bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Hosea 9
Hosea 9
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 8
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 10 →
1
हे इस्राएलका मानिसहरू हो, तिमीहरूले मूर्तिपूजकहरूले जस्तै चाडहरू मनाउन छोड। तिमीहरू आफ्ना परमेश्वरबाट तर्की गएका छौ र उहाँसित विश्वासघात गरेका छौ। वेश्याहरूझैँ तिमीहरूले देशभरि आफूलाई बाल देवताका हातमा बेचिसकेका छौ र त्यसले दाम तिरी किनेको अन्न भन्ठानी त्यसलाई तिमीहरूले प्रेम गर्छौ।
2
तर अब चाँडै यस्तो समय आउनेछ, तिमीहरूलाई अन्न र जैतुनको तेल पुग्दो हुनेछैन र एक थोपा दाखमद्य पनि पाउनेछैनौ।
3
इस्राएलका बासिन्दाहरू परमप्रभुको देशमा बसोबास गर्नेछैनन्। तर तिनीहरू मिश्रमा फर्की जानुपर्नेछ र अश्शूर देशमा अशुद्ध खाना खानुपर्नेछ।
4
तिनीहरूले विदेशी भूमिमा परमप्रभुलाई दाखमद्य र अन्य बलिहरू चढाउन सक्नेछैनन्। तिनीहरूका भोजन खाने हरेक मानिस अशुद्ध हुनेछ। त्यो मलामीलाई दिइएको मृत्यु-भोज जस्तो हुनेछ। त्यो भोक मेट्नलाई मात्र चलाइनेछ, त्यसबाट कति पनि परमप्रभुको मन्दिरमा भेटी चढाउन लगिनेछैन।
5
अनि परमप्रभुको सम्मान्मा तोकिएका चाडको समय आएपछि तिनीहरूले के गर्लान्?
6
जब विपद् आइलाग्छ र मानिसहरू छरपष्ट हुनेछन्, तब मिश्रीहरूले तिनीहरूका लाश बटुलेर नोपमा गाड्नेछन्। तिनीहरूका चाँदीका बहुमूल्य वस्तुहरू र घर बनाइएका जग्गाहरू सिस्नुघारी र बेकामका झार-पातले भरिनेछन्।
7
दण्डको समय आइपुग्यो। मानिसले के पाउनुपर्छ त्यो समय आयो। यी कुराहरू इस्राएलले थाहा पाउनेछ। तिमीहरू भन्छौ, “यो अगमवक्ता मूर्ख छ। त्यो प्रेरित पागल हो।” तिमीहरूको पाप ठूलो भएकोले तिमीहरू मलाई ज्यादै घृणा गर्छौ।
8
परमेश्वरले, आफ्ना प्रजा इस्राएललाई चेतावनी दिन मलाई अगमवक्ता बनाएर पठाउनुभयो। तरै पनि जहाँ म जाँदछु, त्यहाँ तिमीहरू चरालाई झैँ मलाई पासोमा पार्न चेष्टा गर्दछौ। आफ्नै परमेश्वरको मन्दिरमा पनि मानिसहरू अगमवक्ताका शत्रु भएका छन्।
9
तिनीहरूका काम औधी खराब छन्, गिबामा झैँ तिनीहरू साह्रै भ्रष्ट भएका छन्। परमेश्वरले तिनीहरूका पापको सम्झना गर्दै तिनीहरूलाई दण्ड दिनुहुनेछ।
10
परमप्रभु भन्नुहुन्छ, “जब मैले पहिलो पटक इस्राएललाई भेट्टाएँ, मलाई मरुभूमिमा उम्रेको दाख भेट्टाएजस्तै लाग्यो। जब पहिलो चोटि मैले तिमीहरूका पुर्खाहरूलाई देखें, तब मलाई ऋतुमा पाकेको नेभाराको पहिलो फल पाएजस्तो लाग्यो। तर जब तिनीहरू बाल-पोरमा आए, तिनीहरूले त्यो बाल देवताको पूजा गर्न थाले र चाँडै तिनीहरू आफूले पुजेका देवताझैँ घिनलाग्दा भए।
11
इस्राएलको महान्ता चराझैँ उडिजानेछ। त्यहाँ फेरि तिनीहरूकहाँ बच्चा जन्मनेछैन, कुनै स्त्री गर्भवती हुनेछैन, कुनै पनि नारीले गर्भधारण गर्नेछैन।
12
तिनीहरूले छोरा-छोरीहरू हुर्काए भने पनि म तिनीहरूलाई रहन दिनेछैनँ र एउटै पनि जिउँदो छोड्नेछैनँ। जब म यी मानिसहरूलाई त्याग्नेछु, तब तिनीहरूमाथि डरलाग्दा कुराहरू आइलाग्नेछन्।”
13
हे परमप्रभु, मैले इस्राएललाई एउटा कलिलो खजुरको बोटजस्तै मलिलो जमिनमा रोपेको देखें, तर अहिले त्यसका छोरा-छोरीहरू खोजी-खोजी मारिनुपर्छ।
14
यी मानिसहरूको लागि तपाईंले के गरिदिनोस् भनी म बिन्ती गरूँ? तिनीहरूका स्त्रीहरूलाई बाँझी बनाइदिनुहोस्। तिनीहरूका दूध सुकाइदिनुहोस्।
15
परमप्रभु भन्नुहुन्छ, “तिनीहरूले गिलगालमा दुष्ट काम गरेकोले मैले तिनीहरूलाई घृणा गर्न थालें। तिनीहरूका दुष्ट कामले गर्दा म तिनीहरूलाई मेरा देशबाट धपाइदिनेछु। म फेरि तिनीहरूलाई प्रेम गर्नेछैनँ। तिनीहरूका सबै अगुवाहरू मेरो विरुद्धमा उठेका छन्।
16
इस्राएलका मानिसहरू जरा सुकेका र फल नफल्ने रूखझैँ भएका छन्। तिनीहरूका छोरा-छोरीहरू जन्मनेछैनन्, ती जन्मिहाले पनि म तिनीहरूका प्यारा छोरा-छोरीहरूलाई मारिदिनेछु।”
17
जुन परमेश्वरको म सेवा गर्दछु, उहाँले आफ्ना प्रजालाई अस्वीकार गर्नुहुनेछ किनभने तिनीहरूले उहाँको वचन सुनेनन्। तिनीहरूले अन्यजातिहरूका माझमा बाटो बिराएर घुमफिर गरी हिँड्नेछन्।
← Chapter 8
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 10 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14