bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Exodus 8
Exodus 8
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 7
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 9 →
1
फेरि परमप्रभुले मोशालाई भन्नुभयो, “गएर फारोलाई भन्, ‘परमप्रभु यसो भन्नुहुन्छ: मेरा प्रजाहरूलाई मेरो आराधना गर्नलाई जान दे।
2
तैंले तिनीहरूलाई जान दिइनस् भने म तेरो सारा देशलाई भ्यागुताहरू पठाएर सताउनेछु।
3
अनि नील नदी भ्यागुताले भरिनेछ, र ती तेरो महल, तेरो सुत्ने कोठा, तेरो पलङ्ग, तेरा अधिकारीहरूका घर-घरमा र तेरा प्रजामाथि, र तेरा चुलाहरू र पीठो मुछ्ने आह्रीहरूमा आउनेछन्।
4
ती भ्यागुताहरू तँ र तेरा प्रजाहरू, र तेरा सारा अधिकारीहरूमाथि पनि आउनेछन्’।”
5
तब परमप्रभुले मोशालाई भन्नुभयो, “हारूनलाई भन्, ‘आफ्नो लहुरो लिएर खोलाहरू, कुलाहरू र पोखरीहरूमाथि हात पसार्नुहोस्, र मिश्रभरि भ्यागुताहरू आऊन्’।”
6
यसैले हारूनले आफ्नो हात मिश्रका पानीहरूमाथि पसारे र भ्यागुताहरू निस्केर मिश्रदेशै ढाके।
7
तर जादूगरहरूले पनि आफ्ना गोप्य सीपद्वारा त्यसै गरे, र मिश्रमा भ्यागुताहरू निकाले।
8
तब फारोले मोशा र हारूनलाई बोलाउन पठाए, र भने, “परमप्रभुसित बिन्ती गर, कि उहाँले म र मेरा प्रजाबाट भ्यागुताहरू लैजाऊन्, अनि परमप्रभुको निम्ति बलि चढ़ाउनलाई तिम्रा मानिसलाई म जान दिनेछु।”
9
मोशाले फारोलाई भने, “हुकुम गर्नुहोस्, कुन बेला म तपाईं र तपाईंका अधिकारीहरू र तपाईंका प्रजाका निम्ति बिन्ती गरूँ, र भ्यागुताहरू तपाईं र तपाईंका घरहरूबाट नष्ट भएर जाऊन् र नील नदीमा मात्रै रहून्?”
10
उनले भने, “भोलि।” मोशाले भने, “तपाईंको वचनअनुसार होस्, र तपाईंले जान्नुहोला कि परमप्रभु हाम्रा परमेश्वरजस्तो अरू कोही छैन।
11
भ्यागुताहरू तपाईं र तपाईंका घरहरू र तपाईंका अधिकारीहरू र तपाईंका प्रजाबाट फर्केर जानेछन्, र केवल नील नदीमा मात्र रहनेछन्।”
12
तब मोशा र हारून फारोकहाँबाट निस्केर गए। परमप्रभुले फारोमाथि पठाउनुभएका भ्यागुताहरूका बारेमा मोशाले पुकारा गरे।
13
अनि परमप्रभुले मोशाको वचनअनुसार गर्नुभयो। भ्यागुताहरू घर, आँगन र मैदानमा मरे।
14
मानिसहरूले ती बटुलेर थुप्रो लगाए, र देश गन्हाउन लाग्यो।
15
तर जब फारोले सबै शान्त भएका देखे, तब परमप्रभुले भन्नुभएझैँ उनले आफ्नो हृदय कठोर पारे, र मोशा र हारूनका कुरा सुनेनन्।
16
फेरि परमप्रभुले मोशालाई भन्नुभयो, “हारूनलाई भन्, ‘तपाईंको लहुरो लिएर जमिनको धूलोमा हिर्काउनुहोस्, र ती मिश्रभरि भुसुना बनिऊन्’।”
17
तिनीहरूले त्यसै गरे। जब हारूनले लहुरो लिएर आफ्नो हात पसारेर जमिनको धूलोमाथि हिर्काए, तब मानिसहरू र पशुहरूमा भुसुना लागे। सारा मिश्रभरिको धूलो भुसुनै-भुसुना भयो।
