bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Exodus 14
Exodus 14
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 13
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 15 →
1
तब परमप्रभुले मोशालाई भन्नुभयो,
2
“इस्राएलीहरूलाई आज्ञा दे कि तिनीहरू फर्केर मिग्दोल र समुद्रको बीचमा पी-हहीरोत नजिकै वास बसून्। समुद्रनेर बाल-सेफोनकै अगाड़ि डेरा हालेर बसून्।
3
फारोले इस्राएलीहरूका विषयमा भन्नेछन्, ‘तिनीहरू त अलमल्ल परी मुलुक घुमिरहेछन्, र उजाड़-स्थानले तिनीहरूलाई थुनिदिएछ’।
4
अनि म फारोको हृदय कठोर पार्नेछु र त्यसले इस्राएलीहरूलाई खेद्नेछ। तर फारो र त्यसको सारा सेनाद्वारा म आफ्नो लागि महिमा पाउनेछु, र मिश्रीहरूले म नै परमप्रभु हुँ भनी थाहा पाउनेछन्।” तब इस्राएलीहरूले त्यसै गरे।
5
जब मिश्रका राजाकहाँ ती मानिसहरू भागेका खबर पुग्यो तब तिनीहरूप्रति फारो र उनको अधिकारीहरूको मन बद्लियो। उनीहरूले भने, “यो हामीले के गर्यौं? इस्राएलीहरूलाई त हाम्रो सेवा गर्न नलगाएर छोड़ी पो दिएछौं!”
6
अनि उनले आफ्नो रथ तयार गरेर आफ्नो सेनालाई साथमा लिए।
7
उनले छ सय असल-असल रथहरू र मिश्रका अरू सारा रथहरू र ती सबैमाथिका अधिकृतहरू पनि लिए।
8
अनि परमप्रभुले मिश्रका राजा फारोको हृदय कठोर पारिदिनुभयो, र उनले साहससँग हिँड़िरहेका इस्राएलीहरूलाई खेदे।
9
तब मिश्रीहरू, अर्थात् फारोका सारा घोड़ा, रथ, उनका घोड़चढ़ीहरू र सेनाले तिनीहरूलाई खेदे, र तिनीहरूलाई पी-हहीरोतनेर बालसेफोनको अगाड़ि समुद्रको किनारमा डेरा हालेर वास बसेकै बेलामा भेट्टाए।
10
जब फारो बढ़ेर आए, तब इस्राएलीहरूले आँखा उठाएर हेर्दा मिश्रीहरूलाई तिनीहरूका पछिपछि आइरहेका देखे। इस्राएलीहरू साह्रै डराएर परमप्रभुलाई पुकारा गरे।
11
तिनीहरूले मोशालाई भने, “के मिश्रमा चिहानहरू थिएनन्, र तपाईंले हामीलाई यस उजाड़-स्थानमा मर्नलाई ल्याउनुभयो? हामीलाई मिश्रबाट ल्याएर यो के गर्नुभयो?
12
के मिश्रमा ‘हामीलाई मिश्रीहरूको सेवा गर्न छोड़िदिनुहोस्’ भनी हामीले तपाईंलाई भनेका थिएनौं र? उजाड़-स्थानमा मर्नुभन्दा त हामीलाई मिश्रीहरूकै सेवा गर्न असल हुने थियो।”
13
मोशाले इस्राएलीहरूलाई भने, “तिमीहरू नडराओ, स्थिर होओ, र परमप्रभुले आज तिमीहरूलाई दिनुहुने छुटकारा हेर। यी मिश्रीहरू जसलाई तिमीहरूले आज देखेका छौ, उनीहरूलाई तिमीहरू फेरि कहिल्यै देख्नेछैनौ।
14
परमप्रभु नै तिमीहरूका निम्ति लड्नुहुनेछ। तिमीहरू केवल स्थिर बस।”
15
तब परमप्रभुले मोशालाई भन्नुभयो, “तँ किन मेरो पुकारा गर्छस्? इस्राएलीहरूलाई अगि बढ्ने आज्ञा दे।
16
तैंले चाहिँ आफ्नो लहुरो उठाएर आफ्नो हात समुद्रतिर पसारेर त्यसलाई दुई भाग गर्, कि इस्राएलीहरू समुद्रको बीचबाट ओबानो जमिनमा हिँड़ेर जाऊन्।
17
