bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Hosea 14
Hosea 14
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 13
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
1
हे इस्राएलका मानिसहरू हो, परमप्रभु आफ्ना परमेश्वरकहाँ फर्की आओ। तिम्रा पापले तिमीहरूलाई ठोकर दिएर पतन गराएको छ।
2
परमप्रभुकहाँ फर्क र उहाँलाई यस्तो प्रार्थना चढाओ, “हामीहरूका सबै पाप क्षमा गर्नुहोस् र हाम्रा प्रार्थना ग्रहण गर्नुहोस् र हामीले गरेका प्रतिज्ञाअनुसार हामी तपाईंको प्रशंसा गर्नेछौं।
3
अश्शूरले कहिल्यै हामीलाई बचाउन सक्दैन र युद्धका घोडाहरूले हाम्रो रक्षा गर्न सक्दैनन्। हामीसित भएका हाम्रा हातले बनाएका मूर्तिहरूलाई फेरि कहिल्यै हाम्रा परमेश्वर हौ भनी हामी भन्नेछैनौं। हे परमप्रभु, टुहुरा-टुहुरीलाई तपाईंले कृपा देखाउनुहुन्छ।”
4
परमप्रभु भन्नुहुन्छ, “म आफ्नो प्रजालाई मकहाँ फर्काई ल्याउनेछु, म सम्पूर्ण हृदयले तिनीहरूलाई प्रेम गर्नेछु; अबदेखि उसो म तिनीहरूसित रिसाउनेछैनँ।
5
म इस्राएलीहरूका निम्ति सुखा भूमिमा पर्ने वर्षाझैँ छु। तिनीहरू फूलहरूका कोपिलाझैँ फक्रिनेछन्। तिनीहरूले लेबनानका रूखहरूजस्तै जमिनभित्र जरा गड्नेछन्।
6
तिनीहरू नयाँ भई जैतुनका रूखहरूझैँ जिउनेछन् र तिनीहरू लेबनानका देवदारुहरूझैँ सुगन्धित हुनेछन्।
7
फेरि एक पटक तिनीहरू मेरो सुरक्षामा जिउनेछन्। तिनीहरू अन्नझैँ लहलह बढ्नेछन् र रूखको बोटझैँ फलदायी हुनेछन्। तिनीहरू लेबनानको ख्याति प्राप्त दाखमद्यझैँ हुनेछन्।
8
इस्राएलका मानिसहरूको अब मूर्तिहरूसित कुनै सम्बन्ध हुनेछैन; म तिनीहरूका प्रार्थनाको उत्तर दिनेछु र तिनीहरूलाई हेरचाह गर्नेछु। सधैँ हरियो रहने रूखझैँ म तिनीहरूलाई आश्रय दिनेछु; म नै तिनीहरूका सबै आशिष्हरूको स्रोत हुँ।
9
जो-जो बुद्धिमान् छन्, तिनीहरूले यहाँ लेखिएका कुराहरू बुझून् र आ-आफ्ना मनमा गुनून्। परमप्रभुका मार्गहरू ठीक छन्, तिनमा हिँडेर धर्मी मानिसहरू बाँच्छन्। तर पापीहरूचाहिँ तिनमा ठोकर खाएर लड्छन्।
← Chapter 13
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14