bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Hosea 6
Hosea 6
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 5
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 7 →
1
मानिसहरू भन्दछन्, “हामी परमप्रभुकहाँ फर्कौं! उहाँले हामीलाई चोट पार्नुभयो, उहाँले नै हामीलाई निश्चय निको पार्नुहुनेछ। उहाँले हामीलाई घाइते बनाउनुभयो, उहाँले हाम्रा घाउमा मलम-पट्टी लगाइदिनुहुनेछ, होइन र?
2
दुई तीन दिनमा उहाँले हामीलाई फेरि जगाउनुहुनेछ र हामी उहाँका सामुन्नेमा जिउनेछौं।
3
हामीहरू परमप्रभुलाई चिन्ने चेष्टा गरौं। जसरी बिहान उज्यालो हुन्छ वा जमिन भिजाउने बसन्त ऋतुको झरी निश्चय आउनेछ, त्यसरी नै उहाँ हामीकहाँ अवश्यै आउनुहुनेछ।”
4
तर परमप्रभु भन्नुहुन्छ, “हे इस्राएल र यहूदा, म तिमीहरूलाई के गरूँ? मप्रति तिमीहरूको प्रेम बिहानको कुइरोझैँ छिट्टै हराउँछ। त्यो त बिहानै बिलाउने शीतजस्तो छ।
5
त्यही कारण मैले आफ्नो न्याय र विनाशको खबर दिन तिमीहरूकहाँ मेरा अगमवक्ताहरू पठाएको छु। म तिमीहरूबाट जे चाहन्छु, त्यो सरल र सफा छ।
6
म तिमीहरूका पशु बलिहरू होइन तर निरन्तर प्रेम चाहन्छु। मेरा प्रजाले मलाई होमबलिहरू चढाएको भन्दा बरु तिनीहरूले मलाई चिनेको म चाहन्छु।
7
“तर आदमले जस्तै मैले तिनीहरूसित गरेको मेरो करार तिनीहरूले भङ्ग गरे।
8
गिलाद दुष्टहरू र हत्याराहरूले भरिएको सहर हो।
9
पूजाहारीहरू चाहिँ मानिसलाई बाटो ढुकेर बस्ने डाँकुहरूका दलझैँ छन्। शेकेमका पवित्रस्थानमा जाने बाटोमा पनि तिनीहरूले हत्या गर्छन्। तिनीहरूले जानी-जानी यी दुष्ट काम गर्छन्।
10
इस्राएलमा मैले एउटा डरलाग्दो कुरो देखेको छु, मूर्तिपूजा गरेर मेरा प्रजाले, आफैंलाई बिटुल्याएका छन्।
11
“अनि हे यहूदाका बासिन्दाहरू हो, तिमीहरूलाई पनि आ-आफ्ना कामअनुसार दण्ड दिने समय मैले तोकेको छु।
← Chapter 5
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 7 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14