bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Exodus 33
Exodus 33
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 32
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 34 →
1
तब परमप्रभुले मोशालाई भन्नुभयो, “मिश्रबाट ल्याएका यी मानिसहरूसँग त्यस देशमा जा, जसको विषयमा ‘तेरा सन्तानलाई दिनेछु’ भनेर मैले अब्राहाम, इसहाक र याकूबसित शपथ खाएको थिएँ।
2
म तिमीहरूका अगिअगि एउटा दूत पठाउनेछु, र कनानी, एमोरी, हित्ती, परिज्जी, हिव्वी र यबूसीहरूलाई धपाउनेछु।
3
दूध र मह बग्ने त्यो देशमा जाओ। तर तिमीहरू हठी मानिस हौ, यसकारण म तिमीहरूका बीचमा हिँड्नेछैनँ, नत्रता बाटैमा म तिमीहरूलाई नाश गरुँला।”
4
जब मानिसहरूले यो नराम्रो समाचार सुने, तब तिनीहरूले अफसोस गरे, र कसैले आफ्ना गहनाहरू लगाएन।
5
किनकि परमप्रभुले मोशालाई भन्नुभएको थियो, “इस्राएलीहरूलाई भन्, ‘तिमीहरू हठी मानिस हौ। म एक क्षणको निम्ति पनि तिमीहरूका बीचमा आएँ भने म तिमीहरूलाई भस्म पार्नेछु। अब तिमीहरूले आफ्ना गहनाहरू फुकाल, र तिमीहरूसित के गर्नुपर्ने हो, सो म विचार गरुँला’।”
6
यसैले होरेब पर्वतमा इस्राएलीहरूले आफ्ना गहनाहरू फुकाले।
7
मोशाले चाहिँ छाउनीदेखि बाहिर धेरै टाढ़ामा पाल टाँग्ने गर्थे। तिनले त्यसलाई “भेट हुने पाल” भन्थे। परमप्रभुसित भेट गर्न चाहने प्रत्येक व्यक्ति छाउनीको बाहिर भएको त्यही भेट हुने पालमा जान्थ्यो।
8
जब मोशा निस्केर भेट हुने पालमा जान्थे, तब सबै मानिसहरू उठेर आफ्नो पालको ढोकामा खड़ा भई मोशा त्यस पालभित्र नपसुञ्जेलसम्म तिनीतिर नै हेरिरहन्थे।
9
जब मोशा त्यस पालभित्र पस्थे तब बादलको खामो ओर्लेर पालको ढोकामा खड़ा रहन्थ्यो। तब परमप्रभु मोशासित कुरा गर्नुहुन्थ्यो।
10
जब मानिसहरूले बादलको खामो पालको ढोकामा खड़ा भएको देख्तथे, तब तिनीहरू उठेर आ-आफ्नो पालको ढोकामा आराधना गर्थे।
11
परमप्रभु मोशासित यसरी आमने-सामने कुरा गर्नुहुन्थ्यो, जसरी कोही आफ्ना मित्रसित कुरा गर्दछ। तब मोशा फर्केर छाउनीमा आउँथे, तर तिनको जवान सहायक, नूनका छोरा यहोशू, त्यस पालबाट निस्कँदैनथे।
12
अनि मोशाले परमप्रभुलाई भने, “तपाईंले मलाई ‘यी मानिसहरूलाई लिएर जा’ भन्नुहुन्छ, तर मसित को-को पठाउनुहुन्छ तपाईंले मलाई थाहा दिनुभएको छैन। तपाईंले भन्नुभएको छ, ‘म त तँलाई तेरो नाउँले नै चिन्छु: र तँमाथि मेरो निगाह भएको छ’।
13
यदि तपाईंको निगाह ममाथि भएको छ भने, अब मलाई तपाईंको मार्ग देखाउनुहोस्, र म तपाईंलाई चिन्न सकूँ र तपाईंको दृष्टिमा निगाह पाइरहन सकूँ। यो जाति तपाईंकै हो भनी सम्झनुहोस्।”
14
अनि परमप्रभुले भन्नुभयो, “मेरो उपस्थिति तँसँग जानेछ, र म तँलाई विश्राम दिनेछु।”
15
तब मोशाले उहाँलाई भने, “यदि तपाईंको उपस्थिति हामीसित गएन भने हामीलाई यहाँबाट उता नलानुहोस्।
16
तपाईं हामीसितै नगएसम्म म र तपाईंका यी मानिसहरूले तपाईंको निगाह पाएका छौं भनेर हामीले कसरी जान्ने? अरू के कुराले म र तपाईंका मानिसहरू पृथ्वीका सारा मानिसहरूदेखि भिन्नै हुन्छौं?”
17
तब परमप्रभुले मोशालाई भन्नुभयो, “तैंले भनेकै कुरा म गर्नेछु, किनकि तैंले मेरो दृष्टिमा निगाह पाएको छस्, र मैले तँलाई नाउँले नै चिनेको छु।”
18
तिनले भने, “अब मलाई तपाईंको महिमा देखाउनुहोस्।”
19
उहाँले भन्नुभयो, “म तेरै सामुन्ने मेरो सारा श्रेष्ठता देखाउनेछु, र तेरै सामुन्ने ‘परमप्रभु’ नाउँको घोषणा गर्नेछु। जसलाई म अनुग्रह गर्न चाहन्छु त्यसलाई म अनुग्रह गर्नेछु। जसलाई म कृपा देखाउन चाहन्छु, त्यसलाई म कृपा देखाउनेछु।”
20
अनि उहाँले भन्नुभयो, “तर तैंले मेरो अनुहार हेर्न सक्दैनस्, किनकि मेरो अनुहार हेरेर मानिस जीवितै रहन सक्दैन।”
21
तब परमप्रभुले भन्नुभयो, “मेरो छेउमा एउटा ठाउँ छ, जहाँ तँ एउटा चट्टानमा खड़ा हो।
22
मेरो महिमा त्यहाँबाट भएर जाँदा तँलाई म त्यस चट्टानको धाँदोमा राख्नेछु, र म त्यहाँबाट भएर नजाउञ्जेल तँलाई मेरै हातले छोपिराख्नेछु।
23
त्यसपछि म मेरो हात उठाउनेछु, र तैंले मेरो पछिको भाग देख्नेछस्, तर मेरो अनुहारचाहिँ देखिनेछैन।”
← Chapter 32
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 34 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40