bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Exodus 21
Exodus 21
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 20
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 22 →
1
“अब मैले तिमीहरूको सामु राख्ने विधानहरू यी नै हुन्।
2
“तिमीहरूले हिब्रू कमारा किन्यौ भने त्यसले छ वर्षसम्म सेवा गरोस्। तर सातौँ वर्षमा केही नतिरी त्यो स्वतन्त्र भएर जाओस्।
3
त्यो एकलै आएको भए एकलै जाओस्। त्यसले विवाह गरेर आएको भए त्यसकी पत्नी पनि त्यसैसँग जाओस्।
4
यदि त्यसका मालिकले त्यसलाई पत्नी दिएका भए, र त्यसले छोराछोरीहरू जन्माई भने, पत्नी र छोराछोरीहरू त्यसका मालिकका हुनेछन्, र त्यो मात्र स्वतन्त्र भएर जाओस्।
5
“तर यदि त्यस कमाराले स्पष्टसँग, मलाई मेरा पत्नी र छोराछोरीहरूको माया लाग्छ, म स्वतन्त्र हुन चाहन्नँ भन्यो भने,
6
त्यसको मालिकले त्यसलाई न्यायकर्ताहरूकहाँ ल्याओस्, र त्यसलाई ढोका कि ढोकाको सँघारमा ल्याएर त्यसको कान सुतारोले छेड़ोस्। त्यसपछि त्यो आजीवन मालिकको नोकर हुनेछ।
7
“यदि कुनै मानिसले आफ्नी छोरी कमारी हुनलाई बेचेको छ भने, त्योचाहिँ कमाराझैँ स्वतन्त्र भएर नजाओस्।
8
त्यसलाई ल्याएर पनि त्यसको मालिकलाई त्यो असल लागेन भने मोल तिरेर त्यो छुटोस्। मालिकले त्यससँग कुव्यवहार गरेको कारण त्यसलाई विदेशीको हातमा बेच्ने त्यसलाई अधिकार हुनेछैन।
9
यदि मालिकले त्यसलाई आफ्नो छोरालाई दिएको भए, त्यससित छोरीलाईझैँ व्यवहार गरोस्।
10
त्यसले अर्की पत्नी ल्यायो भने, पहिलीलाई खानेकुरा र लुगाफाटा दिन र दाम्पत्य कर्तव्य पूरा गर्न त्यसले नछोड़ोस्।
11
यदि मालिकले त्यससित यी तीनै वटा काम गरेन भने, त्यो केही नतिरी विनामोल स्वतन्त्र होस्।
12
“कसैले कुनै मानिसलाई मर्ने गरी हिर्कायो भने त्यो पनि मारिनैपर्छ।
13
तर यदि कुनै मानिसले सो जानाजानी गरेको थिएन तर परमेश्वरले त्यसो हुन दिनुभएको हो भने, त्यो भाग्नलाई म एउटा स्थान तोकिदिनेछु।
14
तर यदि अर्को मानिसलाई युक्ति गरेर कुनै मानिसले मार्यो भने, त्यसलाई मेरो वेदीबाटै भएपनि मार्नका निम्ति लैजानू।
15
“जसले आफ्नो बुबा वा आमालाई हिर्काउँछ, त्यो मारिनैपर्छ।
16
जसले कुनै मानिसलाई अपहरण गर्छ वा बेच्छ अथवा पक्रिँदा त्यो त्यसकै हातमा फेला पर्छ, त्यो मारिनैपर्छ।
17
“जसले आफ्नो बुबा वा आमालाई सराप्छ, त्यो मारिनैपर्छ।
18
“यदि मानिसहरू झगड़ा गरेर एउटाले अर्कालाई ढुङ्गाले अथवा मुक्काले हिर्कायो, र त्यो मर्न त मरेन तर ओछ्यानमा पर्यो,
19
र त्यो फेरि उठेर लाठीको भरले यताउता हिँड्डुल गर्ने भयो भने, त्यसलाई हिर्काउने मानिस निर्दोष ठहरिनेछ। तर त्यो पस्रिरहेको समयको खर्च हिर्काउने मानिसले देओस्, र त्यो पूरा निको नभएसम्म त्यसले त्यसको उपचार गरोस्।”
