bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Exodus 10
Exodus 10
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 9
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 11 →
1
फेरि परमप्रभुले मोशालाई भन्नुभयो, “फारोकहाँ जा, किनकि उनीहरूका बीचमा मेरा यी चिन्हहरू देखाऊँ भनेर नै मैले त्यो र त्यसका अधिकारीहरूका हृदय कठोर गरेको हुँ,
2
ताकि मैले कसरी मिश्रीहरूको उपहास गरें, र उनीहरूका बीचमा कस्ता-कस्ता चिन्हहरू देखाएँ सो तैंले आफ्ना छोरा-नातिहरूलाई बताउनू, र परमप्रभु म नै हुँ भनी तँलाई थाहा होस्।”
3
तब मोशा र हारून फारोकहाँ गएर उनलाई भने, “परमप्रभु हिब्रूहरूका परमेश्वर भन्नुहुन्छ, ‘कहिलेसम्म तँ मेरो अगि नम्र हुन अस्वीकार गर्छस्? मेरा प्रजालाई जान दे, र तिनीहरूले मेरो आराधना गरून्।
4
तैंले मेरा प्रजालाई जान दिन अस्वीकार गरिस् भने, भोलि म तेरा सिमानाभित्र सलहहरू ल्याउनेछु।
5
तिनीहरूले जमिनको सतह यस्तो गरी ढाक्नेछन् कि जमिन देखिनेछैन। असिनाबाट जोगिएर उब्रेका सबै कुरा तिनीहरूले खानेछन्। तिमीहरूका वनमा उम्रेका सबै रूखपात तिनीहरूले खानेछन्।
6
तेरा घरमा र तेरा सबै अधिकारीहरूका घरमा र सारा मिश्रीहरूका घरमा ती भरिनेछन्। त्यति बिघ्न सलह त तेरा पिता-पुर्खाहरूले यस देशमा आएदेखि आजसम्म कहिल्यै देखेका थिएनन्’।” तब मोशा फर्केर फारोबाट निस्केर गए।
7
फारोका अधिकारीहरूले उनलाई भने, “कहिलेसम्म यो मानिस हाम्रा लागि पासो बन्ने? ती मानिसहरूलाई तिनीहरूका परमप्रभु परमेश्वरको आराधना गर्नलाई जान दिनुहोस्। मिश्रदेश नष्ट भइसक्यो भन्ने के हजूरलाई थाहा छैन?”
8
अनि मोशा र हारून फारोकहाँ ल्याइए। उनले तिनीहरूलाई भने, “जाओ, परमप्रभु तिमीहरूका परमेश्वरको आराधना गर। तर जानेहरूचाहिँ को-को हुन्?”
9
मोशाले भने, “हामी, हाम्रा केटाकेटी, बूढ़ाबूढ़ी, छोराछोरी, भेड़ाबाख्रा र गाईबस्तुहरू लिएर जानेछौं, किनकि हामीले परमप्रभुको निम्ति चाड़ मान्नुपर्छ।”
10
फारोले भने, “तिमीहरूका परमप्रभु तिमीहरूसँगै रहून्। मैले तिमीहरूलाई आफ्ना आइमाई र बालबच्चाहरूसमेत जान दिने? तिमीहरूको मनमा केही दुष्ट अभिप्राय छ।
11
अँहँ, त्यसो हुँदैन। तिमी पुरुषहरू मात्र गएर परमप्रभुको आराधना गर, किनकि तिमीहरूले त्यही माग गरेका छौ।” अनि मोशा र हारून फारोको सामुन्नेबाट लघारिए।
12
तब परमप्रभुले मोशालाई भन्नुभयो, “सलहहरू मिश्रमा आऊन् भनी आफ्नो हात पसार्, र ती मिश्रमा आएर असिनाबाट बाँचेका बारीका जम्मै सागपातहरू खाइदेऊन्।”
13
अनि मोशाले आफ्नो लहुरो मिश्रमाथि पसारे, र परमप्रभुले त्यस दिनभरि र रातभरि देशमा पूर्वीय बतास चलाउनुभयो। जब बिहान भयो तब पूर्वीय बतासले सलहहरू ल्याएको थियो।
