bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Exodus 34
Exodus 34
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 33
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 35 →
1
परमप्रभुले मोशालाई भन्नुभयो, “पहिलेका जस्तै ढुङ्गाका दुई वटा पाटी काटेर ले। म ती पाटीमा त्यही कुरा लेख्नेछु, जो तैंले फुटाएको पहिलेका पाटीमा लेखिएका थिए।
2
बिहानै तयार भएर सीनै पर्वतको टाकुरामा उक्लेर तँ मेरो सामुन्ने हाजिर हो।
3
कोही मानिस तँसँग नआओस्, न त पर्वतको कुनै भागमा देखा परोस्। कुनै भेड़ाबाख्रा वा गाईबस्तु त्यस पर्वतको अगाड़ि नचरोस्।”
4
तब मोशाले पहिलेकै जस्तो ढुङ्गाका दुई वटा पाटी काटेर परमप्रभुले आज्ञा गर्नुभएझैँ बिहान सबेरै उठी सीनै पर्वतमा उक्ले। तिनले आफ्ना हातमा ती दुई वटा शिला-पाटी पनि लगे।
5
अनि परमप्रभु बादलमा ओर्लनुभयो, र तिनीसँग त्यहाँ खड़ा भएर उहाँले आफ्नो नाउँ “परमप्रभु” घोषणा गर्नुभयो।
6
त्यसपछि परमप्रभु तिनको सामुन्नेबाट गएर यसो भनी घोषणा गर्नुभयो, “परमप्रभु, परमप्रभु टिठ्याउनमा भरिपूर्ण र दयालु परमेश्वर, जो क्रोध गर्नमा ढिलो, र प्रेम र विश्वस्ततामा प्रशस्त हुनुहुन्छ।
7
उहाँले हजारौँ हजारमाथि कृपा देखाउनुहुन्छ, र दुष्टता, विद्रोह र पाप क्षमा गर्नुहुन्छ। तर उहाँले दोषीलाई कुनै किसिमले पनि सजाय दिनुहुन्छ। पिता-पुर्खाका दुष्टताको दण्ड तिनीहरूका छोराछोरी, नातिनातिना, र तेस्रो र चौथो पुस्तासम्म दिनुहुन्छ।”
8
तब मोशाले हत्तपत्त भूइँतिर आफ्नो शिर निहुराएर आराधना गरे।
9
तिनले भने, “यदि मैले तपाईंको दृष्टिमा निगाह पाएको छु भने, हे परमप्रभु, बिन्ती छ, परमप्रभु नै हाम्रा साथमा हिँड्नुहोला। यिनीहरू हठी मानिस भए तापनि हाम्रा दुष्टता र पाप क्षमा गरेर हामीलाई आफ्नो निज उत्तराधिकारको रूपमा ग्रहण गर्नुहोस्।”
10
तब परमप्रभुले भन्नुभयो, “हेर्, तँसँग म एउटा करार बाँध्छु। तेरा सारा मानिसहरूकै सामु म यस्ता आश्चर्यका कामहरू गर्नेछु, जो सारा पृथ्वीमा कुनै जातिमा कहिल्यै गरिएका छैनन्। यी मानिसहरू, जसका बीचमा तँ छस्, तिनीहरूले देख्नेछन् कि म, परमप्रभु, तेरो लागि एउटा आश्चर्यपूर्ण काम गर्नेछु।
11
जुन आज्ञा आज म तँलाई दिँदैछु, त्यो तैंले पालन गर्। हेर्, म तेरो सामुन्नेबाट एमोरी, कनानी, हित्ती, परिज्जी, हिव्वी, र यबूसीहरूलाई धपाउनेछु।
12
होशियार बस्! जुन देशमा तँ जान्छस्, त्यहाँका बासिन्दाहरूसँग तैंले सन्धि नगर्नू, नत्रता उनीहरू तिमीहरूका निम्ति पासो बन्नेछन्।
13
उनीहरूका वेदीहरू भत्काइदिनू। उनीहरूका चोखा ढुङ्गाहरू टुक्रा-टुक्रा पारिदिनू, र उनीहरूका अशेरा देवीका मूर्तिहरूलाई काटेर ढालिदिनू।
14
तिमीहरूले अन्य कुनै देवताको पूजा नगर्नू, किनकि परमप्रभु, जसको नाउँ “डाही” हो, डाह गर्ने परमेश्वर नै हुनुहुन्छ।
15
“होशियार, त्यस देशका बासिन्दाहरूसित तिमीहरूले सन्धि नगर्नू, नत्र उनीहरू आफ्ना देवताहरूका पछि लागेर आत्मिक व्यभिचारझैँ गर्दा र आफ्ना देवताहरूका लागि बलि गर्दा, उनीहरूले तिमीहरूलाई बोलाउनेछन् र तिमीहरूले उनीहरूका बलिदानहरू खानेछौ।
16
जब उनीहरूका छोरीहरूमध्येका कुनैलाई तिमीहरूले आफ्ना छोराहरूका निम्ति ल्याऔला, र ती छोरीहरू आफ्ना देवताहरूपछि आत्मिक व्यभिचारझैँ गर्लान्, तब तिनीहरूले तिमीहरूका छोराहरूलाई पनि त्यही गर्न लाउनेछन्।
