bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Exodus 26
Exodus 26
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 25
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 27 →
1
“तैंले दश वटा पर्दा भएको पवित्र वासस्थान बनाउनू। ती पर्दा मसिनो गरी बाटेको सूती कपड़ाका र नीलो, बैजनी र रातो रङ्गको धागोका होऊन्। तिनमा सिपालु शिल्पकारको काम भएका करूबहरूसमेत तैंले बनाउनू।
2
हरेक पर्दाको लमाइ अट्ठाइस हात र चौड़ाइ चार हातको होस्। सबै पर्दा एकै नापका होऊन्।
3
पाँच वटा पर्दा एक-अर्कोसित गाँस्नू, र अर्का पाँच वटा पनि एक-अर्कोसित गाँस्नू।
4
पहिलो गाँसिएको भागको पल्लो पर्दाको छेउमा नीलो सुर्काउनी बनाउनू। दोस्रो गाँसिएको भागको पल्लो पर्दाको छेउमा पनि त्यस्तै बनाउनू।
5
एउटा पर्दामा पचास वटा सुर्काउनी बनाउनू, अनि दोस्रो गाँसिएको भागको पल्लो पर्दामा पचास वटा सुर्काउनी बनाउनू। ती सुर्काउनीहरू आमनेसामने होऊन्।
6
तब सुनका पचास वटा अङ्कुसे बनाएर पर्दाहरू एक-अर्कोसित ती अङ्कुसेहरूले जोड्नू, र यसरी पवित्र वासस्थान एउटै हुनेछ।
7
“पवित्र वासस्थानमाथिका पालको निम्ति बाख्राको भुत्लाका पर्दाहरू बनाउनू। तैंले एघार वटा पर्दा बनाउनू।
8
प्रत्येक पर्दाको लमाइ तीस हात र चौड़ाइ चार हातको होस्। एघारै पर्दाको नाप एउटै हुनुपर्छ।
9
पाँच वटा पर्दा एकसाथ र छ वटा पर्दा एकसाथ जोड्नू। छैटौँ पर्दालाई चाहिँ पालको अगिल्तिर दोबर पार्नू।
10
पहिलो गाँसिएको भागको पल्लो पर्दाको छेउमा पचास वटा सुर्काउनी बनाउनू, र अर्को गाँसिएको भागको पल्लो पर्दाको छेउमा पनि पचास वटा सुर्काउनी बनाउनू।
11
पाल जोड़ेर एउटै बनाउनलाई तैंले काँसाका पचास वटा अङ्कुसे बनाउनू, र ती अङ्कुसे सुर्काउनीहरूमा लगाउनू।
12
पालका पर्दाहरूका बाँकी रहेको भाग, अर्थात् आधा पर्दाचाहिँ पवित्र वासस्थानको पछिल्तिर झुण्डिरहोस्।
13
पालका पर्दाहरूको बाँकी रहेको एक हात यतातिर र एक हात उतातिर पवित्र वासस्थान ढाक्नलाई त्यसका दुवै छेउ-छेउमा झुण्डिरहून्।
14
रातो रङ्गले लगाएको भेड़ाका छालाको छत पाल ढाक्नलाई बनाउनू, र त्यसको माथि ढाक्नलाई सीलका छालाको अर्को एउटा छत बनाउनू।”
15
“पवित्र वासस्थानको निम्ति बबुल काठका फल्याकहरू ठाड़ो-ठाड़ो बनाउनू।
16
हरेक फल्याकको लमाइ दश हात र चौड़ाइ एक हात आधाको होस्।
17
हरेक फल्याकमा दुई-दुई वटा चोसाहरू एकअर्कोको सामुन्ने राखिएका होऊन्। पवित्र वासस्थानका सबै फल्याकहरू तैंले यसरी नै बनाउनू।
18
पवित्र वासस्थानको दक्षिण भागको निम्ति बीस वटा फल्याक बनाउनू।