18
ती जादूगरहरूले पनि आफ्ना गोप्य सीपद्वारा भुसुना ल्याउन खोजे, तर सकेनन्। मानिसहरू र पशुहरूमा भुसुना रहिरहे।
19
तब जादूगरहरूले फारोलाई भने, “यसमा त परमेश्वरकै हात छ।” तर परमप्रभुले भन्नुभएबमोजिम फारोको हृदय कठोर भयो, र उनले तिनीहरूका कुरा सुनेनन्।
20
फेरि परमप्रभुले मोशालाई भन्नुभयो, “बिहान सबेरै उठेर फारो नदीतिर जाँदा त्यसको सामु हाजिर हो। त्यसलाई भन्, ‘परमप्रभु यसो भन्नुहुन्छ: मेरो आराधना गर्न मेरा प्रजालाई जान दे।
21
मेरा प्रजालाई जान दिइनस् भने, हेर्, तँ, तेरा अधिकारीहरू र तेरा प्रजामाथि र तेरा घरहरूमा म हूलका हूल झीँगा पठाउनेछु, र मिश्रीहरूका घर-घरमा र तिनीहरू रहेका ठाउँहरूमा समेत हूलका हूल झीँगा थुप्रिनेछन्।
22
“‘तर त्यस दिन म मेरा मानिसहरू बस्ने गोशेन प्रदेशलाई चाहिँ छुट्ट्याउनेछु, र त्यहाँ झीँगाका बथान हुनेछैन। तब तैंले जान्नेछस् कि म, परमप्रभु यस देशमा छु।
23
यसरी म मेरो प्रजा र तेरो प्रजाको बीचमा भिन्नता ल्याउनेछु। यो आश्चर्यपूर्ण चिन्ह भोलि हुनेछ’।”
24
अनि परमप्रभुले त्यसै गर्नुभयो। फारोको महल, उनका अधिकारीहरूका घर-घरमा हूलका हूल झीँगाहरू आए, र झीँगाहरूको कारण मिश्र बरबाद भयो।
25
तब फारोले मोशा र हारूनलाई बोलाएर भने, “तिमीहरू गएर यही देशभित्र आफ्ना परमेश्वरको निम्ति बलि चढ़ाओ।”
26
तर मोशाले भने, “यसो गर्नु ठीक हुँदैन, किनकि परमप्रभु हाम्रा परमेश्वरको निम्ति हामीले चढ़ाउने बलिदेखि मिश्रीहरू घीन मान्छन्। मिश्रीहरूकै आँखाका सामुन्ने उनीहरूले घीन गर्ने बलि हामीले चढ़ायौं भनेता उनीहरूले हामीलाई ढुङ्गाले नहान्लान्?
27
हामी तीन दिनको बाटो गएर उजाड़-स्थानमा परमप्रभु आफ्ना परमेश्वरले आज्ञा गर्नुभएबमोजिम उहाँको निम्ति हामीले बलि चढ़ाउनुपर्छ।”
28
फारोले भने, “म तिमीहरूलाई उजाड़-स्थानमा परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति बलि चढ़ाउनलाई जान त दिनेछु, तर धेरै टाढ़ाचाहिँ नजाओ। अब मेरो निम्ति बिन्ती चढ़ाइदेओ।”
29
मोशाले भने, “म तपाईंबाट बाहिर जानासाथ, फारो र तपाईंका अधिकारीहरू र प्रजाबाट भोलि नै ती झीँगाका हूल हटून् भनी म प्रार्थना गर्नेछु। तर परमप्रभुको निम्ति बलि गर्न जान नदिएर फारोले फेरि-फेरि छल नगर्नुहोला।”
30
तब मोशा फारोकहाँबाट बाहिर गएर परमप्रभुलाई बिन्ती गरे।
31
अनि परमप्रभुले मोशाको वचनअनुसार गर्नुभयो, र फारो र उनका अधिकारीहरू र उनका प्रजाकहाँबाट ती झीँगाका हूल एउटै पनि नरहने गरी हटे।
32
तर यस पल्ट पनि फारोले आफ्नो हृदय कठोर पारे र मानिसहरूलाई जान दिएनन्।
← Chapter 7
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 9 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40