bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Exodus 30
Exodus 30
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 29
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 31 →
1
“तैंले धूप बाल्नका निम्ति एउटा वेदी बबुल काठको बनाउनू।
2
त्यसको लमाइ एक हात र त्यसको चौड़ाइ एक हातको होस्। त्यो वर्गाकार होस्, र त्यसको उचाइ दुई हातको होस्। त्यसका सीङहरू त्यही एउटै टुक्रा काठकै होऊन्।
3
त्यसका माथिल्लो र चारैतिरका पाटाहरू त्यसका सीङहरूसमेत निखुर सुनले मोहोर्नू, र त्यसको निम्ति वरिपरि सुनको एउटा बिट बनाउनू।
4
त्यसको बिटमुनि वेदीका दुवै पाटामा सुनका दुई वटा मुन्द्रा बनाएर त्यसका दुवैतिर लगाउनू, र बोक्ने डन्डाहरूको लागि ती मुन्द्राचाहिँ घर होऊन्।
5
डन्डाहरू बबुल काठका बनाएर सुनले मोहोर्नू।
6
त्यो वेदी गवाहीको सन्दूक अगाड़ि भएको पर्दाको सामुन्ने राख्नू, अर्थात् गवाही-पाटीमाथि भएको कृपा-आसनको सामुन्ने, जहाँ म तँसित भेट गर्नेछु।”
7
“वेदीमा हारूनले सुगन्धित मसलाको धूप प्रत्येक बिहान बत्तीहरू सच्याउँदा जलाओस्।
8
फेरि बेलुकी हारूनले बत्ती बाल्दा त्यो जलाओस्। यसरी आउने पुस्ता-पुस्तासम्म परमप्रभुको सामुन्ने त्यो निरन्तर बल्ने धूप हुनेछ।
9
त्यस वेदीमा तैंले अरू किसिमको धूप, होमबलि, अन्नबलि नचढ़ाउनू, र अर्घ-बलि पनि नचढ़ाउनू।
10
हारूनले वर्षमा एक पल्ट त्यसका सीङहरूमा प्रायश्चित गरोस् अर्थात् तिमीहरूका पुस्ता-पुस्तासम्म वर्षमा एक पल्ट प्रायश्चितको पापबलिको रगतले त्यसमा प्रायश्चित गरोस्। त्यो परमप्रभुको निम्ति अति पवित्र हो।”
11
तब परमप्रभुले मोशालाई भन्नुभयो,
12
“तैंले इस्राएलीहरूको जनगणना गर्दा तिनीहरूमध्येको हरेक जनले आ-आफ्नो प्राणको छुटकाराको निम्ति परमप्रभुलाई यसरी मोल तिरोस्, र गणना गर्दा तिनीहरूमाथि कुनै विपत्ति आउनेछैन।
13
जति जना गनिन्छन् तिनीहरूले पवित्रस्थानको शेकेलको हिसाबले आधा-शेकेल दिनुपर्नेछ। एक शेकेल बीस गेराको हुन्छ। यसरी परमप्रभुको भेटी आधा-शेकेलको होस्।
14
जति जना बीस वर्ष र त्यसभन्दा माथिका गनिन्छन्, उतिले परमप्रभुको भेटी देऊन्।
15
जब तिमीहरूका प्राणका प्रायश्चितको निम्ति परमप्रभुको भेटी दिइन्छ, तब धनीले आधा-शेकेलभन्दा बढ़ी र गरीबले त्यसभन्दा कम नदेओस्।
16
इस्राएलीहरूबाट प्रायश्चितको पैसा लिएर भेट हुने पालका सेवाको निम्ति प्रयोग गर्नू, र त्यो तिमीहरूका प्राणको प्रायश्चित गर्नलाई परमप्रभुको सामुन्ने इस्राएलीहरूका निम्ति सम्झना होस्।”
17
तब परमप्रभुले मोशालाई भन्नुभयो,
18
“धुनलाई काँसाको बाटा बना। त्यसको खुट्टा पनि काँसाको होस्। त्यो भेट हुने पाल र वेदीको बीचमा राखेर त्यसमा पानी हाल्नू।
