bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Hosea 4
Hosea 4
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 5 →
1
यस देशका बासिन्दाहरूलाई परमप्रभुले दोषी ठहर्याउनुहुन्छ। ए इस्राएल, उहाँले के भन्दै हुनुहुन्छ, सो सुन्, “यस देशमा विश्वास र प्रेम छैन अनि यहाँका बासिन्दाहरूले मलाई परमेश्वर भनी स्वीकार्दैनन्।
2
तिनीहरू प्रतिज्ञा गर्छन् र तोड्छन्, तिनीहरू झूट बोल्छन्, हत्या, चोरी र व्यभिचार गर्छन्। अपराध बढ्छ, एकपछि अर्को गर्दै हत्या हुन्छ।
3
यसकारण यो देश सुकेर जानेछ र यसमा बास गर्ने हरेक प्राणी मर्नेछ। सबै पशु-पंक्षीहरू र माछाहरूसमेत नष्ट हुनेछन्।”
4
परमप्रभु भन्नुहुन्छ, “कसैले मानिसहरूलाई दोष नलाओस् वा नहप्काओस्। मेरो आरोप तिमी पूजाहारीहरूमाथि छ।
5
रातदिन तिमीहरू भुल गर्छौ। अगमवक्ताहरूको हाल पनि त्यस्तै नराम्रो छ। म तिमीहरूकी आमा इस्राएललाई नाश पार्नेछु।
6
मेरा प्रजाले मलाई नजानेका हुनाले तिनीहरूको विनाश निश्चय हुनेछ। तिमी पूजाहारीहरूले मलाई मान्न अस्वीकार गर्यौ र मेरो शिक्षा इन्कार गर्यौ। यसकारण म तिमीहरूलाई इन्कार गर्छु र तिमीहरूका सन्तानहरूलाई मेरा पूजाहारीहरू हुन अस्वीकार गर्छु।
7
“तिमी पूजाहारीहरू जति सङ्ख्यामा बढ्दै जान्छौ, उति ज्यादा तिमीहरू मेरा विरुद्धमा पाप गर्छौ। यसकारण म तिमीहरूका मानलाई अपमानमा परिवर्तन गरिदिनेछु।
8
मेरा प्रजाका पापद्वारा तिमीहरू धनी हुँदै जाँदछौ र तिनीहरूले झन् बढ्ता पाप गरेका तिमीहरू चाहन्छौ।
9
तिमीहरूले पनि मानिसहरूले जस्तै दण्ड भोग्नेछौ। म तिमीहरूलाई दण्ड दिनेछु र तिमीहरू आफैंले गरेको खराबीको मोल चुकाउनेछौ।
10
तिमीहरूले आफ्नो भागमा पर्ने बलिदानको हिस्सा खानेछौ तर तिमीहरूको भोक मेटिनेछैन। तिमीहरू सन्तान दिने देवी-देवताहरूलाई पुज्नेछौ तर सन्तान पाउनेछैनौ किनभने तिमीहरू मबाट तर्केर पराई देवी-देवतापछि लागेका छौ।”
11
परमप्रभु भन्नुहुन्छ, “नयाँ र पुरानो दाखमद्यले गर्दा मेरा मानिसहरूको बुद्धि हराउँदै छ।
12
तिनीहरू काठको टुक्रासित ज्ञान, प्रकाशको निम्ति सोध्छन्। एउटा लौरोले तिनीहरूलाई ज्ञान प्रकट गर्दछ। तिनीहरूले मलाई त्यागेका छन्। एउटी स्त्री वेश्या भएकी जस्तै तिनीहरू अरू देवताहरूतिर लागेका छन् र बलि चढाउँछन्।
13
तिनीहरूले पहाडका टुप्पाहरूमा बलि चढाउँछन् र शीतल छहारी दिने डाँडा-डाँडामा भएका अग्ला-अग्ला झ्याम्म परेका रूखका छायामुनि धूप बाल्छन्। “यसैकारण तिम्रा छोरीहरू वेश्या भएका छन् र तिम्रा बुहारीहरूले व्यभिचार गर्छन्।
14
तरै पनि यसको निम्ति म तिनीहरूलाई दण्ड दिनेछैनँ किनभने तिमीहरू आफैं देवी थानका वेश्याहरूसित सुत्छौ र तिनीहरूसित मिलेर मूर्तिलाई बलिदान चढाउँछौ। यसैले ‘समझबिनाका मानिसहरू विनाश हुन्छन्’ भन्ने उखान ठीक ठहर्छ।
15
“ए इस्राएल, तैँले व्यभिचार गरे पनि यहूदा दोषी नहोस्। तिमीहरू गिलगालमा नजाओ न बेथ-आवनमा जाओ र ‘जीवित परमप्रभुलाई साक्षी राखी’ भन्दै शपथ नखाओ।
16
इस्राएलका मानिसहरू खच्चरझैँ ढिट छन्। भेडाका पाठाहरूलाई झैँ तिनीहरूलाई कसरी म चराउन सक्छु र?
17
इस्राएलका मानिसहरू मूर्तिसँग गाँसिएका छन्। तिनीहरूलाई आफ्नै चालमा छोडिदेऊ।
18
धेरै मद्य पिएपछि वेश्यावृत्ति गर्न तिनीहरू आनन्दित हुन्छन् र त्यसरी तिनीहरूका अगुवाहरू इज्जतका सट्टामा बेइज्जती रुचाउँछन्।
19
बतासले उडाएझैँ तिनीहरू उडी जानेछन् र मूर्तिहरूका अघि आफैंले चढाएका बलिदानहरूका कारणले लाजमापर्नेछन्।
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 5 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
Recommended Reading
Commentary
Hosea Commentaries
→
Devotional
Hosea Devotional Guide
→
Get This Bible
Nepali - (सरल नेपाली पवित्र बाइबल) Study Bible
→