bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Exodus 28
Exodus 28
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 27
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 29 →
1
तैंले इस्राएलीहरूका बीचबाट तेरो दाजु हारून र त्यसका छोराहरूलाई तँकहाँ ले, र तिनीहरूले मेरो निम्ति पूजाहारीको काममा सेवा गरून्— हारून र त्यसका छोराहरू, नादाब, अबीहू, एलाजार र ईतामार।
2
गौरव र शोभाको निम्ति तैंले तेरो दाजु हारूनको निम्ति पवित्र पोशाकहरू बनाउनू।
3
जति शिल्पकारहरू छन्, जसलाई यस्ता कुरामा मैले बुद्धिले परिपूर्ण पारेको छु, तिनीहरूलाई तैंले भन्नू, कि तिनीहरूले हारूनका पोशाक त्यसलाई यो कामको निम्ति नियुक्त गर्नलाई बनाऊन्, र त्यसले पूजाहारीको पदमा मेरो सेवा गरोस्।
4
तिनीहरूले बनाउनुपर्ने पोशाकहरू यी नै हुन्: छाती-पाता, एपोद, अलखा, बुनेको लबेदा, एउटा फेटा र पटुका। तिनीहरूले तेरो दाजु हारून र त्यसका छोराहरूका निम्ति पूजाहारीको पदमा मेरो सेवा गर्नलाई पवित्र वस्त्र बनाऊन्।
5
तिनीहरूले सुन, र नीलो, बैजनी, रातो धागो र मसिनो गरी सूती कपड़ा प्रयोग गरून्।
6
तिनीहरूले एपोदचाहिँ सुनको, र नीलो, बैजनी, रातो धागो र मसिनो गरी सूती कपड़ाले निपुणताका साथ बनाऊन्।
7
त्यो गाँस्नलाई त्यसका दुवै छेउमा गाँसेका दुई काँधे-बन्धन होऊन्।
8
त्यसमाथि भएको खूब राम्रोसँग बुनेको कमरपेटी एपोदको त्यही टुक्राको र त्यस्तै काम भएको सुनको, र नीलो, बैजनी, रातो धागो र मसिनो गरी बाटेको सूती कपड़ाको होस्।
9
“तैंले दुई वटा आनिक्स लिएर त्यसमा इस्राएलका छोराहरूका नाउँ खोप्नू।
10
तिनीहरूका जन्मअनुसार तिनीहरूमध्ये छ जनाका नाउँ एउटा पत्थरमा र बाँकी छ जनाका नाउँ अर्को पत्थरमा खोप्नू।
11
पत्थर खोप्ने शिल्पकारले जसरी छाप खोप्छ, त्यसरी नै ती दुवै पत्थरहरूमा इस्राएलका छोराहरूका नाउँ खोप्नू। तब तैंले ती पत्थर सुनका रत्न जड़िने मणिघरमा जड्न लगाउनू।
12
ती दुवै पत्थर एपोदका काँधे-बन्धनमा इस्राएलका छोराहरूका निम्ति सम्झनाको पत्थर हुनलाई लगाउनू, र हारूनले तिनीहरूका नाउँ परमप्रभुको सामु आफ्ना दुवै काँधमा सम्झनाको निम्ति बोक्ने गरोस्।
13
अनि तैंले सुनका मणिघर बनाउनू।
14
डोरीजस्ता बाटेका निखुर सुनका दुई वटा सिक्री बनाउनू, र ती बाटेका सिक्री ती मणिघरमा लगाउनू।”
15
“न्याय गर्नलाई छाती-पाता सिपालु शिल्पकारद्वारा बनाउनू, — एपोदको बनावटजस्तै त्यो पनि सुनको, र नीलो, बैजनी, रातो धागो र मसिनो गरी बाटेको सूती कपड़ाको होस्।
16
त्यो वर्गाकार र दोबर पट्ट्याइएको होस्। त्यसको लमाइ एक बित्ता र चौड़ाइ एक बित्तै होस्।
17
तब तैंले त्यसमा मणिहरूका चार लहर गरी मणि जड्नू— पहिलो लहर मानिक, पुष्पराज र बेरूजको होस्।
18
दोस्रो लहर फिरोजा, नीर र पन्नाको,
19
तेस्रो लहर नीलमणि, हाकिक र कटेलाको,
20
चौथो लहर पीतमणि, आनिक्स र बिल्लौरको होस्। यी सबै सुनका मणिघरहरूमा जड़िऊन्।
21
ती मणिहरू इस्राएलका छोराहरूका नाउँअनुसार बाह्र वटा होऊन्। हरेकमा छापमा खोपेजस्तै बाह्रै कुलमध्ये एउटाको नाउँ होऊन्।”
22
“छाती-पाताको लागि डोरीजस्तो बाटेको निखुर सुनका सिक्रीहरू बनाउनू।
23
