bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Exodus 40
Exodus 40
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 39
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
1
तब परमप्रभुले मोशालाई भन्नुभयो,
2
“पहिलो महिनाको पहिलो दिन भेट हुने पाल, अर्थात् पवित्र वासस्थान खड़ा गर्नू।
3
त्यसमा गवाहीको सन्दूक राखेर त्यसलाई पर्दाले छेक्नू।
4
टेबिल भित्र ल्याएर त्यसमाथि हुने थोकहरू सजाउनू, र सामदान भित्र ल्याएर त्यसमा दियाहरू मिलाउनू।
5
गवाहीको सन्दूकको सामुन्ने सुनको धूप-वेदी राख्नू, र पवित्र वासस्थानको ढोकाको पर्दा लाउनू।
6
“भेट हुने पाल, अर्थात् पवित्र वासस्थानको ढोकाको सामु होमबलिको वेदी राख्नू।
7
त्यसपछि भेट हुने पाल र वेदीको बीचमा बाटा राखेर त्यसमा पानी हाल्नू।
8
अनि चोकको घेरा वरिपरि खड़ा गर्नू, र चोकको ढोकाको पर्दा टाँग्नू।
9
“अभिषेक गर्ने तेल लिएर पवित्र वासस्थान र त्यसमा भएका सबै थोकलाई अभिषेक गर्नू र त्यसलाई र त्यसका सबै सामान पवित्र गर्नू, अनि त्यो पवित्र हुनेछ।
10
तब होमबलिको वेदी त्यसको सबै सामानसमेत अभिषेक गरेर त्यसलाई पवित्र गर्नू, र त्यो अति पवित्र हुनेछ।
11
बाटा र त्यसका खुट्टा अभिषेक गरेर पवित्र गर्नू।
12
“त्यसपछि हारून र त्यसका छोराहरूलाई भेट हुने पालको ढोकामा ल्याएर तिनीहरूलाई पानीले नुहाउनू।
13
अनि हारूनलाई पवित्र पोशाक पहिराएर त्यसलाई अभिषेक गर्नू, र त्यसले पूजाहारी पदमा मेरो सेवा गरोस् भनेर त्यसलाई पवित्र गर्नू।
14
त्यसका छोराहरूलाई ल्याएर तिनीहरूलाई लबेदा पहिराउनू।
15
तैंले तिनीहरूको बुबालाई अभिषेक गरेझैँ तिनीहरूलाई पनि अभिषेक गर्नू, र तिनीहरूले पूजाहारी पदमा मेरो सेवा गरून्। तिनीहरूको अभिषेकचाहिँ एक अनन्त पूजाहारीगिरीको रूपमा तिनीहरूका सम्पूर्ण पुस्ताभरि हुनेछ।”
16
तब मोशाले त्यसै नै गरे। परमप्रभुले दिनुभएको सबै आज्ञाबमोजिम तिनले गरे।
17
यसरी दोस्रो वर्षको पहिलो महिनाको पहिलो दिन पवित्र वासस्थान खड़ा गरियो।
18
मोशाले पवित्र वासस्थान खड़ा गरे, र त्यसका आधारहरू राखेर त्यसका फल्याकहरू ठाड़ो राखी तिनीहरूमा बार लगाई त्यसका खम्बाहरू खड़ा गरे।
19
त्यसपछि तिनले पवित्र वासस्थानमाथि पाल फिँजाएर पालमाथि छत लगाए, जस्तो परमप्रभुले तिनलाई आज्ञा गर्नुभएको थियो।
20
अनि तिनले गवाही-पाटी ल्याई सन्दूकभित्र राखेर डन्डाहरू सन्दूकमा हाले, र कृपा-आसन सन्दूकमाथि राखे।
21
तब तिनले सन्दूक पवित्र वासस्थानभित्र ल्याए, र छेक्ने पर्दा टाँगेर गवाहीको सन्दूक छेके, जस्तो परमप्रभुले तिनलाई आज्ञा गर्नुभएको थियो।
22
अनि मोशाले भेट हुने पालमा पवित्र वासस्थानको उत्तरतर्फ पर्दाको बाहिरपट्टि टेबिल राखे।
23
त्यसपछि तिनले त्यसमाथि परमप्रभुको सामुन्ने रोटी सजाएर राखे, जस्तो परमप्रभुले तिनलाई आज्ञा गर्नुभएको थियो।
24
तिनले भेट हुने पालमा टेबिलको सामु पवित्र वासस्थानको दक्षिणतिर सामदान राखे।
25
तिनले परमप्रभुको सामुन्ने दियाहरू मिलाए, जस्तो परमप्रभुले तिनलाई आज्ञा गर्नुभएको थियो।
26
मोशाले भेट हुने पालमा पर्दाको सामु सुनको वेदी राखे।
27
तिनले त्यसमा सुगन्धित धूप बाले, जस्तो परमप्रभुले तिनलाई आज्ञा गर्नुभएको थियो।
28
अनि तिनले पवित्र वासस्थानको ढोकामा पर्दा टाँगे।
29
तब तिनले भेट हुने पाल, अर्थात् पवित्र वासस्थानको ढोकामा होमबलिको वेदी राखेर त्यसमा होमबलि र अन्नबलि चढ़ाए, जस्तो परमप्रभुले तिनलाई आज्ञा गर्नुभएको थियो।
30
तिनले भेट हुने पाल र वेदीको बीचमा बाटा राखेर धुनलाई पानी हाले।
31
मोशा, हारून र तिनका छोराहरूले त्यसमा आ-आफ्ना हात-खुट्टा धोए।
32
तिनीहरू भेट हुने पालमा पस्दा अथवा वेदीमा जाँदा तिनीहरूले हात-खुट्टा धुने गर्थे, जस्तो परमप्रभुले मोशालाई आज्ञा गर्नुभएको थियो।
33
तब मोशाले पवित्र वासस्थान र वेदीका चारैतिर चोकको घेरा खड़ा गरे, र चोकको ढोकाको पर्दा टाँगे। यसरी मोशाले काम समाप्त गरे।
34
तब भेट हुने पाल बादलले छोप्यो, र परमप्रभुको महिमाले पवित्र वासस्थान भरियो।
35
अनि मोशा भेट हुने पालमा पस्न सकेनन्, किनकि त्यो बादल त्यसमा बसिरह्यो, र परमप्रभुको महिमाले पवित्र वासस्थान भरियो।
36
आफ्ना सबै यात्राहरूमा, जब त्यो बादल पवित्र वासस्थानबाट माथि उठ्थ्यो, तब इस्राएलीहरू अगि बढ्थे।
37
तर त्यो बादल माथि उठेन भने, जुन दिनसम्म त्यो माथि उठ्दैनथ्यो तिनीहरू हिँड्दैनथे।
38
तसर्थ सबै इस्राएलीहरूका घरानाअगि र तिनीहरूका सबै यात्राभरि दिउँसो परमप्रभुको बादल पवित्र वासस्थानमा हुन्थ्यो, र रातीचाहिँ बादलमा आगो हुन्थ्यो।
← Chapter 39
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40