bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Exodus 22
Exodus 22
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 21
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 23 →
1
यदि कसैले गोरु अथवा भेड़ा चोरेर त्यसलाई मार्यो कि बेच्यो भने, त्यसले गोरुको सट्टा पाँच वटा गोरु र भेड़ाको सट्टा चार वटा भेड़ा देओस्।
2
“यदि चोर घर फोर्दैगरेको फेला पर्यो भने र त्यसलाई पिट्दा त्यो मर्यो भने, त्यसको हत्याको दोष पिट्नेलाई लाग्नेछैन।
3
तर घाम झुल्किसकेको भए, त्यो दोषी हुनेछ। चोरले नोक्सानी भरिदिनुपर्छ। तर त्यससँग केही छैन भने, चोरीको निम्ति त्यो बेचिओस्।”
4
“यदि चोरीको माल त्यससँग जीवित पाइयो भने— त्यो गोरु अथवा गधा वा भेड़ा जे भए पनि— त्यसको निम्ति दुई गुणा तिर्नुपर्छ।”
5
“कसैले आफ्नो पशुलाई चराउँदा छोड़िदियो र त्यो अर्काको खेत अथवा दाखबारीमा चरेर खायो भने, त्यसले आफ्नो खेत र दाखबारीको सबैभन्दा असल उब्जनी त्यसको सट्टा देओस्।”
6
“यदि झाड़ीमा आगलागी भएर अन्नको बिटा अथवा मकैका बोटहरू कि पूरा खेत नै भस्म गर्यो भने, त्यो आगो लगाउनेले क्षतिपूर्ति गरिदिनैपर्छ।”
7
“कसैले आफ्नो छिमेकीलाई रुपियाँ अथवा सामान राख्नलाई दियो, र त्यो त्यस मानिसको घरबाट चोरियो र चोर पक्राउ पर्यो भने, त्यस चोरले दोबर तिरोस्।
8
तर चोरचाहिँ पक्राउ परेन भने, त्यस घरको मालिकले आफ्नो छिमेकीको सामानमा हात हालेको छ कि छैन सो थाहा पाउनलाई न्यायकर्ताहरूकहाँ त्यो आओस्।
9
जुनसुकै विषयको अपराध होस्, चाहे गोरु अथवा गधा, वा भेड़ा, लुगाफाटा कि कुनै हराएको वस्तु देखाएर कसैले त्यो मेरो हो भन्यो भने, दुवै जना न्यायकर्ताहरूका अगि आऊन्। न्यायकर्ताले जसलाई दोषी ठहराउनेछ, त्यसले नै आफ्नो छिमेकीलाई दोबर देओस्।”
10
“यदि कुनै मानिसले आफ्नो छिमेकीलाई गधा अथवा गोरु वा भेड़ा वा अरू कुनै पशु राख्न दियो, र त्यो कसैले नदेखीकन मर्यो अथवा त्यसलाई चोट लाग्यो वा त्यो खेदेर भगाइयो भने,
11
ती दुवैका बीचको झगड़ा आफ्नो छिमेकीको सम्पत्तिमा हात लगाएको होइन भनेर परमप्रभुको अगि शपथ खाएर मिलाइओस्। तब त्यसको मालिकले त्यो कुरा स्वीकार गरोस्, र त्यसले क्षतिपूर्ति गर्नुपर्नेछैन।
12
तर त्यो छिमेकीबाट चोरिएको हो भनेता, त्यसको मालिकलाई भर्ना दिनुपर्नेछ।
13
त्यो जङ्गली पशुले छिन्नभिन्न पारेको छ भने, त्यसले त्यो गवाहीको निम्ति ल्याओस्, र त्यो छिन्नभिन्न भएको कारण त्यसले भर्ना तिर्नुपर्दैन।”
14
“यदि कसैले आफ्नो छिमेकीबाट पशुको पैँचो लियो, र त्यसको मालिक साथमा नहुँदा त्यसलाई चोट लाग्यो कि मर्यो भने, त्यसले त्यसको भर्ना देओस्।
15
तर त्यसको मालिक साथै भएदेखि पैँचो लिनेले त्यसको भर्ना दिनुपर्नेछैन। त्यो पशु ज्यालाको हो भने, ज्यालाको लागि तिरेको रकमले सो नोक्सानी बेहोर्छ।”
16
“यदि कसैले मगनी नभएकी कन्ये-केटीलाई फकाएर त्यससित सुत्यो भने, त्यस मानिसले दुलहीको दाम दिएर त्यसलाई आफ्नी पत्नी तुल्याओस्।
17
तर त्यस केटीको बुबाले त्यो केटी त्यसलाई दिन इन्कार गर्यो भने, त्यसले कन्ये-केटीको रीतिबमोजिम दुलहीको दाम दिनुपर्छ।
18
“जादुगरी गर्ने स्त्रीलाई जीवित नराख।
19
जसले पशुसित यौन सम्बन्ध राख्छ, त्यो मारिनैपर्छ।
20
जसले परमप्रभुलाई बाहेक अरू कुनै देवतालाई बलिदान चढ़ाउला, त्यो बिलकुलै नष्ट पारिओस्।
21
परदेशीलाई नसताओ, त्यसलाई अत्याचार पनि नगर, किनकि तिमीहरू पनि मिश्रमा परदेशी नै थियौ।
22
“विधवा अथवा टुहुराबाट फाइदा नलेओ।
23
फाइदा लियौ र तिनीहरूले मेरो पुकारा गरे भने, म निश्चय नै तिनीहरूको पुकारा सुन्नेछु।
24
मेरो क्रोध दन्कनेछ। म तिमीहरूलाई तरवारले मार्नेछु, र तिमीहरूका पत्नीहरू विधवा हुनेछन् र तिमीहरूका छोराछोरीहरू पितृहीन हुनेछन्।
25
तिमीहरूसँग हुने मेरो कुनै गरीब मानिसलाई ऋण दियौ भने त्यसप्रति साहुकारजस्तै नहोओ। त्यससित ब्याज पनि नलेओ।
26
तिमीहरूका छिमेकीको खास्टो बन्धकमा लिएका छौ भने, सूर्यास्त हुन अघि नै त्यो त्यसलाई फर्काइदेओ,
27
किनकि त्यो त्यसको एउटै मात्र ओढ्ने हो। त्यसबाहेक त्यो केमा सुत्छ? त्यसले मेरो पुकारा गर्यो भने म त्यसको पुकारा सुन्नेछु, किनकि म कृपालु छु।
28
“परमेश्वरको विरुद्धमा निन्दा नगर्, र तिमीहरूको शासकलाई पनि नसराप।
29
“आफ्नो खेतबारीको फसल र दाखको रसबाट चढ़ाउन विलम्ब नगर। “तिमीहरूका छोराहरूमध्ये जेठोचाहिँ मेरो निम्ति देओ।
30
त्यस्तै गरी तिमीहरूका गाईबस्तु र भेड़ाहरूबाट पनि देओ। सात दिनसम्म ती आफ्ना माउसित रहून्। आठौँ दिनमा चाहिँ ती तिमीहरूले मेरो निम्ति देओ।”
31
“तिमीहरू मेरो निम्ति पवित्र जन हुनुपर्छ। यसकारण तिमीहरूले जङ्गलका पशुहरूबाट फहराइएको पशुको मासु नखानू। त्यो तिमीहरूले कुकुरहरूलाई फालिदिनू।”
← Chapter 21
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 23 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40