तैंले त्यसको निम्ति सुनका दुई वटा मुन्द्री बनाएर छाती-पाताका दुवै कुनामा लगाउनू।
24
सुनका दुई वटा सिक्री छाती-पाताको छेउ-छेउमा भएका ती दुई मुन्द्रीमा लगाउनू।
25
दुवै सिक्रीका अर्का दुई छेउचाहिँ ती दुवै मणिघरमा जड़ेर एपोदका काँधे-बन्धनमा अगाड़िपट्टि लगाउनू।
26
फेरि सुनका दुई वटा मुन्द्री बनाएर छाती-पाताका अर्का दुवै कुनामा एपोदतिर भित्रपट्टि बिटमा लगाउनू।
27
सुनका अझ दुई वटा मुन्द्री बनाएर एपोदको अगाड़िपट्टि दुवै काँधे-बन्धनका मुनिबाट र एपोदको कमरपेटीमाथिको सिउनीनेर लगाउनू।
28
छाती-पाताचाहिँ त्यसका मुन्द्रीहरूद्वारा एपोदका मुन्द्रीहरूमा नीलो फित्ताले कमरपेटीमा बाँध्नू, कि त्यो एपोददेखि सर्न नपाओस्।”
29
“जब हारून पवित्रस्थानमा प्रवेश गर्नेछ, तब त्यसले आफ्नो हृदयमाथि न्यायको छाती-पातामा परमप्रभुको सामु निरन्तर सम्झनाको निम्ति इस्राएलका छोराहरूको नाउँ बोकोस्।
30
तैंले न्यायको छाती-पातामा “ऊरीम” र “तुम्मीम” राख्नू, ताकि जहिले-जहिले हारून परमप्रभुको सामुन्ने जान्छ तहिले-तहिले ती त्यसको हृदयमा होऊन्। यसरी हारूनले इस्राएलीहरूका निम्ति न्याय गर्ने साधनहरू आफ्नो हृदयमा परमप्रभुको सामुन्ने निरन्तर बोकोस्।
31
तैंले एपोदको सम्पूर्ण अलखा नीलो रङ्गको बनाउनू।
32
त्यसको बीचमा टाउको छिराउन प्वाल बनाउनू, र नच्यातिनलाई कठालोको प्वालजस्तै बुनेको बिट होस्।
33
त्यसको तलको फेरोमा नीलो, बैजनी र रातो धागोका दारिमहरू बनाउनू र बीच-बीचमा सुनका घण्टीहरू लगाउनू,
34
एउटा सुनको घण्टी र फेरि एउटा दारिम पर्ने गरी अलखाको वरिपरि होस्।
35
हारूनले सेवा गर्दा त्यो लगाओस्। पवित्रस्थानभित्र परमप्रभुको सामुन्ने प्रवेश गर्दा र बाहिर निस्कँदा, त्यसको आवाज सुनिओस् र हारून नमरोस्।
36
“तैंले निखुर सुनको एउटा पाता बनाएर त्यसमा औँठीको छाप खोपेझैँ यो कुरो खोप्नू, ‘परमप्रभुको निम्ति पवित्र’।
37
त्यो नीलो फित्ताले फेटामा बाँध्नू, र त्यो फेटा अगाड़ि होस्।
38
हारूनको निधारमा त्यो होस्, र इस्राएलीहरूले जे-जति पवित्र भेटी चढ़ाउँछन्, ती पवित्र थोकहरूको दोष हारूनले बोकोस्। त्यो निरन्तर त्यसको निधारमा रहनेछ। यसरी ती भेटीहरू परमप्रभुको सामु ग्रहण हुन सकून्।”
39
“लबेदाचाहिँ मसिनो सूती कपड़ाको बुन्नू र फेटा पनि मसिनो सूती कपड़ाको बनाउनू। बुट्टा हाल्नेद्वारा पटुका पनि बनाइओस्।
40
तैंले हारूनका छोराहरूका निम्ति लबेदा, पटुका र फेटाहरू तिनीहरूका गौरव र शोभाको निम्ति बनाउनू।
41
ती तैंले आफ्नो दाजु हारून र त्यसका छोराहरूलाई पहिराएर तिनीहरूलाई अभिषेक गरी नियुक्त गर्नू। तिनीहरूलाई पवित्र पार्नू, र तिनीहरूले पूजाहारीको पदमा मेरो सेवा गरून्।”
42
“तैंले तिनीहरूका शरीर ढाक्नलाई सूती कपड़ाका भित्री वस्त्र बनाउनू। ती कम्मरदेखि जाँघसम्म पुगून्।
43
हारून र त्यसका छोराहरू भेट हुने पालमा प्रवेश गर्दा अथवा पवित्रस्थानमा सेवाको निम्ति वेदीको नजिक आउँदा, ती लगाएका होऊन्, ताकि तिनीहरू दोषी नहोऊन् र नमरून्।” “योचाहिँ हारून र त्यसका सन्तानका निम्ति अनन्तको विधि होस्।”
← Chapter 27
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 29 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40