20
“यदि कुनै मानिसले आफ्नो कमारा वा कमारीलाई लाठीले हिर्काउँदा त्यसको हातले त्यो मर्यो भने, त्यसको दण्ड हुनैपर्छ।
21
तर त्यो एक-दुई दिनपछि उठ्यो भने मालिकलाई दण्ड नमिलोस्, किनकि त्यो उसको धन हो।
22
“यदि मानिसहरू आपसमा लड़न्त गर्दा कुनै गर्भवती स्त्रीलाई चोट लाग्यो, र महिना नपुगीकनै त्यसले बच्चा जन्माई तर स्त्रीलाई चाहिँ केही नोक्सानी भएन भने स्त्रीको पतिले भनेबमोजिम र अदालतले तोकेअनुसारको दण्ड चोट लगाउने मानिसले देओस्।
23
तर स्त्रीको केही नोक्सानी भयो भने, प्राणको सट्टा प्राण,
24
आँखाको सट्टा आँखा, दाँतको सट्टा दाँत, हातको सट्टा हात, खुट्टाको सट्टा खुट्टा,
25
डामको सट्टा डाम, चोटको सट्टा चोट, कुटाइको सट्टा कुटाइ त्यस मानिसलाई मिलोस्।”
26
“यदि कुनै मानिसले आफ्नो कमारो अथवा कमारीको आँखामा हिर्काएर त्यो बिगारिदियो भने, त्यसको आँखाको कारण त्यसलाई स्वतन्त्र गरिदेओस्।
27
यदि त्यसले कमारो अथवा कमारीको दाँत झारिदियो भने, त्यसलाई त्यसको दाँतको कारण स्वतन्त्र गरिदेओस्।
28
“यदि गोरुले कुनै पुरुष वा स्त्रीलाई सीङले हानेर मार्यो भने, त्यो गोरुलाई ढुङ्गाले हिर्काएर मार्नू, र त्यसको मासु नखानू, तर गोरुको मालिकचाहिँ निर्दोष हुनेछ।
29
तर यदि त्यस गोरुको अघि पनि हान्ने बानी थियो, र यस कुराको सूचना मालिकलाई दिएर पनि त्यसले गोरु बाँधेर नराख्दा कुनै पुरुष वा स्त्रीलाई मार्यो भने, त्यो गोरुलाई ढुङ्गाले हानेर मार्नू, र त्यसको मालिकलाई पनि मार्नू।
30
तर त्यस मानिसलाई तिरेर छुटाउने मोल तोकिएको भए त्यसले आफ्नो प्राणको निम्ति तोकिएको मोल देओस्।
31
गोरुले कसैको छोरो वा छोरीलाई हानेर मार्यो भने पनि यही नियमअनुसार गर्नू।
32
यदि गोरुले कुनै कमारो अथवा कमारीलाई हानेर मारेको छ भने, गोरुको धनीले त्यसको मालिकलाई चाँदीका तीस सिक्का देओस्, र त्यस गोरुलाई चाहिँ ढुङ्गाले हानेर मार्नू।
33
“यदि कुनै मानिसले कूवा उदाङ्गै राख्यो वा कूवा खनेर त्यो छोपेन र त्यसमा गोरु कि गधा खस्यो भने,
34
त्यो कूवाको मालिकले त्यसको क्षतिपूर्ति गरोस्। त्यसले गोरु कि गधाको मालिकलाई रुपियाँ दिओस्, र त्यो मरेको पशुचाहिँ त्यसकै होस्।
35
“यदि कसैको गोरुले अर्काको गोरुलाई हानेर मार्यो भने, तिनीहरूले जिउँदो गोरुलाई बेचेर त्यसको दाम र त्यो मरेको गोरु पनि बराबर बाँड़ेर लैजाऊन्।
36
तर त्यस गोरुको अघिदेखि नै हान्ने बानी छ भनेर थाहा भएर पनि त्यसको मालिकले त्यसलाई बाँधेर राखेको थिएन भने, त्यसले गोरुको सट्टामा गोरु देओस्, र त्यो मरेको पशुचाहिँ त्यसको नै होस्।”
← Chapter 20
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 22 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40