bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Hosea 8
Hosea 8
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 7
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 9 →
1
परमप्रभु भन्नुहुन्छ, “तुरही फुक र चेतावनी देऊ। शत्रुहरू चिलझैँ वेग हानेर मेरो देशमाथि आइरहेका छन्। मेरा प्रजाले तिनीहरूसित बाँधेको मेरो करार भङ्ग गरेका छन् र मेरो व्यवस्थाको विरोध गरेका छन्।
2
इस्राएलले मलाई “हाम्रा परमेश्वर, हामी तपाईंलाई स्वीकार गर्छौं,” भनी पुकारे पनि
3
जे कुरा असल छ, त्यसलाई अस्वीकार गरेका छन्। त्यसकारण तिनीहरूका शत्रुले तिनीहरूलाई खेदो गर्नेछन्।
4
“मेरा प्रजाले आफ्ना राजाहरू चुने; तर त्यो काम आफ्नै खुसीले गरे। मेरो अनुमतिबिना नै तिनीहरूले आफ्ना अगुवाहरू खटाए। तिनीहरूले आफ्ना सुन र चाँदी लिई मूर्तिहरू बनाएर आफैंमाथि नाश ल्याए।
5
सामरियाका सहरहुँदो मेरा प्रजाले पुजेका सुनका साँढेलाई म घृणा गर्दछु। म तिनीहरूसित औधी रिसाएको छु। अब तिनीहरूले कहिले मूर्तिपूजा त्याग्ने हो?
6
यो त एउटा इस्राएली कारिगरले बनाएको साँढेको मूर्ति न हो; तर यो ईश्वर हुँदै होइन सामरियामा पुजिने सुनको साँढे टुक्रै-टुक्रा पारेर नष्ट गरिनेछ।
7
बतास छर्नेहरूले आँधी-बेहरी बटुल्नेछन्। बारीको बाली नपाकेसम्म रोटी बनिन सक्दैन। तर रोटी पाइहाले पनि त्यो विदेशीहरूको मुखमापर्नेछ।
8
इस्राएल अरू जातिजस्तै बनिसकेको छ र फुटेको भाँडाजस्तै बेकामे भएको छ।
9
इस्राएलका मानिसहरू जङ्गली गधाझैँ ढिट भएर आफ्नै सुरमा हिँडिरहन्छन्। तिनीहरू अर्कै बाटो भएर अश्शूरसँग सहायता माग्न पुगेका छन् र आफ्ना बचाउका निम्ति अरू जातिहरूलाई ज्याला तिरेका छन्।
10
तर अब म तिनीहरूलाई एकसाथ जम्मा गर्नेछु र दण्ड दिनेछु। चाँडै अश्शूरका राजाले तिनीहरूमाथि अत्याचार गर्नेछन् र तिनीहरू वेदनाले छट्पटिनेछन्।
11
“पाप कटनीको निम्ति जति धेरै वेदीहरू इस्राएलीहरूले बनाउलान्, उति नै धेरै पाप गर्ने ठाउँहरू बनिनेछन्।
12
म व्यवस्थामा धेरै शिक्षा तिनीहरूको निम्ति लेख्छु तर तिनीहरूले ती सबै अनौठा र विदेशी नियम भनी इन्कार गर्छन्।
13
तिनीहरूले मलाई बलि चढाउँछन् र बलिका मासु खान्छन्। तर म परमप्रभु तिनीहरूसित खुसी छैनँ। अब मैले तिनीहरूका पाप सम्झँदै तिनीहरूलाई दण्ड दिनेछु। म तिनीहरूलाई मिश्रमा फर्कन लाउनेछु।
14
“इस्राएलका मानिसहरूले राजमहलहरू बनाएका छन् तर तिनीहरूले आफ्ना सृष्टिकर्तालाई भुलेका छन्। यहूदाका मानिसहरूले किल्ला बनाएर सहरहरू सुरक्षित पारेका छन्। तर म आगो पठाएर तिनीहरूका राज-महल र सहरहरू भस्म पार्नेछु।”
← Chapter 7
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 9 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
Recommended Reading
Commentary
Hosea Commentaries
→
Devotional
Hosea Devotional Guide
→
Get This Bible
Nepali - (सरल नेपाली पवित्र बाइबल) Study Bible
→