिन्ती नै गर्दैन।”
8
परमप्रभु भन्नुहुन्छ, “इस्राएलका बासिन्दाहरू अधकल्चो रोटीजस्ता छन्। आफ्ना चारैतिरका जातिहरूसँग तिनीहरू मिसिएका छन्।
9
तर त्यसरी ती विदेशीहरूसँग मिसिएकोले तिनीहरूले आफ्नो शक्ति हराएका छन् भनी तिनीहरूले बुझ्दैनन्। तिनीहरूको दिन पुगिसक्यो तर त्यो पनि तिनीहरू जान्दैनन्।
10
इस्राएलका प्रजाको अहङ्कारले तिनीहरूकै विरुद्धमा सोर मच्चाउँदछ। यी सबै कुराहरू भए पनि म परमप्रभु तिनीहरूका परमेश्वरतर्फ तिनीहरू फर्केका छैनन्।
11
यताउति वेगले उडिरहने एउटा समझ नभएको परेवाझैँ इस्राएल यताउति दौडिरहन्छ, पहिले त्यहाँका मानिसहरूले मिश्रबाट सहायता मागे, त्यसपछि सहायताको आशामा अश्शूरतर्फ फर्के।
12
तर तिनीहरू त्यसरी जाँदा म एउटा जाल फैलाएर चराहरूलाई झैँ तिनीहरूलाई पक्रनेछु। तिनीहरूका दुष्ट कामहरूको निम्ति म तिनीहरूलाई दण्ड दिनेछु।
13
“तिनीहरू निश्चय नाश भएर जानेछन्। तिनीहरूले मलाई त्यागेर मेरा विरुद्धमा विद्रोह गरेका छन्। तिनीहरू नाश हुनेछन्। म तिनीहरूलाई बचाउन त चाहन्थें तर तिनीहरू मेरो विरुद्ध झूटो बोल्छन्।
14
तिनीहरूले मलाई साँचो मनले प्रार्थना गरेका छैनन्। तर त्यसका सट्टामा तिनीहरूले मूर्तिपूजा गर्नेहरूझैँ आफैं लडीबडी गर्दै र विलाप गर्छन्। अन्न र दाखमद्यको निम्ति प्रार्थना गर्दा मूर्तिपूजकहरूले झैँ तिनीहरूले आफैंलाई गहिरो चोट लाउँदछन्। तिनीहरू कस्ता बागी भएका छन्,
15
तिनीहरूलाई हुर्काउने र बलियो पार्ने म नै हुँ, तापनि तिनीहरूले मेरा विरुद्धमा जाल रचे।
16
तिनीहरूले मलाई छोडेर शक्तिहीन देवताको पछि लागेका छन्। तिनीहरू बाङ्गो धनुझैँ भर पर्न नसक्ने भएका छन्। तिनीहरूका अगुवाहरूले घमण्डका कुरा गर्छन्। यसकारण ती अगुवाहरूको मृत्यु डरलाग्दो हुनेछ। अनि मिश्रीहरूले हाँसोमा उडाउनेछन्।”
← Chapter 6
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 8 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
Recommended Reading
Commentary
Hosea Commentaries
→
Devotional
Hosea Devotional Guide
→
Get This Bible
Nepali - (सरल नेपाली पवित्र बाइबल) Study Bible
→