bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Exodus 36
Exodus 36
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 35
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 37 →
1
“यसैले बजलेल, ओहोलीआब र प्रत्येक निपुण मानिस जसलाई यो पवित्रस्थान बनाउने काम गर्न परमप्रभुले ज्ञान र दक्षता दिनुभएको छ, तिनीहरू सबैले परमप्रभुले आज्ञा गर्नुभएअनुसार काम गरून्।”
2
तब बजलेल, ओहोलीआब र परमप्रभुले दक्षता र काम गर्नलाई प्रेरणा दिनुभएका सबै मानिसहरूलाई मोशाले बोलाए।
3
इस्राएलीहरूले पवित्रस्थानको निर्माण कार्यको निम्ति जे-जे ल्याएका थिए, ती सबै भेटी तिनीहरूले मोशाको हातबाट लिए। मानिसहरूले बिहानैपिच्छे स्वेच्छाले अरू पनि भेटी ल्याउँथे।
4
पवित्रस्थानका काम गर्ने सबै निपुण मानिसहरू आ-आफ्नो काम छोड़ेर मोशाकहाँ आए,
5
र तिनीहरूले मोशालाई भने, “परमप्रभुले बनाउनलाई आज्ञा गर्नुभएको कामको निम्ति चाहिएको भन्दा पनि औधी ज्यादा सामानहरू मानिसहरूले ल्याउँदैछन्।”
6
तब मोशाले आज्ञा गरे, र तिनीहरूले छाउनीभरि यो घोषणा गर्न लागे, “पवित्रस्थानका भेटीको निम्ति अब कुनै पुरुष वा स्त्रीले अरू केही थोक नबनाओस्।” यसरी मानिसहरूलाई अझै सामान ल्याउन मनाही गरियो,
7
किनकि निर्माण कार्यको निम्ति तिनीहरूकहाँ चाहिएको भन्दा ज्यादा सामान थियो।
8
काम गर्नेहरूमा जति जना निपुण थिए, तिनीहरूले दश वटा पर्दा भएको पवित्र वासस्थान बनाए। ती पर्दा मसिनो गरी बाटेका सूती कपड़ाका र नीलो, बैजनी र रातो धागोका, सिपालु शिल्पकारले बनाएका करूबहरू भएका थिए।
9
हरेक पर्दाको लमाइ अट्ठाइस हात र चौड़ाइ चार हातको थियो। सबै पर्दाको नाप एकै थियो।
10
तिनीहरूले पाँच पर्दा एक-अर्कोसित गाँसे, अर्का पाँच वटा पर्दा पनि एक-अर्कोसित गाँसे।
11
पहिलो गाँसिएको भागको पल्लो पर्दाको छेउमा तिनीहरूले नीलो सुर्काउनी बनाए। दोस्रो गाँसिएको भागको पल्लो पर्दाको छेउमा पनि त्यसै गरे।
12
एउटा पर्दामा तिनीहरूले पचास वटा सुर्काउनी बनाए, र अर्को गाँसिएको भागको पल्लो पर्दामा पनि तिनीहरूले पचास वटा सुर्काउनी बनाए। ती सुर्काउनीहरू एक-दोस्रोका सामुन्ने थिए।
13
तिनीहरूले सुनका पचास वटा अङ्कुसे बनाएर पर्दाका दुई भाग एक-अर्कासँग जोड़े। यसरी पवित्र वासस्थान एउटै भयो।
14
पवित्र वासस्थानमाथिका पालको निम्ति तिनीहरूले बाख्राको भुत्लाका एघार वटा पर्दाहरू बनाए।
15
हरेक पर्दाको लमाइ तीस र चौड़ाइ चार हातको थियो। ती एघारै वटा पर्दा एउटै नापका थिए।
16
तिनीहरूले पाँच वटा पर्दा एकसाथ र छ वटा पर्दा एकसाथ जोड़े।
17
पहिलो गाँसिएको भागको पल्लो पर्दाको छेउमा तिनीहरूले पचास वटा सुर्काउनी बनाए। अर्को गाँसिएको भागको पल्लो पर्दाको छेउमा पनि तिनीहरूले पचास वटा सुर्काउनी बनाए।
18
