bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Hosea 2
Hosea 2
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 3 →
1
तिमीहरू आफ्ना इस्राएली दाजु-भाइहरूलाई ‘अम्मी’ (मेरा प्रजा) र दिदी-बहिनीहरूलाई ‘रूहामा’ (मेरा प्रिय) भन।
2
ए मेरा छोरा-छोरीहरू हो, आफ्नी आमासित बहस गर, हुन त ऊ अब मेरी स्वास्नी होइन, न त म उसको लोग्ने हुँ। उसित बहस गरेर भन कि उसले आफ्नो व्यभिचार र वेश्यावृत्ति छोडोस्।
3
होइन भने उसको जन्म-दिनमा झैँ म उसलाई नाङ्गो पार्नेछु। म उसलाई मरुभूमिजस्तै उजाड र सुखा पार्नेछु र ऊ तिर्खाले मर्नेछ।
4
[4-5] उसका छोरा-छोरीहरूमाथि म दया देखाउनेछैनँ। तिनीहरू लाज पचेकी एक वेश्याका सन्तान हुन्। ऊ आफैंले यसो भनी, “म मेरा प्रेमीहरूकहाँ जानेछु, जसले मलाई खानपान, ऊनी र नरम सुती कपडा, जैतुनको तेल र दाखमद्य दिनेछन्।”
6
यसकारण काँडाको बार लाएर म त्यसलाई थुन्नेछु र एउटा पर्खाल खडा गरेर त्यसको बाटो छेक्नेछु।
7
त्यसले आफ्ना प्रेमीहरूलाई खेदी हिँड्छे तर भेट्दिन। त्यसले तिनीहरूलाई खोज्छे तर पाउँदिन। तब त्यसले यसो भन्छे, “म आफ्नो पहिलेकै लोग्नेकहाँ फर्केर जानेछु किनकि मेरो पहिलेको अवस्था अहिलेको भन्दा असल थियो।”
8
अन्न, दाखमद्य, जैतुनको तेल, सुन र चाँदी दिने म नै हुँ भनी त्यसले कहिल्यै मानेकी छैन जुन कुराहरू त्यसले बाल-देवताको पूजामा चढाएकी थिई।
9
यसकारण मैले त्यसलाई दिएका अन्न र दाखमद्य अनि पहिरन दिएका ऊन र मिहिन सुतीका वस्त्रहरू कटनीको समयमा खोस्नेछु।
10
त्यसका प्रेमीहरूका अघि म त्यसको लुगा फुकालेर नाङ्गो पार्नेछु र कसैले त्यसलाई मेरो हातबाट बचाउन सक्नेछैन।
11
त्यसका सबै उत्सवहरू-औंसीको वार्षिक चाड-पर्व र विश्राम-दिनका खुसीयाली र धार्मिक सभाहरू म बन्द गरिदिनेछु।
12
त्यसका दाखबारी र नेभाराघारीहरू, जुन आफ्ना प्रेमीहरूको सेवा गरेर मैले पाएको हुँ भनी त्यसले भन्छे, म नाश पारिदिनेछु। म त्यसका दाखबारीहरू र फलका बगैँचाहरू उजाड पारिदिनेछु, जङ्गली जनावरहरूले ती नाश पार्नेछन्।
13
जुन समयमा त्यसले बाल-देवतालाई धूप चढाएकी थिई र गरगहनाले सजिएर आफ्नो प्रेमीहरूका पछि लागी र मलाई बिर्सी, त्यसको निम्ति म त्यसलाई दण्ड दिनेछु। परमप्रभु बोल्नुभएको छ।
14
यसकारण म त्यसलाई फेरि उजाड-स्थानमा पुर्याउनेछु र त्यहाँ प्रेमको कुरा गरेर म फेरि त्यसको मन जित्नेछु।
15
त्यसका दाखबारीहरू म त्यसैलाई फर्काइदिनेछु र दु:ख-कष्टको बेसीलाई आशाको ढोका तुल्याईदिनेछु। त्यहाँ त्यसले आफ्नो जवानीको दिनमा झैँ र मिश्रदेशबाट आएको दिनमा जस्तै मप्रति आफ्नो मन फर्काउनेछ।
16
तब फेरि त्यसले मलाई आफ्नो लोग्ने भन्नेछ तर तपाईं ‘मेरो बाल’ भनी कहिल्यै भन्नेछैन।
17
म त्यसलाई फेरि कहिल्यै बालको नाम लिन दिनेछैन।
18
त्यस बेला म सबै जङ्गली जनावरहरू र चरा-चुरुङ्गीहरूसित मेरा प्रजालाई तिनीहरूले कुनै हानि नगरून् भनी एउटा करार बाँध्नेछु। देशबाट सबै लडाइँका हात-हतियारहरू, तरवारहरू र धनुहरू म हटाउनेछु र मेरा प्रजालाई शान्ति र सुरक्षाका साथ बास गर्न दिनेछु।
19
ए इस्राएल, म तँलाई मेरी स्वास्नी बनाउनेछु। म तेरो साँचो र विश्वासयोग्य लोग्ने हुनेछु। म तँलाई निरन्तर प्रेम र दया देखाउनेछु। सधैँको लागि तँ मेरो हुनेछस्।
20
मेरो प्रतिज्ञा पूरा गरी तँलाई आफ्नै बनाउनेछु र तैँले मलाई परमप्रभु भनी स्वीकार्नेछस्।
21
[21-22] त्यस बेला मेरा प्रजा इस्राएलका प्रार्थनाको उत्तर दिनेछु। म जमिनमा धेरै वर्षा पठाउनेछु र जमिनले अन्न, दाख र जैतुन उब्जाउनेछ।
23
यही देशमा म मेरो प्रजालाई बसाल्नेछु र त्यहाँ तिनीहरूको फलिफाप हुनेछ। ‘माया नगरिएकी’ लाई म मेरो माया देखाउनेछु, ‘मेरो प्रजा होइन’ लाई “तिमीहरू मेरा प्रजा हौ,” भन्नेछु। र तिनीहरूले “तपाईं हाम्रा परमेश्वर” भन्नेछन्।
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 3 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14