17
“तिमीहरूले आफ्ना निम्ति ढलौटे मूर्तिहरू नबनाउनू।
18
“अखमिरी रोटीको चाड़ मान्नू। मेरो आज्ञाबमोजिम आबीब महिनाको तोकिएको समयमा सात दिनसम्म अखमिरी रोटी खाँदैरहनू। किनभने आबीब महिनामा तिमीहरू मिश्रदेशबाट निक्लेर आएका हौ।
19
“गर्भ खोल्ने सबै मेरा हुन्। तिमीहरूका पशुका सबै भाले, गाईबस्तुका र भेड़ाबाख्राका पहिले बियाएका मेरै हुन्।
20
गधैनीको पहिलो बियाएको बछेड़ालाई पाठो दिएर छुटाउनू। त्यसलाई छुटाएनौ भने त्यसको घाँटी भाँचिदिनू। आफ्ना सबै जेठा छोराहरूलाई केही दिएर छुटाउनू।” “मेरो सामुन्ने कोही पनि रित्तै देखा नपरोस्।
21
“छ दिनसम्म आफ्ना कामकाज गर्दैरहनू, तर सातौँ दिनमा चाहिँ विश्राम गर्नू। हलो जोत्ने र कटनी गर्ने समयमा पनि विश्राम गर्नू।
22
“तिमीहरूले साताहरूको चाड़ पहिले उब्जिएको गहूँसाथ मान्नू, र वर्षको आखिरमा अन्न भित्र्याउने चाड़ पनि मान्नू।
23
वर्षमा तीन पल्ट तिमीहरूका सबै पुरुषहरू इस्राएलका परमप्रभु परमेश्वरको सामु देखा परून्।
24
म जाति-जातिहरूलाई तिमीहरूका सामुबाट निकालिदिनेछु, र तिमीहरूको सिमाना बढ़ाइदिनेछु। जब तिमीहरू परमप्रभु आफ्ना परमेश्वरको सामु वर्षमा तीन पल्ट देखा परौला, तब कसैले तिमीहरूका जमिनको लोभ गर्नेछैन।
25
“मलाई चढ़ाइने बलिको रगत खमिर हालेको केही रोटीसित नचढ़ाउनू, र निस्तार-चाड़को बलिमध्येको केही पनि बिहानसम्म नछोड्नू।
26
“तिमीहरूको जमिनका अगौटे फलमध्येका सबभन्दा असल फलचाहिँ परमप्रभु आफ्ना परमेश्वरको घरमा ल्याउनू।” “बाख्राको पाठो त्यसको माउको दूधमा नपकाओ।”
27
तब परमप्रभुले मोशालाई भन्नुभयो, “यी कुरा लेख्, किनकि यी नै कुराबमोजिम तँ र इस्राएलसित मैले करार बाँधेको छु।”
28
मोशा त्यहाँ परमप्रभुसित चालीस दिन र चालीस रात रहे। तिनले न त रोटी खाए न पानी पिए। तिनले ती शिला-पाटीहरूमा त्यस करारका वचन, अर्थात् ती दश आज्ञाहरू लेखे।
29
जब मोशा गवाहीका ती दुई शिला-पाटी आफ्ना हातमा लिएर सीनै पर्वतबाट ओर्लेर आए, तब परमेश्वर तिनीसित कुरा गर्नुभएकोले आफ्नो अनुहार चम्कँदैछ भन्ने कुरो मोशालाई थाहा थिएन।
30
जब हारून र सारा इस्राएलीहरूले मोशालाई देखे, तब तिनको अनुहार चम्केको तिनीहरूले देखे, र तिनको नजिक आउन तिनीहरू डराए।
31
तर मोशाले तिनीहरूलाई बोलाए, र समुदायका सारा नाइकेहरूसमेत हारून तिनीकहाँ फर्केर आए, अनि मोशाले तिनीहरूसित कुरा गरे।
32
त्यसपछि सारा इस्राएलीहरू पनि नजिक आए, अनि जे परमप्रभुले तिनलाई सीनै पर्वतमा भन्नुभएको थियो, ती सबै तिनले तिनीहरूलाई आज्ञाको रूपमा सुनाए।
33
जब मोशाले तिनीहरूसित कुरा गरिसके, तब तिनले आफ्नो अनुहारमा एउटा घुम्टो हाले।
34
तर जब मोशा परमप्रभुको सामुन्ने उहाँसित कुरा गर्न जान्थे, तब बाहिर ननिस्कुञ्जेल त्यो घुम्टो उतार्थे। जे आज्ञा तिनले पाउँथे, त्यो तिनले बाहिर आएर इस्राएलीहरूलाई सुनाउँथे।
35
इस्राएलीहरूले मोशाको अनुहार चम्केको देख्तथे। तब मोशाले परमप्रभुसित कुरा गर्नलाई भित्र नपसुञ्जेल त्यो घुम्टो आफ्नो अनुहारमा फेरि लगाउँथे।
← Chapter 33
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 35 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40