19
ती बीसै वटा फल्याकहरूका मुन्तिर चाँदीका चालीस वटा आधार बनाउनू— दुई आधारहरू एक फल्याकको मुन्तिर र हरेक चोसोमुनि एउटा।
20
पवित्र वासस्थानको अर्कोपट्टि, अर्थात् उत्तरपट्टिको निम्ति बीस वटा फल्याक,
21
र तिनका चालीस चाँदीका आधारहरू बनाउनू— एउटा फल्याकको मुन्तिर दुई वटा आधार।
22
पवित्र वासस्थानको टाढ़ाको भाग, अर्थात् पश्चिमी भागको निम्ति छ वटा फल्याक बनाउनू।
23
टाढ़ाको भागका कुनाहरूका निम्ति तैंले दुई वटा फल्याक बनाउनू।
24
ती तलदेखि माथिसम्म दोबर खप्टाइएका होऊन्, र यसरी ती एउटै मुन्द्रामा जोड़िऊन्। ती दुवै फल्याक यस्तै होऊन्।
25
त्यहाँ आठ वटा फल्याक होऊन्, र तिनका निम्ति चाँदीका सोह्र वटा आधार होऊन्। एउटा फल्याकको मुन्तिर दुई वटा आधार होऊन्।”
26
“तैंले बबुल काठका बारहरू बनाउनू— पवित्र वासस्थानका एकातिरका फल्याकहरूका निम्ति पाँच वटा बार,
27
र अर्कोतिरका फल्याकहरूका निम्ति पाँच वटा बार, र पश्चिमतिर टाढ़ाको भागका फल्याकहरूका निम्ति पाँच वटा बार।
28
फल्याकहरूका बीचमा भएको बारचाहिँ एक छेउदेखि अर्को छेउसम्म पुगोस्।
29
फल्याकहरू सुनले मोहोर्नू। बारहरू पक्रनका निम्ति सुनका मुन्द्राहरू बनाउनू। बारहरू पनि सुनले मोहोर्नू।”
30
“तँलाई पर्वतमा देखाएको नमूनाअनुसार पवित्र वासस्थान खड़ा गर्नू।”
31
“अनि नीलो, बैजनी, रातो धागो र मसिनो गरी बाटेको सूती कपड़ाको एउटा छेक्ने पर्दा बनाउनू, र त्यसमा सिपालु शिल्पकारले बनाएका करूबहरू भएका होस्।
32
सुनले मोहोरिएका बबुल काठका चार वटा खम्बामा सुनका अङ्कुसेहरूले त्यो टाँग्नू। ती खम्बाहरू चार वटा चाँदीका आधारमाथि होऊन्।
33
तैंले त्यो छेक्ने पर्दा अङ्कुसेहरूबाट झुण्ड्याउनू र त्यसको पछाड़ि गवाहीको सन्दूक राख्नू। त्यस पर्दाले तिमीहरूका निम्ति पवित्रस्थानलाई महा-पवित्रस्थानबाट अलग गर्नेछ।
34
महा-पवित्रस्थानमा गवाहीको सन्दूकमाथि कृपा-आसन राख्नू।
35
छेक्ने पर्दाको बाहिरपट्टि चाहिँ पवित्र वासस्थानको उत्तरतिर टेबिल राख्नू, र पवित्र वासस्थानको दक्षिणतिर टेबिलको सामुन्ने सामदान राख्नू।”
36
“पालको ढोकाको निम्ति तैंले नीलो, बैजनी, रातो धागो र मसिनो गरी बाटेको सूती कपड़ाको, बुट्टा भर्नेको काम भएको एउटा पर्दा बनाउनू।
37
त्यस पर्दाको निम्ति बबुल काठका पाँच वटा खम्बा बनाउनू, र तिनलाई सुनले मोहोर्नू। तिनका अङ्कुसे सुनका होऊन्, र तिनका निम्ति काँसाका पाँच वटा आधार बनाउनू।”
← Chapter 25
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 27 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40