फेरि तिनीहरूले त्यो पाल जोड़ेर एउटै पार्नका निम्ति काँसाका पचास वटा अङ्कुसे बनाए।
19
पालको निम्ति तिनीहरूले रातो रङ्गले रङ्गाएको भेड़ाका छालाहरूको एउटा छत बनाए, र त्यसमाथि सीलका छालाहरूको अर्को एउटा छत बनाए।
20
तिनले पवित्र वासस्थानको निम्ति बबुल काठका फल्याकहरू ठाड़ो-ठाड़ो बनाए।
21
हरेक फल्याकको लमाइ दश हात र चौड़ाइ एक हात आधाको थियो।
22
हरेक फल्याकमा दुई-दुई वटा चोसा एक-अर्कोको सामुन्ने राखिएका थिए। यस्तै किसिमले तिनीहरूले पवित्र वासस्थानका सबै फल्याकहरू बनाए।
23
तिनीहरूले पवित्र वासस्थानको दक्षिण भागको निम्ति बीस वटा फल्याक,
24
र बीसै वटा फल्याकका मुन्तिर चाँदीका चालीस वटा आधार बनाए— एक फल्याकको मुन्तिर दुई आधार, र हरेक चोसोमुनि एउटा आधार।
25
अर्कोतिर, अर्थात् पवित्र वासस्थानको उत्तरपट्टि तिनीहरूले बीस वटा फल्याक,
26
र तिनका निम्ति चाँदीका चालीस वटा आधार बनाए— हरेक फल्याकको मुन्तिर दुई वटा आधार।
27
पवित्र वासस्थानको पश्चिमतिर टाढ़ाका भागको निम्ति तिनीहरूले छ वटा फल्याक बनाए।
28
पवित्रस्थानका टाढ़ाका कुनाहरूको निम्ति तिनले दुई वटा फल्याक बनाए।
29
ती दुई कुनाका फल्याकहरू तलदेखि माथिसम्म दोबर खप्टिएका थिए। यसरी ती एउटै मुन्द्रामा जोड़िएका थिए। यसै गरी तिनीहरूले ती दुई एकनास बनाए।
30
जम्मा आठ वटा फल्याक भए, र तिनका निम्ति चाँदीका सोह्र वटा आधार बनाइए। एक-एक फल्याकको मुन्तिर दुई-दुई वटा आधार थिए।
31
तिनीहरूले बबुल काठका बारहरू बनाए— पवित्र वासस्थानको एकापट्टिका फल्याकहरूका निम्ति पाँच वटा बार,
32
र अर्कोपट्टिका फल्याकहरूका निम्ति पाँच वटा बार, र पश्चिमतिर टाढ़ाको भागका फल्याकहरूका निम्ति पाँच वटा बार।
33
तिनीहरूले फल्याकहरूका बीचमा हुने बारचाहिँ एक छेउबाट अर्को छेउसम्म पुग्ने बनाए।
34
तिनीहरूले ती फल्याकहरू सुनले मोहोरे, र बारहरू पक्रनका निम्ति सुनका मुन्द्राहरू बनाए। ती बारहरू पनि तिनीहरूले सुनले मोहोरे।
35
तिनीहरूले नीलो, बैजनी, रातो धागो र मसिनो गरी बाटेको सूती कपड़ाको एउटा छेक्ने पर्दा बनाए। त्यो निपुण शिल्पकारको काम भएका करूबहरू भएको थियो।
36
तिनीहरूले त्यसको निम्ति बबुल काठका चार वटा खम्बाहरू बनाएर सुनले मोहोरे। तिनका अङ्कुसेहरू सुनका थिए। तिनीहरूले तिनका निम्ति चाँदीका चार वटा आधारहरू बनाए।
37
तिनीहरूले पालको ढोकाको निम्ति नीलो, बैजनी, रातो धागो र मसिनो गरी बाटेको सूती कपड़ाको, बुट्टा भर्नेको काम भएको एउटा पर्दा बनाए।
38
तिनीहरूले त्यसका पाँच वटा खम्बा तिनका अङ्कुसेहरूसमेत बनाए। तिनीहरूले खम्बाका टुप्पा र तिनका फित्ता सुनले मोहोरे, र तिनका पाँच वटा आधार काँसाका बनाए।
← Chapter 35
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 37 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40