19
त्यस पानीले हारून र त्यसका छोराहरूले आ-आफ्ना हातगोड़ा धोऊन्।
20
जब तिनीहरू भेट हुने पालमा पस्छन्, कि वेदीनेर सेवा गर्नलाई परमप्रभुको निम्ति आगोद्वारा चढ़ाइने बलि जलाउनलाई आउँछन्,
21
तब तिनीहरूले यही पानीले हात-गोड़ा धोऊन् र तिनीहरू नमरून्। यो हारून र त्यसका सन्तानका निम्ति तिनीहरूका पुस्ताभरि अनन्तको विधि होस्।”
22
फेरि परमप्रभुले मोशालाई भन्नुभयो,
23
“तैंले असल-असल मसला, अर्थात् ५०० शेकेल तरल मूर्र र त्यसको आधा, अर्थात् २५० शेकेल दालचिनी, र २५० शेकेल बोझो,
24
र ५०० शेकेल तेजपात— यी सबैको नाप पवित्रस्थानको शेकेलको हिसाबले होस्— र एक हीन भद्राक्षको तेल लिएर
25
अभिषेक गर्ने पवित्र तेल बनाउनू, अर्थात् बास्ना दिने सुगन्धित मसला बनाउनेले झैँ बनाउनू। अभिषेक गर्ने त्यो पवित्र तेल होस्।
26
भेट हुने पाल र गवाहीको सन्दूक,
27
र टेबिल, त्यसका सबै सामानसमेत, र सामदान, त्यसका सबै सामानसमेत, र धूपको वेदी,
28
होमबलिको वेदी, त्यसका सबै सामानहरू, र धुने बाटा, त्यसका खुट्टाहरूसमेत, त्यसैले अभिषेक गर्नू।
29
यसरी यिनीहरूलाई पवित्र गर्नू, र ती अति पवित्र होऊन्। जुन चीजले तिनीहरूलाई छुन्छ त्यो पवित्र हुनेछ।”
30
“हारून र त्यसका छोराहरूलाई अभिषेक गरेर तिनीहरूलाई पवित्र गर्नू, र तिनीहरूले पूजाहारी पदमा मेरो सेवा गरून्।
31
इस्राएलीहरूलाई यसो भन्नू, ‘त्यो तिमीहरूका पुस्तौँभरि मेरो निम्ति पवित्र अभिषेक-तेल होस्।’
32
त्यो कोही मानिसको शरीरमा नखन्याऊन्, र त्यही पदार्थहरू मिसाएर त्योजस्तै अरू तेल नबनाउनू। त्योचाहिँ पवित्र हो, र तिमीहरू त्यसलाई पवित्र ठान।
33
जसले मिसाएर त्योजस्तै अत्तर बनाउला, र त्यसबाट पूजाहारीबाहेक कोही अन्य मानिसको शरीरमा लगाउला, त्यो आफ्नो मानिसहरूबाट बहिष्कृत हुनेछ।”
34
फेरि परमप्रभुले मोशालाई भन्नुभयो, “सुगन्धित मसला— खोटो, सेखलेट र हिङजस्तै चोप— शुद्ध सेतो-धूपसमेत तौलमा बराबर लिएर
35
त्यसको सुगन्धित, मिश्रित धूप अत्तर बनाउनेले जस्तै गरी बनाउनू। त्यो नून मिसिएको शुद्ध र पवित्र होस्।
36
त्यसबाट केही कुटेर मसिनो पार्नू, र अलिकताचाहिँ भेट हुने पालमा तँसित भेट गर्ने स्थानमा गवाही-पाटीको सामुन्ने राख्नू। त्यो तिमीहरूका निम्ति अति पवित्र होस्।
37
त्यसको मिसावटअनुसार त्यो धूप तिमीहरूले आफ्नै निम्ति नबनाउनू। त्यो तेरो नजरमा परमप्रभुको निम्ति पवित्र होस्।
38
कसैले बास्ना मन पराएर त्यो जस्तै केही धूप बनायो भने त्यो आफ्ना मानिसहरूबाट बहिष्कृत होस्।”
← Chapter 29
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 31 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40