bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Exodus 2
Exodus 2
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 3 →
1
अब लेवीका कुलका एक जना मानिसले लेवीकै कुलकी एउटी केटीलाई विवाह गरे।
2
अनि ती स्त्री गर्भवती भइन् र एक जना छोरो जन्माइन्। त्यस बालकलाई सुन्दर देखेर तिनले त्यसलाई तीन महिनासम्म लुकाइराखिन्।
3
जब तिनले त्यसलाई अझ लुकाउन सकिनन्, तब त्यसको निम्ति कुशको एउटा टोकरी ल्याइन्, र त्यसलाई तारपीन र अलकत्राले लिपेर बालकलाई त्यसैमा राखेर नील नदीको तीरमा नर्कट झाड़ीको बीचमा राखिदिइन्।
4
अनि बालककी दिदीचाहिँ त्यसलाई के हुँदोरहेछ भनेर हेर्नलाई टाढ़ामा उभिरही।
5
यसै बीचमा फारोकी छोरी नील नदीमा नुहाउनलाई आइन्। तिनका सहेलीहरूचाहिँ नदीको किनारमा टहल्न लागे। तिनले झाड़ीको बीचमा त्यो टोकरी देखिन्, र आफ्नी दासीलाई त्यो लिन पठाइन्।
6
तिनले त्यो खोल्दा बालकलाई देखिन्। त्यो बालक रोइरहेको थियो, अनि तिनले टिठ्याएर त्यसलाई हेरिन् र भनिन्, “यो हिब्रूहरूको कोही एउटा बालक हो।”
7
तब त्यस बालककी दिदीले फारोकी छोरीलाई भनी, “के म गएर हिब्रू स्त्रीहरूमध्ये कोही धाईलाई हजूरको निम्ति यस बालकलाई दूध खुवाउन बोलाएर ल्याऊँ?”
8
तब फारोकी छोरीले त्यसलाई भनिन्, “हुन्छ, जा।” अनि त्यो ठिटी गएर बालककी आमालाई बोलाएर ल्याई।
9
तब फारोकी छोरीले तिनलाई भनिन्, “यस बालकलाई लगेर मेरो निम्ति दूध खुवाउने गर्, र म तेरो ज्याला दिनेछु।” यसैले ती स्त्रीले बालकलाई लगिन्, र त्यसलाई दूध खुवाउने गरिन्।
10
बालक ठूलो भएपछि तिनले त्यसलाई फारोकी छोरीकहाँ ल्याइन्, र त्यो तिनको छोरो भयो। तिनले त्यसको नाउँ मोशा राखिन्, किनकि तिनले भन्थिन्, “मैले यसलाई पानीबाट निकालेकी हुँ।”
11
जब मोशा ठूला भए तब तिनी आफ्ना भाइबन्धुहरूकहाँ गए, र तिनीहरूले गरेका कठिन काम देखे। तिनले आफ्ना भाइबन्धुहरूमध्ये एक जनालाई, अर्थात् एक जना हिब्रूलाई एक जना मिश्रीले हिर्काइरहेको देखे।
12
तब तिनले यताउता हेरे, र कोही पनि नदेख्दा त्यस मिश्रीलाई मारेर बालुवामा पुरिदिए।
13
भोलिपल्ट त्यहाँ जाँदा दुई जना हिब्रूहरू आपसमा कुटपिट गरिरहेका तिनले देखे। तिनले अन्याय गर्नेचाहिँलाई भने, “तिमी आफ्नै हिब्रू मान्छेलाई किन हिर्काउँछौ?”
14
त्यसले भन्यो, “कसले तिमीलाई हाम्रो शासक र न्यायकर्ता तुल्यायो? त्यस मिश्रीलाई मारेजस्तो मलाई पनि मार्न चाहन्छौ?” तब मोशाले डराएर मनमनै भने, “अवश्य यो कुरो फिँजिन लागेछ।”
15
फारोलाई यो कुरा थाहा भयो र उनले मोशालाई मार्ने विचार गरे। तब मोशा फारोदेखि भागेर मिद्यान देशमा गए र त्यहाँ एउटा कूवानेर बसे।
16
मिद्यानका पूजाहारीका सात जना छोरीहरू थिए। तिनीहरू त्यहाँ पानी भर्नलाई आए, र आफ्ना बुबाका भेड़ाबाख्रालाई पानी खुवाउन डूँड़ भर्न लागे।
17
यसै बीचमा गोठालाहरू आएर तिनीहरूलाई धपाउन लागे। तर मोशा उठेर तिनीहरूलाई सहायता गरे, र तिनीहरूका भेड़ाबाख्राहरूलाई पानी खान दिए।
18
जब तिनीहरू आफ्ना बुबा रूएलकहाँ आए तब उनले सोधे, “तिमीहरू कसरी आज यति चाँड़ै आयौ?”
19
तिनीहरूले भने, “एक जना मिश्रीले हामीलाई गोठालाहरूका हातबाट छुटाए। त्यसबाहेक तिनले हाम्रा निम्ति पानी तानेर भेड़ाबाख्राहरूलाई पनि पानी खान दिए।”
20
तब उनले आफ्ना छोरीहरूलाई भने, “तिनी कहाँ छन्? किन तिमीहरूले ती मानिसलाई छोड़ेर आयौ? जाओ, र हामीसित खान तिनलाई बोलाएर ल्याओ।”
21
तब मोशा ती मानिससित बस्न राजी भए। उनले आफ्नी छोरी सिप्पोराचाहिँ मोशालाई विवाहमा दिए।
22
सिप्पोराले एक जना छोरो जन्माइन्, र मोशाले त्यसको नाउँ गेर्शोम राखे, किनकि तिनले भने, “म विदेशमा प्रवासी भएर बसेको छु।”
23
धेरै दिन बितेपछि मिश्रका राजा मरे। इस्राएली जातिले दासत्वको कारण सुस्केरा हालेर पुकारा गर्न लागे। दासत्वको बन्धनमा तिनीहरूले गरेको पुकारा परमेश्वरकहाँ पुग्यो।
24
परमेश्वरले तिनीहरूको सुस्केरा सुन्नुभयो, र अब्राहाम, इसहाक र याकूबसित गर्नुभएको आफ्नो करार सम्झनुभयो।
25
यसैले परमेश्वरले इस्राएलीहरूमाथि नजर राख्नुभयो, र उहाँ तिनीहरूको अवस्थामा चिन्तित हुनुभयो।
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 3 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40