bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Hosea 13
Hosea 13
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 12
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 14 →
1
बितेका समयमा एफ्राइम कुल बोल्दा इस्राएलका अन्य कुलहरू डराउँथे। तिनीहरूले एफ्राइमलाई इज्जत गरेर हेर्थे। तर ती मानिसहरूले बाल देवताको पूजा गरेर पाप गरेका हुनाले तिनीहरू मर्नेछन्।
2
अझै पनि धातुका मूर्तिहरू बनाएर अर्थात् मानिसले सोचेका आकारमा र मानिसका हातले रचेका चाँदीका मूर्तिहरू बनाएर तिनीहरूले पाप गरिरहेका छन्। अनि तिनीहरू भन्छन्, “यी मूर्तिहरूलाई बलि चढाऔं।” कसरी मानिसहरूले ती साँढेका रूपमा बनाएका मूर्तिहरूलाई म्वाइँ खान सक्छन्?
3
यी मानिसहरू बिहानको कुइरोझैँ हराउनेछन्, बिहानै बिलाउने शीतझैँ मेटिनेछन्। तिनीहरू गहुँ पिट्ने ठाउँबाट बतासले उडाएका भुस तथा चुलोबाट निस्कने धुँवाजस्तै हुनेछन्।
4
परमप्रभु भन्नुहुन्छ, “म परमप्रभु, तिमीहरूका परमेश्वर हुँ, जसले तिमीहरूलाई मिश्रबाट निकाली ल्याएँ। मबाहेक तिमीहरूको अर्को कुनै परमेश्वर छैन। म मात्र तिमीहरूको उद्धारकर्ता हुँ।
5
मैले तिमीहरूलाई सुखा मरुभूमिमा छँदा तिमीहरूको हेरचाह गरें।
6
तर जब तिमीहरू त्यो असल भूमिमा पस्यौ, तब तिमीहरूको पेट भरियो र तिमीहरू सन्तुष्ट भयौ, त्यसपछि तिमीहरू घमण्डी भयौ र मलाई भुल्यौ।
7
यसकारण म तिमीहरूलाई सिंहले झैँ झम्टनेछु। चितुवाले झैँ म तिमीहरूको बाटो ढुकी बस्नेछु।
8
बच्चा हराएकी माउ भालुझैँ म तिमीहरूमाथि आक्रमण गर्नेछु र तिमीहरूलाई च्यातचुत पार्नेछु। सिंहले झैँ म तिमीहरूलाई भेटेकै ठाउँमा निल्नेछु र जङ्गली जनावरले झैँ फहराएर धुजैधुजा पार्नेछु।
9
“हे इस्राएलका मानिसहरू हो, म तिमीहरूलाई नाश पार्नेछु। अब कसले तिमीहरूलाई गुहार गर्ने?
10
तिमीहरूले राजा र अगुवाहरू माग्यौ, तर कसरी तिनीहरूले तिम्रा जातिलाई बचाउन सक्लान्?
11
रिसमा मैले तिमीहरूलाई राजा दिएँ र क्रोधमा त्यसलाई उठाई लगें।
12
“इस्राएलका पाप र अपराधको हिसाब लेखिएको छ र त्यो लेखोट सुरक्षासाथ राखिएको छ।
13
इस्राएलको बाँच्ने आशा त छ तर त्यसले त्यो मौका लिन चाहँदैन। त्यो जन्मन आँटेको तर आमाको कोखबाट निस्कन नचाहने समझ नभएको बच्चाजस्तो छ।
14
के म यस जातिलाई मृत-लोकदेखि बचाऊँ? के मृत्युको शक्तिबाट उद्धार गरूँ? ए मृत्यु, खोइ तेरा रुढीहरू? ए पाताल, खोइ तेरो विनाश? म अब यस जातिलाई टिठ्याउनेछैनँ।
15
इस्राएल जङ्गली झारपातझैँ मौलाएर गए पनि म मरुभूमिबाट गर्मी पूर्वीय बतास पठाउनेछु र त्यसले त्यस देशका खोला-नाला र कुवाहरू सुकाइहाल्नेछ। त्यसले सबै मूल्यावान् कुराहरू उडाईलैजानेछ।
16
मेरो विरुद्धमा विद्रोह गरेको हुनाले सामरियाले दण्ड भोग्नै पर्छ। त्यहाँका बासिन्दाहरू लडाइँमा मर्नेछन्, जमिनमा पछारिएर बच्चाहरू मारिनेछन् र गर्भवती स्त्रीहरूका पेट चिरिनेछन्।”
← Chapter 12
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 14 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14