bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Exodus 35
Exodus 35
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 34
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 36 →
1
मोशाले इस्राएलीहरूका सारा समुदायलाई भेला गराएर तिनीहरूलाई भने, “परमप्रभुले आज्ञा गर्नुभएका तिमीहरूले गर्नुपर्ने कुरा यी नै हुन्:
2
छ दिनसम्म काम गरिओस्, तर सातौँचाहिँ दिन तिमीहरूका निम्ति पवित्र हो। त्यो परमप्रभुको निम्ति शबाथ हो। कसैले त्यस दिन काम गर्यो भने त्यो मारिओस्।
3
तिमीहरूका कुनै घरमा पनि शबाथमा आगो नफुक्नू।”
4
मोशाले इस्राएलीहरूका सारा समुदायलाई यसो भने, परमप्रभुले आज्ञा गर्नुभएको कुरा यही हो:
5
आफ्ना बीचबाट परमप्रभुको निम्ति भेटी ल्याओ। राजीखुशीसँग दिन चाहनेले परमप्रभुका भेटीको रूपमा यी कुरा ल्याओस्: सुन, चाँदी र काँसा,
6
नीलो, बैजनी, रातो धागो र मसिनो सूती कपड़ा, र बाख्राको भुत्ला,
7
रातो रङ्गले रङ्गाएको भेड़ाका छाला, सीलका छाला, र बबुल काठ,
8
प्रकाशको निम्ति तेल, र अभिषेक गर्ने तेलको निम्ति र सुगन्धित धूपको निम्ति मसला,
9
एपोद र छाती-पातामा जड्नका निम्ति आनिक्स र अरू मणिहरू।
10
“तिमीहरूमध्येका जति निपुण छन्, तिनीहरू सबै आएर परमप्रभुले आज्ञा गर्नुभएका सबै कुरा बनाऊन्:
11
पवित्र वासस्थान र त्यसको पाल, पालका छत, अङ्कुसेहरू, फल्याकहरू, बारहरू, खम्बाहरू र आधारहरू,
12
सन्दूक र त्यसका डन्डाहरू, कृपा-आसन र छेक्ने पर्दा,
13
टेबिल र त्यसका डन्डाहरू र त्यसका सबै पात्रहरू र उपस्थितिको रोटी,
14
बत्तीको निम्ति सामदान र त्यसका दियाहरू, र बत्तीको निम्ति तेल,
15
धूपको वेदी र त्यसका डन्डाहरू, अभिषेक गर्ने तेल, सुगन्धित धूप, पवित्र वासस्थानको ढोकाका पर्दा,
16
होमबलिको वेदी र त्यसका काँसाको जाली, त्यसका डन्डाहरू र सबै पात्रहरू, काँसाको धुने बाटा, त्यसका खुट्टासमेत,
17
चोकका पर्दाहरू र त्यसका खम्बाहरू र त्यसका आधारहरू, चोकको मूल ढोकाको निम्ति पर्दा,
18
पवित्र वासस्थान र चोकका कीलाहरू र तिनका डोरीहरू,
19
पवित्रस्थानमा सेवा गर्नका निम्ति बुनेका पोशाकहरू— हारून पूजाहारीको निम्ति पवित्र पोशाकहरू र पूजाहारीको काममा सेवा गर्नलाई तिनका छोराहरूका पोशाकहरू।”
20
तब इस्राएलका सारा समुदाय मोशाका सामुबाट बिदा भए।
21
जस-जसका हृदय प्रेरणाले भरिए र जसका मन इच्छुक भए, तिनीहरूले भेट हुने पालको काम, त्यसका सबै सेवाका काम र पवित्र पोशाकको निम्ति परमप्रभुको लागि भेटी ल्याए।
22
राजीखुशी मन भएका पुरुष र स्त्री दुवैले सबै किसिमका सुनका गहना ल्याए: पीन, कुण्डल, औँठी र सिङ्गारका सामानहरू। तिनीहरूले आफ्ना सुन परमप्रभुलाई डोलाउने भेटीको रूपमा चढ़ाए।
23
जससँग नीलो, बैजनी, रातो धागो, मसिनो सूती कपड़ा, बाख्राका भुत्ला, रातो रङ्ग रङ्गाएका भेड़ाका छालाहरू, र सीलका छालाहरू थिए, ती ल्याए।
24
चाँदी र काँसाका भेटी चढ़ाउने सबैले परमप्रभुको निम्ति भेटीको रूपमा ल्याए। जस-जसकहाँ सेवाको कुनै कामको निम्ति बबुल काठ थियो, त्यो तिनीहरूले ल्याए।
25
आफ्ना हातले कातेका नीलो, बैजनी, रातो धागो र मसिनो सूती कपड़ा हुने निपुण स्त्रीहरूले ती ल्याए।
26
राजीखुशीसँग गर्न चाहने र दक्षता भएका स्त्रीहरूले बाख्राका भुत्ला काते।
27
नायकहरूले एपोद र छाती-पातामा जड्नका निम्ति आनिक्स र अरू मणिहरू ल्याए।
28
बत्ती, अभिषेक गर्ने तेल र सुगन्धित धूपको निम्ति मसला र तेल ल्याए।
29
परमप्रभुले मोशाद्वारा आज्ञा गर्नुभएका सबै कामका निम्ति मनमा इच्छुक भएका इस्राएलीहरूका हरेक स्त्री र पुरुषले राजीखुशीका भेटी ल्याए।
30
तब मोशाले इस्राएलीहरूलाई भने, “हेर, परमप्रभुले यहूदाको कुलका हूरका नाति, ऊरीका छोरा बजलेललाई बोलाउनुभएको छ।
31
उहाँले तिनलाई परमेश्वरका आत्माले, सीप, दक्षता र सबै किसिमका कारीगरीको ज्ञानले परिपूर्ण पार्नुभएको छ।
32
तिनले सुन, चाँदी, काँसामा कलापूर्ण आकार कोर्ने,
33
र पत्थर काट्ने र जड्ने, काठ खोप्ने र सबै किसिमका कारीगरीका काम गरून् भन्ने ध्येयले हो।
34
तिनले र दानका कुलका अहीसामाकका छोरा ओहोलीआबले अरूहरूलाई सिकाऊन् भनेर उहाँले तिनीहरूलाई प्रेरणा दिनुभएको छ।
35
तिनीहरूले सबै किसिमका शिल्पकारी, चित्र बनाउने काम, नीलो, बैजनी, रातो धागो र मसिनो सूती कपड़ामा बुट्टा भर्ने र बुन्ने काममा, सबै किसिमका शिल्पकारी र कलाकारका निपुण काम गरून् भनी तिनीहरूलाई उहाँले दक्षताले परिपूर्ण पार्नुभएको छ।”
← Chapter 34
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 36 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40