14
अनि सलहहरू मिश्रमा आए, र सारा देशभरि हूलका हूलमा बसे। त्यतिका सलहहरू न त अघि आएका थिए न पछि फेरि आउनेछन्।
15
तिनीहरूले सारा भूमिलाई ढाके, यहाँसम्म कि जमिनै कालो देखियो। अनि तिनीहरूले असिनाबाट बाँचेका, देशका सब सागपात र रूखका सबै फलहरू खाइहाले। मिश्रभरि हरियोपरियो केही रहेन।
16
तब फारोले मोशा र हारूनलाई झट्टै बोलाउन पठाए, र उनले भने, “मैले परमप्रभु तिमीहरूका परमेश्वरको विरुद्धमा र तिमीहरूका विरुद्धमा पाप गरें।
17
यसकारण अब म बिन्ती गर्दछु, फेरि मेरो पाप क्षमा गर, र परमप्रभु आफ्ना परमेश्वरसँग बिन्ती गर, र उहाँले ममाथि आइलागेको यो विपत्ति मबाट हटाइदेऊन्।”
18
तब मोशा फारोकहाँबाट निस्केर गए, र परमप्रभुलाई बिन्ती गरे।
19
अनि परमप्रभुले अति ठूलो पश्चिमी बतास चलाइदिनुभयो, जसले सलहहरूलाई लाल समुद्रतिर उड़ाएर लग्यो, र मिश्रभित्र एउटै पनि सलह रहेन।
20
तर परमप्रभुले फारोको हृदय कठोर पारिदिनुभयो, र उनले इस्राएलीहरूलाई जान दिएनन्।
21
फेरि परमप्रभुले मोशालाई भन्नुभयो, “तेरो हात आकाशतिर पसार्, र मिश्रमा अँध्यारो भइजाओस्। छाम्दा थाहा पाउनेजस्तो अन्धकार होस्।”
22
अनि मोशाले आफ्नो हात आकाशतिर पसारे, र सारा मिश्रमा तीन दिनसम्म निस्पट्ट अन्धकार भयो।
23
तीन दिनसम्म न त कसैले कसैलाई देख्न सक्यो, न कोही आफ्नो ठाउँबाट उठ्न सक्यो। तर सारा इस्राएलीहरू बसेका ठाउँहरूमा भने उज्यालै रह्यो।
24
तब फारोले मोशालाई बोलाउन पठाए, र भने, “जाओ, तिमीहरू आफ्ना परमप्रभुको आराधना गर। केवल तिमीहरूका भेड़ाबाख्रा र गाईबस्तुहरू छोड़िराख। तिमीहरूका आइमाई र बालबच्चाहरू पनि तिमीहरूसँगै जाऊन्।”
25
तर मोशाले भने, “परमप्रभु हाम्रा परमेश्वरको निम्ति बलि गर्नलाई तपाईंले हाम्रा हातमा बलिका सामग्री र होमबलि लिन पनि दिनुपर्छ।
26
हाम्रा गाईबस्तुहरू पनि हामीसँगै जानेछन्, र एउटा खुर पनि पछि छोड़िनु हुन्न। तिनीहरूमध्येकै कुनै-कुनै हामीले परमप्रभु आफ्ना परमेश्वरलाई पुज्नलाई चढ़ाउनुपर्नेछ। जबसम्म हामी त्यहाँ पुग्दैनौं तबसम्म हामीलाई थाहा हुँदैन कि के-के चढ़ाएर हामीले परमप्रभुलाई पुज्नुपर्छ।”
27
तर परमप्रभुले फारोको हृदय कठोर पारिदिनुभयो, र तिनीहरूलाई जान दिन उनी राजी थिएनन्।
28
तब फारोले मोशालाई भने, “मेरो सामुन्नेबाट गइहाल्। होशियार बस्, मेरो सामुन्ने फेरि देखा नपर्, किनभने जुन दिन तैंले मेरो मुख हेर्लास् त्यो दिन तँ मर्नेछस्।”
29
मोशाले भने, “तपाईंले भन्नुभएजस्तै होस्, म फेरि कहिल्यै तपाईंको मुख हेर्नेछैनँ।”
← Chapter 9
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 11 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40