म मिश्रीहरूका मन कठोर गराउनेछु, र उनीहरू तिनीहरूका पछिपछि लाग्नेछन्। अनि फारो र त्यसका सारा सेना, त्यसका रथहरू र त्यसका घोडचढ़ीहरूद्वारा मेरो महिमा हुनेछ।
18
जब फारो, त्यसका रथहरू र त्यसका घोड़चढ़ीहरूद्वारा मेरो महिमा हुनेछ, तब मिश्रीहरूले म नै परमप्रभु हुँ भन्ने कुरा थाहा पाउनेछन्।”
19
तब इस्राएलका सैनिकहरूका अगिअगि हिँड्ने परमेश्वरका दूत हटेर तिनीहरूका पछिल्तिर गए, र बादलको खामो तिनीहरूका अगिबाट हटेर तिनीहरूका पछिल्तिर खड़ा भयो।
20
त्यो मिश्रीको सेना र इस्राएलको सेनाको बीचमा आयो। रातभरि बादलले एकातिर अँध्यारो पार्यो र अर्कोतिर उज्यालो पार्यो। तिनीहरू रातभरि एक-अर्काको नजिक आएनन्।
21
तब मोशाले आफ्नो हात समुद्रमाथि पसारे, र परमप्रभुले रातभरि जोडसित पूर्वीय बतास चलाइदिनुभयो, र समुद्रलाई पछि पन्साइदिनुभयो, र पानी दुई भाग भएर समुद्र ओबानो जमिन भयो।
22
इस्राएलीहरू समुद्रको बीचबाट ओबानो जमिनमा हिँड़ेर गए, र पानी तिनीहरूका दाहिने र देब्रेपट्टि तिनीहरूका निम्ति पर्खाल भयो।
23
मिश्रीहरू, फारोका घोड़ाहरू, उनका रथहरू र घोड़चढ़ीहरू तिनीहरूलाई खेदेर समुद्रभित्रै तिनीहरूका पछिपछि लागे।
24
अनि रातको पछिल्लो पहरमा परमप्रभुले मिश्रीहरूको सेनालाई आगो र बादलको खम्बाबाट हेर्नुभयो, र मिश्रीहरूको सेनालाई अलमल्ल गराइदिनुभयो।
25
उहाँले उनीहरूका रथका पाङ्ग्राहरू फुस्काइदिनुभयो र उनीहरूलाई ती चलाउन कठिन भयो। मिश्रीहरू भन्न लागे, “हामी इस्राएलीहरूदेखि भागौं, किनकि परमप्रभु तिनीहरूका पक्षमा भएर मिश्रीहरूका विरुद्धमा लड्दैहुनुहुन्छ।”
26
तब परमप्रभुले मोशालाई भन्नुभयो, “तेरो हात समुद्रमाथि पसार्, र मिश्रीहरू र उनीहरूका रथहरू र घोड़चढ़ीहरूमाथि त्यो पानी फेरि बढ़ेर आओस्।”
27
मोशाले आफ्नो हात समुद्रमाथि पसारे, र बिहान उज्यालो हुँदा समुद्र फेरि फर्केर आफ्नो ठाउँमा आयो। मिश्रीहरू त्यसको विपरीत दिशातिर भाग्न लागे, तर परमप्रभुले मिश्रीहरूलाई समुद्रमै फ्याँकिदिनुभयो।
28
पानी फर्केर आयो र रथहरू, घोड़चढ़ीहरू, अर्थात् इस्राएलका पछिपछि आएका फारोका जम्मै सेनालाई छोप्यो; र उनीहरूमध्ये एउटै पनि बाँचेन।
29
तर इस्राएलीहरूचाहिँ समुद्रको बीचबाट ओबानो जमिनमा हिँड़ेर गए। पानीचाहिँ तिनीहरूका दाहिने र देब्रेतिर पर्खाल भयो।
30
त्यस दिन परमप्रभुले इस्राएलीहरूलाई मिश्रीहरूका हातबाट बचाउनुभयो, र इस्राएलीहरूले मिश्रीहरूलाई समुद्रको किनारमा मरेर लड़िरहेका देखे।
31
परमप्रभुले मिश्रीहरूमाथि गर्नुभएको त्यो ठूलो काम जब इस्राएलीहरूले देखे, तब तिनीहरूले परमप्रभुको भय माने, र परमप्रभु र उहाँका दास मोशामाथि विश्वास गरे।
← Chapter 13
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 15 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40